मुख्य समाचार
बंगुरमा अफ्रिकन स्वाइनफ्लुको संक्रमण भेटिएपछि फागुनभरी बंगुरको मासु बिक्री वितरणमा रोक
बंगुरमा अफ्रिकन स्वाइनफ्लुको संक्रमण भेटिएपछि फागुनभरी बंगुरको मासु बिक्री वितरणमा रोक

: सुनसरीको दुहबी नगरपालिकामा बंगुरको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। स्थानीय किसानले व्यावसायिक रूपमा पालेका बंगुरमा अफ्रिकन स्वाइनफ्लुको संक्रमण भेटिएपछि फागुनभरी बंगुरको मासु बिक्री वितरणमा रोक लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए। उनले दुहबी क्षेत्रमा जिउँदो बंगुर पनि बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको बताए।


दुहबी नगरपालिका ९ र १० किसानहरूले पालेका बंगुरहरुमा अफ्रिकन स्वाइनफ्लु देखिएको डीएसपी योगराज खतिवडाले बताए। स्वाइन फिभर देखिएपछि दुहबी नगरपालिकाले स्थानीय प्रहरी प्रशासनका प्रतिनिधि राखेर बैठक बसि जिउँदो बंगुर र सुंगुर तथा मासु बिक्री वितरणमा प्रतिबन्ध लगाइएको उनले बताए।

दुहबी एरियामा किसानले पालेका ३० वटा भन्दा बढी उन्नत जातका बंगुर मरेको पनि डीएसपी खतिवडाले बताए। उनले रोग लागेका बंगुरहरु बिक्री वितरण गर्दा अन्यत्र पनि यसको प्रकोप फैलन सक्ने भन्दै प्रहरी परिचालन गरि २४ सै घण्टा निगरानी बढाएर मासु बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको बताए।



नगरपालिकाका मेयर वेद नारायण गच्छदारका अनुसार स्थानीय किसानहरू आसनारायण चौधरी, गौरी सदा, बिक्रम चौधरी, सितल चन्द्र चौधरी लगायतले पालेका सुंगुर र बंगुरहरुमा अफ्रिकन स्वाइनफ्लु देखिएकाले यसको नियन्त्रणको प्रयास भइरहेको बताए।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर मेहताले बंगुर मर्न थालेपछि ल्याब टेष्ट गर्न काठमाडौं स्थित केन्द्रीय प्राविधिक ल्याब पठाउँदा अफ्रिकन स्वाइन फ्लु पुष्टि गरेको जानकारी दिए। उनले रोग लागेको स्थानहरूमा औषधि उपचारको काम भइरहेको बताए।

सक्रमण देखिएको स्थानमा प्रहरी सहितको पशु चिकित्सकहरुको टोली परिचालन गरि बंगुरको खोरहरुमा औषधि चर्कने र बंगुरहरूको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको मेहताले बताए। पीडित किसानहरूले अफ्रिकन स्वानफ्लुको नियन्त्रण र क्षतिपूर्ति दिन माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ । संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरुप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए । संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने ...
कान्छा शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले भनिन्-जलवायु परिवर्तनप्रति संवेदनशील बनौं
राष्ट्रपतिसँग जेनजी प्रतिनिधिले बिताएका दुई घण्टामा के–के भयो ?
वीर अस्पतालमा फेरिएको परिदृश्य : बिरामी कुरुवालाई पनि बेडको व्यवस्था
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु