मुख्य समाचार
पोप फ्रान्सिसको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी भ्याटिकनले दिएको छ
पोप फ्रान्सिसको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी भ्याटिकनले दिएको छ

— पोप फ्रान्सिसको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी भ्याटिकनले दिएको छ । अर्जेन्टिनामा जन्मिएका क्याथोलिक चर्चका प्रमुख पोपलाई ‘ब्रोन्काइटिस’ का कारण फेब्रुअरी १४ मा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो ।


उपचारका क्रममा उनलाई निमोनियासमेत देखिएको थियो । फोक्सोमा गम्भीर प्रकारको संक्रमण देखिएपछि उनलाई श्वासप्रश्वासका लागि अक्सिजनको सहायता आवश्यक परिरहेको छ ।


शनिबारदेखि उनको अवस्था ‘स्थिर’ रहेको भ्याटिकनले बताएको छ । ‘पोपले रातभर आराम गर्नुभयो,’ क्याथोलिक चर्च र भ्याटिकन सिटीको प्रशासनिक निकाय (होली सी) ले सोमबार बिहान जारी गरेको संक्षिप्त अपडेटमा भनिएको छ । विश्वका करिब १ अर्ब ४० करोड क्याथोलिक धर्मावलम्बीका नेतालाई शुक्रबार र शनिबार ‘नन इन्भेसिभ मेकानिकल भेन्टिलेसन’ अर्थात् भेन्टिलेसन मास्कको आवश्यकता परेको र अझै पनि धेरै मात्रामा अक्सिजन लिइरहेको भ्याटिकनले आइतबार जनाएको थियो ।

फ्रान्सिसले आइतबार भ्याटिकनका विदेशमन्त्री इटालियन कार्डिनल पिएत्रो पारोलिन र भेनेजुएलाका आर्कबिसप एडगर पेना पारासँग सामान्य कुराकानी गरेका थिए ।

२०१३ मार्चदेखि पोप रहेका ‘जेसुइट’ को जेमेलीको १० औं तल्लामा पोपका लागि छुट्याइएको विशेष ‘सुइट’ मा उपचार भइरहेको छ । जर्ज बर्गोग्लियोमा जन्मेका फ्रान्सिसले लगातार तेस्रो आइतबार एन्जेलसको परम्परागत प्रार्थनामा सहभागी हुन सकेनन् तर प्रार्थनामा पोपद्वारा लिखित सन्देश पढेर सुनाइएको थियो । ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...