मुख्य समाचार
युक्रेनले शान्ति चाहेको तर रुस युद्ध जारी गर्ने पक्षमा रहेको जेलेन्स्कीको भनाइ
युक्रेनले शान्ति चाहेको तर रुस युद्ध जारी गर्ने पक्षमा रहेको जेलेन्स्कीको भनाइ

— युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युक्रेनविरुद्ध हवाई आतंक जारी राखेको आरोप लगाएका छन् । युक्रेनले शान्ति चाहेको तर रुस युद्ध जारी गर्ने पक्षमा रहेको जेलेन्स्कीको भनाइ छ ।


‘युक्रेन एक सामान्य र सुरक्षित जीवनका लागि लडिरहेको छ,’ जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी यो युद्ध समाप्त होस् भन्ने चाहन्छौं । तर रुसले हवाई आतंक जारी राखेको छ ।’ रुसले शान्ति नचाहेको र युक्रेनमाथि आक्रमण जारी राखेको जेलेन्स्कीको भनाइ छ ।


‘यदि तपाईं वार्ता गर्न चाहनुहुन्छ भने, बलिस्टिक क्षेप्यास्त्रले मानिसहरूलाई लक्षित नगर्नुहोस् । युक्रेनमाथि रुसी आक्रमण रोक्न हामीले संसारलाई अझ एकजुट र बलियो बनाउन आवश्यक छ,’ जेलेन्स्कीले भनेका छन् ।

रुसले गत साता युक्रेनमा १ हजार ५० भन्दा बढी आक्रमण ड्रोन आक्रमण गरेको थियो । उक्त अवधिमा १ हजार ३ सय बम र २० भन्दा बढी क्षेप्यास्त्रहरू प्रहार गरेको जेलेन्स्कीको दाबी छ ।

जलेन्स्कीका अनुसार पछिल्लो २४ घण्टामा रुसले गरेका आक्रमणमा दक्षिणी खेर्सनमा ५ जनाको ज्यान गएको र १३ जना घाइते भएका छन् । त्यस्तै, दोनेत्स्क क्षेत्रमा गरिएको आक्रमणमा २ जनाको ज्यान गएको उनले बताए । आक्रमणमा ३ जना घाइते भएका र दर्जनौं घरमा क्षति पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...