मुख्य समाचार
पारसलाई चौथोपटक हृदयघात, तीन दिन अस्पतालमै रहने
पारसलाई चौथोपटक हृदयघात, तीन दिन अस्पतालमै रहने

। पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।

‘हिजो बेलुका हृदयघात नै भएर आउनु भएको थियो । हामीले एन्जीयोप्लाष्टिक गर्यौं,’ ती चिकित्सकले अनलाइनखबरसँग भने, ‘अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख छ ।’




चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो ।

पारसलाई किन पटक पटक हृदयघात भइरहेको छ ? भन्ने प्रश्न ती चिकित्सकले भने, ‘राज परिवारमा हृदयघात वंशाणुगत समस्या छ । पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको देखिन्छ ।’




ती चिकित्सकका अनुसार अबको तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ । संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरुप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए । संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने ...
कान्छा शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले भनिन्-जलवायु परिवर्तनप्रति संवेदनशील बनौं
राष्ट्रपतिसँग जेनजी प्रतिनिधिले बिताएका दुई घण्टामा के–के भयो ?
वीर अस्पतालमा फेरिएको परिदृश्य : बिरामी कुरुवालाई पनि बेडको व्यवस्था
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु