मुख्य समाचार
अमेरिकाले मंगलबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत आयातकर लागू गरेको छ
अमेरिकाले मंगलबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत आयातकर लागू गरेको छ

— अमेरिकाले मंगलबारदेखि क्यानडा र मेक्सिकोबाट आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत आयातकर लागू गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोले गैरकानुनी आप्रवासन र अवैध फेन्टनाइलको तस्करी नरोकेको भन्दै एक आयातकर लगाएका हुन् ।


क्यानाडेली ऊर्जा उत्पादनमा भने १० प्रतिशत कर लगाइएको छ । त्यस्तै, चीनबाट हुने आयातमा पनि १० प्रतिशत कर थप गरिएको छ । ट्रम्पले दोस्रो कार्यकालमा पहिलोपटक कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्नुभन्दा केही घण्टा अघिदेखि नयाँ कर कार्वान्यनमा ल्याइएको हो ।


ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरू गर्दै विदेशी वस्तुहरूमा चर्को कर लगाउने घोषणा गरेका थिए । ट्रम्पले यसअघि नै चीन र युरोपेली संघबाट अमेरिका भित्रने सामानहरूमा १० प्रतिशत कर लगाउने बताइसकेका छन् ।

अमेरिकी निर्णयको क्यानडा र चीनले तत्काल प्रतिक्रिया दिएका छन् । क्यानडाले १ खर्ब ५५ अर्ब डलर बराबरका अमेरिकी सामानहरूमा २५ प्रतिशत आयात करको घोषणा गरेको छ ।


त्यस्तै, चीनले कुखुरा, सुँगुर, भटमास र गाईको मासु लगायतका प्रमुख अमेरिकी कृषि उत्पादनहरूको आयातमा १५ प्रतिशत सम्मको अतिरिक्त शुल्क लगाउने घोषणा गरेको छ । त्यस्तै, चीनले करिब दुई दर्जन अमेरिकी कम्पनीहरूमा निर्यात नियन्त्रण र अन्य प्रतिबन्धहरू पनि लगाएको छ । चीनले नयाँ कर तथा प्रतिन्धहरू १० मार्चदेखि लागू हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...