मुख्य समाचार
बेलायतमा लुकिछिपी काम गर्ने एक नेपाली निष्कासित
बेलायतमा लुकिछिपी काम गर्ने एक नेपाली निष्कासित

: बेलायतले एक जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा बेलायतले ती नेपालीलाई निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा थापा थरीका एक जना रहेका छन्। लुकिछिपी काम गरिरहेका बेला उनी पक्राउ परेका थिए। स्रोतका अनुसार पक्राउ पर्दा थापासँग न पासपोर्ट थियो, न आवश्यक कागजपत्र नै। दुवै चिज नभएपछि त्यहाँको अध्यागमनले केही दिन नियन्त्रणमा राखेर निष्कासन गरेको स्रोतको भनाइ छ।

थापालाई यसै साता टर्कीस एयरलायन्सको विमानबाट काठमाडौं पठाइएको हो। यसअघि गत माघ दोस्रो साता दुई नेपालीलाई बेलायतले निष्कासन गरेको थियो। गैरकानुनी रूपमा प्रवेश गरेको आरोपमा बस्नेत र श्रेष्ठ थरीका एक-एक जनालाई बेलायतले निष्कासन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...
: रोमानियामा रेलको ठक्करबाट दुई नेपाली युवाको मृत्यु भएको छ। रोमानियाको बाकाउ क्षेत्रमा भएको दुर्घटनामा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, पाल्वा घर भएका ३६ वर्षीय शान्तकुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–२०, बागबजारका २५ वर्षीय निश्चल तामाङको घटनास्थलमै मृत्यु भएको बाकाउ प्रहरीले जनाएको छ। रोमानियाको बुखारेस्टका लागि पूर्वअवैतनिक नेपाली वाणिज्यदूत नवराज पोखरेलका अनुसार, घटनाबारे नेपालमा रहेका मृतकका ...
— इरानको ड्रोन आक्रमणमा परी कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोमकुमार तामाङको शव शनिबार आउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुवेत एयरवेजमार्फत शव नेपाल ल्याउन लागिएको हो । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी शव स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको परराष्ट्रले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित ...
। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् । टोलीमा एक अमेरिकी, एक ...
। कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । बिहीबार बिहान उत्तरी कुवेतमा भएको आक्रमणमा परेर उनको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार चालकको रुपमा कार्यरत नेपालीको मृत्यु भएको छ । घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ । उनका अनुसार घटनाबारे विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास, कुवेतलाई निर्देशन दिइसकिएको छ ...