मुख्य समाचार
भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा
भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा

— भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ । विराट कोहलीको उच्च प्रदर्शनप्रेरित भारतले मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गरेको थियो ।


२ सय ६५ रनको लक्ष्य पछ्याउनेक्रममा ३६ वर्षे कोहलीले ८४ रन बनाएका थिए । खेलको अन्त्यतिर उनी आउट भए पनि केएल राहुलले अविजित ४२ रन बनाएपछि भारतले दुबई अन्तर्राष्ट्रिय रंगशालामा ११ बलअघि नै २ सय ६७ रन बनाएको थियो ।


भारत लगातार तीन पटक फाइनल पुग्ने पहिलो टोली बनेको छ । यसअघि भारत २०१३ र २०१७ मा फाइनल पुगेको थियो । ८ वर्षयता च्याम्पियन्स ट्रफी पहिलो पटक आयोजना भएको हो । अस्ट्रेलियामाथि विजय हात पार्दै भारतले सन् २०२३ मा घरेलु भूमिमा एकदिवसीय विश्वकप फाइनलमा भोगेको पराजयको बदला पनि लिएको छ ।

दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच बुधबार लाहोरमा हुने दोस्रो सेमिफाइनल विजेतासँग भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल दुबईमा आइतबार हुनेछ ।



आठ राष्ट्र सहभागी प्रतियोगिताको आयोजनास्थल पाकिस्तान जान अस्वीकार गरेको भारतले आफ्ना खेल दुबईमा खेल्दै आएको छ । भारत फाइनल नपुगेको भए पाकिस्तानको लाहोरलाई फाइनलको वैकल्पिक खेलस्थलको रूपमा राखिएको थियो ।

शुभमन गिल ८ र कप्तान रोहित शर्मा २९ बलमा २८ रन बनाई आउट भए पनि कोहली र श्रेयस ऐरले तेस्रो विकेटमा ९१ रनको साझेदारी गरेर भारतलाई फाइनलतर्फ डोर्‍याएका थिए । ऐरले ६२ बल खेल्दै ३ चौकासहित ४५ रन बनाए । प्लेयर अफ द म्याच कोहलीले ९८ बल खेलेर ५ चौका प्रहार गरे । कोहली ५१ रनमा हुँदा ग्लेन म्याक्सवेलले क्याच छाड्नु अस्ट्रेलियाका लागि महङ्गो पर्‍यो ।



अक्षर पटेल २७ रनमा आउट भए । तर राहुल र हार्दिक पाण्ड्येले ३१ बलमा ३४ रन जोडेर भारतमाथिको दबाब हटाएका थिए । भारतलाई जितका लागि ६ रन आवश्यक हुँदा आउट भएका हार्दिकले २४ बल खेल्दै १ चौका र ३ छक्कासहित २८ रन बनाए । केएल राहुलले विजयी छक्का प्रहार गरे । उनले ३४ बल खेल्दै समान २ चौका र छक्का प्रहार गरे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया ४९.३ ओभरमा २ सय ६४ रनमै अलआउट भयो । ट्राभिस हेडले तीव्र गतिमा ३९ रन बनाएपछि कप्तान स्टिभ स्मिथले ७३ र एलेक्स क्यारीले ६१ रन थपेका थिए । भारतबाट मोहम्मद सामीले ३, स्पिनरद्वय बरुण चक्रवर्ती र रवीन्द्र जडेजाले २–२ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...