मुख्य समाचार
अमेरिकाले रोक्यो युक्रेनलाई दिँदै आएको सैन्य सहयोग
अमेरिकाले रोक्यो युक्रेनलाई दिँदै आएको सैन्य सहयोग

— गत शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्फ र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलन्स्कीबीचको वार्ता असफल भएलगत्तै अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेको छ ।


सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षाका उच्च अधिकारीसँग छलफल गरेपछि युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्न आदेश दिएका हुन् । रुस–युक्रेनबीच युद्ध सुरु भएदेखि नै अमेरिकाले युक्रेनलाई विभिन्न माध्यमबाट सैन्य सहयोग गर्दै आएको थियो ।


‘ट्रम्प र जेलेन्स्कीबीच भएको वार्ता असफल र विवादपछि ट्रम्पले युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य सामग्री सहायता र ढुवानीमा समेत रोक लगाउने आदेश दिएका छन्, र यो आदेशसँगै निर्णय कार्यान्वयनको चरणमा अघि बढेको छ,’ ह्वाइट हाउसका एक अधिकारीले सीएनएनसँग भनेका छन् । ती अधिकारीले सैन्य सहायता रोक्दा विवाद समाधान हुने वा नहुने हेरिने पनि बताए । उनले राष्ट्रपति ट्रम्प शान्ति स्थापनामा केन्द्रित भएको प्रतिक्रियासमेत दिएका छन् ।

यसअघि बाइडेन प्रशासनले प्रतिबद्धता जनाएको सैन्य सहयोगसमेत रोक्ने गरी ट्रम्पको आदेश लागू गर्ने तयारी छ । अमेरिकाले सहायतामा रोक लगाएपछि युक्रेनको युद्ध लड्ने क्षमतामा गम्भीर असर पर्न सक्ने अधिकारी र विश्लेषकले बताएको सीएनएनले उल्लेख गरेको छ ।


‘जेलेन्स्कीले शान्ति वार्ताका लागि प्रतिबद्धता व्यक्त नगरेसम्म निर्णय कायम रहनेछ र ट्रम्पको यो आदेशले मूलतः युक्रेनलाई युद्धभूमिमा थप क्षतिको त्रास उत्पन्नपछि वार्ताको टेबलमा आउन बाध्य पार्नेछ,’ ह्वाइट हाउसका अधिकारीले भने, ‘राष्ट्रपतिले आफू शान्तिमा केन्द्रित रहेको स्पष्ट पार्नुभएको छ । हामीलाई हामीले गरेको सहयोगपछिको लक्ष्यप्रति प्रतिबद्ध हुन आवश्यक छ । हामी हाम्रो सहायतालाई रोकेर पुनरावलोकन गरिरहेका छौं ताकि यसले समस्या समाधानमा थप सहयोग पुगोस् ।’


ट्रम्प प्रशासनका अर्का वरिष्ठ अधिकारीले युक्रेनी राष्ट्रपति जेलन्स्की शान्ति वार्ताका लागि प्रतिबद्ध नदेखिएसम्म सैन्य सहयोग रोकिने बताएका छन् । उनले फक्स न्युजसँग भनेका छन् ‘यो सहायताको स्थायी समाप्ति होइन, यो एक विराम हो ।’ ती अधिकारीको भनाइले सैन्य सहयोग रोकेर अमेरिकाले युक्रेनलाई पुनः छलफलमा आउन बाध्य पार्न खोजेको देखिन्छ । रुसले करिब चार वर्षदेखि आफ्नो छिमेकी देश युक्रेनमाथि आक्रमण गरेपछि पूर्वराष्ट्रपति जो बाइडन प्रशासनले युक्रेनलाई रुसी सेनासँग लड्न अर्बौं डलरको सैन्य सहायता प्रदान गरिसकेको ट्रम्प प्रशासनले दाबी गर्दै आएको छ ।

जेलेन्स्कीले गत साता ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग गरेको भेटलाई विश्वव्यापी रूपमा हेरिएको थियो । युक्रेन र रुसबीचको युद्ध अन्त्यका लागि शान्ति वार्ता अन्तिम चरणमा पुगेसँगै जेलन्स्की ट्रम्पलाई भेट्न अमेरिका आएका थिए । ओभल अफिसमा पत्रकारहरुले पहिलो प्रश्न सोधेको केही मिनेटपछि राष्ट्र प्रमुखबीच आक्रामक भनाभन सुरु भएको थियो । खनिज सम्झौतामा हस्ताक्षर गर्न इन्कार गरेपछि ट्रम्प र भान्स जेलेन्स्कीसँग आक्रेशित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...