मुख्य समाचार
ओस्कर अवार्ड : 'अनोरा'को वर्चस्व
ओस्कर अवार्ड : 'अनोरा'को वर्चस्व

— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह सोमबार लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भएका छन् ।


यसै क्रममा फिल्म 'अनोरा'ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन र उत्कृष्ट मौलिक पटकथा गरी ५ विधामा ओस्कर अवार्ड हात पारेको छ ।


मिकी मेडिसनले फिल्म 'अनोरा'बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालेकी छन् भने उत्कृष्ट अभिनेताको अवार्ड फिल्म 'द ब्रुटलिस्ट'बाट अभिनेता एड्रियन ब्रुडीले उचालेका छन् ।

फिल्म 'अनोरा'ले उत्कृष्ट फिल्मको अवार्ड पाएको छ । उत्कृष्ट निर्देशनको अवार्ड यही फिल्मबाट निर्देशक सिन बेकरले उचालेका छन् ।


वाल्टर सेलिजको फिल्म 'आई एम स्टि हेयर'ले बेस्ट इन्टरनेसनल फिचर फिल्मको अवार्ड पाएको छ ।


फिल्म 'द ब्रुटलिस्ट' का लागि लोल क्रलीले उत्कृष्ट सिनेमाटोग्राफी पाएका छन् भने यही फिल्मले ओरिजिनल स्कोरको ओस्कर पुरस्कार पाएको छ ।

उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्मको ओस्कर अवार्ड फिल्म 'आई एम नट अ रोबोट'ले पाएको छ ।



यस्तै, उत्कृष्ट साउन्ड र उत्कृष्ट भिजुअल इफेक्ट्सको ओस्कर अवार्ड फिल्म 'डुन: पार्ट २' ले पाएको छ ।

उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्मको अवार्ड 'नो अदर ल्यान्ड'ले पाएको छ भने उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्मको अवार्ड 'द ओन्ली गर्ल इन द अर्केस्ट्रा'ले पाएको छ । त्यस्तै, ओरिजिनल सङको ओस्कर अवार्ड फिल्म 'इमिलिया पेरेज'को गीत 'इल मल'ले पाएको छ ।

अभिनेता कीरन क्लकिनले फिल्म 'अ रियल पेन' फिल्मबाट उत्कृष्ट सहअभिनेताको पुरस्कार उचालेका छन् भने अभिनेत्री जो साल्डानाले फिल्म 'इमिलिया पेरेज'बाट उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार उचालेकी छन् ।

उत्कृष्ट फिल्म सम्पादनको अवार्ड फिल्म 'अनोरा'ले पाएको छ । सिन बेकरको यही फिल्मले ओरिजिनल स्क्रिनप्लेको ओस्कर अवार्ड समेत पाएको छ ।

एडाप्टेड स्क्रिनप्लेको अवार्ड भने पिटर स्ट्राउगनको फिल्म 'कनक्लेभ'ले पाएको छ ।

उत्कृष्ट मेकअप र हेयर स्टाइलिङको अवार्ड फिल्म 'द सब्सटेन्स'ले पाएको छ ।

यसअघिको घोषणाबाट फिल्म 'फ्लो'ले उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड पाएको छ भने 'इन द स्याडो अफ द साइप्रेस'ले उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको पुरस्कार पाएको छ ।

उत्कृष्ट प्रोडक्सन डिजाइन र उत्कृष्ट कस्टुम डिजाइनको ओस्कर अवार्ड भने फिल्म 'विकेड'ले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सोनी र मार्भलको कमिक बुकमा आधारित फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले प्रदर्शनमा आएको ६ दिनमै विश्वव्यापी रूपमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ । टम हल्यान्ड सुपरहिरोको भूमिकामा रहेको यो फिल्मले बक्स अफिसमा लगभग कीर्तिमानी गतिमा उक्त उपलब्धि हासिल गरेको हो । सन् २०१९ को सुपरहिरो फिल्म ‘एभेन्जर्सः एन्डगेम’ले मात्र यो आँकडा ...
सुपरहिरो फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले विश्वव्यापी टिकट बिक्रीबाट ९२७ मिलियन अमेरिकी डलर कमाउँदै इतिहासकै दोस्रो ठूलो ओपनिङ सप्ताहन्त हासिल गरेको छ । फिल्मले आफ्नो अनुमानित २२५ मिलियन डलरको निर्माण बजेटलाई पनि सहजै उछिनेको छ । वास्तविक जीवनका श्रीमान-श्रीमती टम हल्यान्ड र जेन्डाया अभिनीत यो फिल्म विश्वव्यापी ओपनिङका आधारमा ‘एभेन्जर्सः इन्डगेम’भन्दा मात्र पछाडि छ । सन् ...
। दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन् । रोचक के छ भने, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ता संयोजक’ पदमा कार्यरत छिन् । शनिबार बेलुका सम्पन्न प्रतिस्पर्धात्मक फिनालेमा ढकालले तीन राष्ट्रिय कीर्तिमान रचिन् । पहिलो- मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली । अहिलेसम्म थुप्रै गैरआवासीय ...
। ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान रचेको छ । फिल्मले बिहीबार नेपालभर १ करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ ग्रस कमाएको छ । कतिपय हलबाट विवरण प्राप्त हुन बाँकी रहेकाले कमाइ अंक २ करोड रुपैयाँभन्दा माथि रहेको बताइएको छ । फिल्मको शुक्रबार दिउँसो १२ बजेसम्मको (आगामी दिनको एड्भान्स टिकट ...
सोनी र मार्भल स्टुडियोजको ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ आजदेखि विश्वभर प्रदर्शनमा आएको छ । नेपालमा त यसले २ करोड ६८ लाख रुपैयाँ ग्रसको कीर्तिमानी अग्रिम टिकट बिक्री गरेको छ । फिल्मले विश्वव्यापी बक्स अफिसमा अनुमानित ४६५ मिलियन अमेरिकी डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । केही हलिउड संचारमाध्यमले यो फिल्मले यो वर्षकै सबैभन्दा ठूलो ओपनिङ गर्ने ...