मुख्य समाचार
ओस्कर अवार्ड : 'द सब्सटेन्स'ले पायो उत्कृष्ट मेकअप र हेयर स्टाइलिङको पुरस्कार
ओस्कर अवार्ड : 'द सब्सटेन्स'ले पायो उत्कृष्ट मेकअप र हेयर स्टाइलिङको पुरस्कार

— ९७ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार वितरण समारोह लस एन्जलसको डल्बी थिएटरमा जारी छ । समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म र अभिनेताहरु घोषणा भइरहेका छन् ।


यसैक्रममा उत्कृष्ट मेकअप र हेयर स्टाइलिङको ओस्कर अवार्ड कोरली फारगेटको फिल्म 'द सब्सटेन्स'ले पाएको छ ।


उत्कृष्ट साउन्ड र भिजुअल इफेक्ट्स गरी दुई विधाको ओस्कर अवार्ड फिल्म 'डुन: पार्ट २' ले पाएको छ ।

उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्मको अवार्ड 'नो अदर ल्यान्ड'ले पाएको छ भने उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्मको अवार्ड 'द ओन्ली गर्ल इन द अर्केस्ट्रा'ले पाएको छ । त्यस्तै, ओरिजिनल सङको ओस्कर अवार्ड फिल्म 'इमिलिया पेरेज'को गीत 'इल मल'ले पाएको छ ।

अभिनेता कीरन कुलकिनले फिल्म 'अ रियल पेन' फिल्मबाट उत्कृष्ट सहअभिनेताको पुरस्कार उचालेका छन् भने अभिनेत्री जो साल्डानाले फिल्म 'इमिलिया पेरेज'बाट उत्कृष्ट सहअभिनेत्रीको पुरस्कार उचालेकी छन् ।


उत्कृष्ट फिल्म सम्पादनको अवार्ड फिल्म 'अनोरा'ले पाएको छ । सिन बेकरको फिल्म 'अनोरा'ले ओरिजिनल स्क्रिनप्लेको ओस्कर अवार्ड समेत पाएको छ ।

एडाप्टेड स्क्रिनप्लेको अवार्ड भने पिटर स्ट्राउगनको फिल्म 'कनक्लेभ'ले पाएको छ ।



यसअघिको घोषणाबाट फिल्म 'फ्लो'ले उत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड पाएको छ भने 'इन द स्याडो अफ द साइप्रेस'ले उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको पुरस्कार पाएको छ ।

उत्कृष्ट प्रोडक्सन डिजाइन र कस्टुम डिजाइनको ओस्कर अवार्ड भने फिल्म 'विकेड'ले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन् । रोचक के छ भने, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ता संयोजक’ पदमा कार्यरत छिन् । शनिबार बेलुका सम्पन्न प्रतिस्पर्धात्मक फिनालेमा ढकालले तीन राष्ट्रिय कीर्तिमान रचिन् । पहिलो- मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली । अहिलेसम्म थुप्रै गैरआवासीय ...
। ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान रचेको छ । फिल्मले बिहीबार नेपालभर १ करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ ग्रस कमाएको छ । कतिपय हलबाट विवरण प्राप्त हुन बाँकी रहेकाले कमाइ अंक २ करोड रुपैयाँभन्दा माथि रहेको बताइएको छ । फिल्मको शुक्रबार दिउँसो १२ बजेसम्मको (आगामी दिनको एड्भान्स टिकट ...
सोनी र मार्भल स्टुडियोजको ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ आजदेखि विश्वभर प्रदर्शनमा आएको छ । नेपालमा त यसले २ करोड ६८ लाख रुपैयाँ ग्रसको कीर्तिमानी अग्रिम टिकट बिक्री गरेको छ । फिल्मले विश्वव्यापी बक्स अफिसमा अनुमानित ४६५ मिलियन अमेरिकी डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । केही हलिउड संचारमाध्यमले यो फिल्मले यो वर्षकै सबैभन्दा ठूलो ओपनिङ गर्ने ...
— अमेरिकाकी चर्चित पोडकास्टर, योगा प्रशिक्षक तथा व्यवसायी हिलारिया बाल्डविनले आफूले ५ वर्षको उमेरदेखि नै डाइटिङ (खानपानमा नियन्त्रण) गर्न थालेको खुलासा गरेकी छन् । यो सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ, तर विज्ञहरूका अनुसार बालबालिकामा हाल यो समस्या निकै तीव्र रूपमा फैलिरहेको छ । ‘सिरियस एक्सएम’ को ‘पेज सिक्स रेडियो’ सँगको अन्तर्वार्तामा सात सन्तानकी आमा ४२ वर्षीया ...
— ‘जोकर’, ‘गोस्टबस्टर्सः आफ्टरलाइफ’ लगायत दर्जनौं फिल्ममा लगानी गरेका जेसन क्लोथविरुद्ध १० करोड अमेरिकी डलर बराबरको पोन्जी स्कीम (ठगी धन्दा) चलाएको अभियोगमा संघीय ग्रान्ड जुरीद्वारा विद्युतीय ठगीको मुद्दा दर्ता गरिएको छ । ६० वर्षीय क्लोथविरुद्ध मंगलबार सिकागोस्थित अमेरिकी जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको हो । उनलाई सोही दिन लस एन्जलसबाट पक्राउ गरी पहिलोपटक अदालतमा उपस्थित गराइएको ...