मुख्य समाचार
वुमन्स डे कप २०२५ को खेलका लागि नेपाली महिला क्रिकेट टिममा २ नयाँ अनुहारले मौका
वुमन्स डे कप २०२५ को खेलका लागि नेपाली महिला क्रिकेट टिममा २ नयाँ अनुहारले मौका

: वुमन्स डे कप २०२५ को खेलका लागि नेपाली महिला क्रिकेट टिममा २ नयाँ अनुहारले मौका बनाएका छन्। नेपाल क्रिकेट संघ(क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

जसमा साना प्रविन र रिया शर्मा २ नयाँ थपिएका अनुहार हुन्। यो सिरिजमा अनुभवी खेलाडी सीता राना मगर र तीव्र गतिकी बलिङ अलराउन्डर कविता कुँवर चोटका कारण उपलब्ध हुने छैनन्।

पछिल्लो त्रिदेशीय सिरिजमा देखिएका रेवती धामी र मनिषा उपाध्याय पनि टिममा छैनन्। अन्तिम १८ मा अटाएका सवनम राई, सिमाना केसी, सोभा रोकाया र मनिषा उपाध्यायले अन्तिम १४ मा स्थान बनाउन सकेनन्। प्रतियोगितामा नेपाल, युगान्डा, हङकङ र नामिबीयाले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता मार्च ८ देखि १६ सम्म हुनेछ। डबल राउन्ड रोबिनमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

नेपाली टिमः
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, पूजा महतो, कविता जोशी, अलिशा कुमारी यादव (विकेटकिपर), रोमा थापा, रचना चौधरी, साना प्रविन र ईश्वरी विष्ट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...