मुख्य समाचार
च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो सेमिफाइनलअन्तर्गत न्यूजिल्याण्डका ओपनर ब्याटर रचिन रविन्द्रले शतक प्रहार
च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो सेमिफाइनलअन्तर्गत न्यूजिल्याण्डका ओपनर ब्याटर रचिन रविन्द्रले शतक प्रहार

: च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो सेमिफाइनलअन्तर्गत न्यूजिल्याण्डका ओपनर ब्याटर रचिन रविन्द्रले शतक प्रहार गरेका छन्।


गद्दफी रंगशाला लाहोरमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डका लागि रविन्द्रले ९३ बलमा १२ चौका र १ छक्का प्रहार गरेका हुन्। उनले ३१.१ ओभरमा शतक पूरा गरेका हुन्। उनको एकदिवसीय अन्तर्राष्ट्रियमा यो पाँचौं शतक हो।

उनी हाल केन विलिमसनसँग १५३ रनको शतकीय साझेदारी बनाउँदै खेलिरहेका छन्। हाल न्यूजिल्याण्ड ३२ ओभरमा १ विकेटको क्षतिमा २०१ रन बनाउँदै खेलिरहेको छ। न्यूजिल्याण्डको पहिलो विकेटका रूपमा ओपनर विल योङको विकेट गएको हो। उनले २३ बलमा ३ चौकासहित २१ रन बनाउँदै क्याच आउट भएका थिए। आजको खेलको विजेताले फाइनलमा भारतको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...