मुख्य समाचार
पोप फ्रान्सिसको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी भ्याटिकनले दिएको छ
पोप फ्रान्सिसको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी भ्याटिकनले दिएको छ

— पोप फ्रान्सिसको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी भ्याटिकनले दिएको छ । अर्जेन्टिनामा जन्मिएका क्याथोलिक चर्चका प्रमुख पोपलाई ‘ब्रोन्काइटिस’ का कारण फेब्रुअरी १४ मा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो ।


उपचारका क्रममा उनलाई निमोनियासमेत देखिएको थियो । फोक्सोमा गम्भीर प्रकारको संक्रमण देखिएपछि उनलाई श्वासप्रश्वासका लागि अक्सिजनको सहायता आवश्यक परिरहेको छ ।


शनिबारदेखि उनको अवस्था ‘स्थिर’ रहेको भ्याटिकनले बताएको छ । ‘पोपले रातभर आराम गर्नुभयो,’ क्याथोलिक चर्च र भ्याटिकन सिटीको प्रशासनिक निकाय (होली सी) ले सोमबार बिहान जारी गरेको संक्षिप्त अपडेटमा भनिएको छ । विश्वका करिब १ अर्ब ४० करोड क्याथोलिक धर्मावलम्बीका नेतालाई शुक्रबार र शनिबार ‘नन इन्भेसिभ मेकानिकल भेन्टिलेसन’ अर्थात् भेन्टिलेसन मास्कको आवश्यकता परेको र अझै पनि धेरै मात्रामा अक्सिजन लिइरहेको भ्याटिकनले आइतबार जनाएको थियो ।

फ्रान्सिसले आइतबार भ्याटिकनका विदेशमन्त्री इटालियन कार्डिनल पिएत्रो पारोलिन र भेनेजुएलाका आर्कबिसप एडगर पेना पारासँग सामान्य कुराकानी गरेका थिए ।

२०१३ मार्चदेखि पोप रहेका ‘जेसुइट’ को जेमेलीको १० औं तल्लामा पोपका लागि छुट्याइएको विशेष ‘सुइट’ मा उपचार भइरहेको छ । जर्ज बर्गोग्लियोमा जन्मेका फ्रान्सिसले लगातार तेस्रो आइतबार एन्जेलसको परम्परागत प्रार्थनामा सहभागी हुन सकेनन् तर प्रार्थनामा पोपद्वारा लिखित सन्देश पढेर सुनाइएको थियो । ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...