मुख्य समाचार
मछिन्द्रले लगातार तेस्रोपल्ट केपी ओली कप जिते
मछिन्द्रले लगातार तेस्रोपल्ट केपी ओली कप जिते

— मछिन्द्र क्लबले नेपालको घरेलु फुटबलमा सोमबार दुर्लभ ऐतिहासिक सफलता चुमेको छ । मछिन्द्रले लगातार तेस्रोपल्ट केपी ओली कप जितेर यो अद्वितीय उपलब्धि आत्मसात् गरेको हो । दुईपल्टको च्याम्पियन मछिन्द्रले सोमबार दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गरेको थियो ।


यससँगै मछिन्द्रले प्रतियोगिताको उपाधिमाथि ह्याट्रिक गरेको छ । मछिन्द्रले प्रतियोगिताका तीनै संस्करणमा आफ्नो लगातार जित यात्रा पनि कायम राख्यो । यसपालि फाइनल जितमा एक गोल आत्मघाती गोलको रूपमा प्राप्त भएको थियो । अर्को गोल भने स्टेफन जलीको नाममा रह्यो ।


खेलको २९ औं मिनेटमा मछिन्द्रले अग्रता लिएको थियो । विमल पाण्डेको आत्मघाती गोलमा मछिन्द्रको अग्रता सम्भव भएको थियो । विमलले सनिश श्रेष्ठको प्रहार

क्लियर गर्ने प्रयासमा बलले दुर्भाग्यपूर्ण रूपमा पोस्टको दिशा लिएको थियो । स्टेफनले ७२ औं मिनेटमा दोस्रो गोल थपे । मल्लिक युसुफको निकालेको पासमा यो गोल निस्केको हो ।

उपाधिको निर्णायक भिडन्तमा आर्मीले बलियो चुनौती पेस गर्न सकेनन् । मछिन्द्रले खेलको पहिलो हाफ लगभग आफ्नो नियन्त्रणमा राखेको थियो । मछिन्द्रले सेमिफाइनलमा केपी ओली एफसीलाई हराएको थियो । त्यसअघि टोलीले भुटान एफसी ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गरेको थियो । उपाधिसँगै मछिन्द्रले १५ लाख ११ हजार १ सय ११ रूपैया जितेको छ । उपविजेता आर्मीले ५ लाख रुपैयाँ हात पार्‍यो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा दुई विदेशीसहित ९ टिमको सहभागिता रहेको थियो । प्लेयर अफ द म्याच मछिन्द्रका छिरिङ गुरुङ भए ।


उत्कृष्ट गोलकिपरमा मछिन्द्रका विशाल श्रेष्ठ चुनिए भने इमर्जिङ प्लेयर आर्मीका निराजन धामी भए । सर्वाधिक गोलकर्ताको पुरस्कार मछिन्द्रका स्टेफन जामाहाले पाए । विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार नगद र यामाहाको मोटरसाइकल पुरस्कार प्राप्त गरे । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मछिन्द्रका सनिश श्रेष्ठले पाए । उनले एक लाख र यामाहा मोटरसाइकल जिते । विजेता टोलीलाई विशेष अतिथि रहेका इटालियन भेट्रान गोलरक्षक जियानलुइजी बुफोन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...
: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ...
: आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो। युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता ...
: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), ...
: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदको यही असार ९ गते बसेको बैठकले उक्त नीति स्वीकृत गरिएको थियो। खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान ...