मुख्य समाचार
कटिबलुवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २५ भन्दा बढी विद्यार्थीहरू अचानक बेहोस
कटिबलुवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २५ भन्दा बढी विद्यार्थीहरू अचानक बेहोस

: पर्साको कालिकामाई गाउँपालिका-४ कटिबलुवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबार २५ भन्दा बढी विद्यार्थीहरू अचानक बेहोस भएका छन्।

सोमबार बिहान प्राथना सकिएपछि कक्षाकोठामा पठनपाठन सुरु भएलगत्तै विद्यार्थीहरू बेहोस भएका हुन्। विद्यालयको कक्षा ६ देखि १० सम्मका २५ भन्दा बढी विद्यार्थी अचानक बेहोस भएको गाउँपालिका अध्यक्ष बशीष्ट प्रसाद कलवारले बताए।

कक्षाकोठामा बेहोस भएका विद्यार्थीहरूलाई उपचारका लागि पोखरियास्थित पोखरिया अस्पतालमा पुर्याइएको र अहिले १ जना बाहेक अरू सबैको अवस्था खतरामुक्त रहेको कलवारले बताए। उनका अनुसार विद्यार्थीहरू बेहोस हुनुको कारण खुल्न सकेको छैन। विद्यार्थीहरु बेहोस भएपछि विद्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष कलवारले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ । संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरुप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए । संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने ...
कान्छा शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले भनिन्-जलवायु परिवर्तनप्रति संवेदनशील बनौं
राष्ट्रपतिसँग जेनजी प्रतिनिधिले बिताएका दुई घण्टामा के–के भयो ?
वीर अस्पतालमा फेरिएको परिदृश्य : बिरामी कुरुवालाई पनि बेडको व्यवस्था
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु