मुख्य समाचार
अमेरिकाको लस एन्जलसमा ओस्कर अवार्ड समारोह सम्पन्न
अमेरिकाको लस एन्जलसमा ओस्कर अवार्ड समारोह सम्पन्न

: अमेरिकाको लस एन्जलसमा ओस्कर अवार्ड समारोह सम्पन्न भएको छ। यस वर्ष यौनकर्मीको कथामा आधारित फिल्म 'अनोरा' ले पाँच विधामा अवार्ड जितेको छ।

अनोरा यस वर्षको उत्कृष्ट चलचित्र बनेको छ। त्यस्तै उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार पनि यही सिनेमाका निर्देशक र अभिनेत्रीले पाएका छन्।

फिल्मकी अभिनेत्री मिकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। यस फिल्मका लागि शन बेकरले उत्कृष्ट निर्देशकको पुरस्कार पाएका छन्। यो फिल्मले उत्कृष्ट सम्पादनको अवार्ड पनि पाएको छ।



'द ब्रुटालिस्ट'मा गरेको उत्कृष्ट अभिनयको लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। 'द ब्रुटालिस्ट' ले उत्कृष्ट छायांकनको अवार्ड पनि हात पारेको छ। उक्त पुरस्कार बेलायतका लोल क्राउलीले प्राप्त गरेका हुन्।

ओस्करमा जोई साल्दानाले उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड जितेकी छन्। यो जोई साल्डानाको पहिलो ओस्कर अवार्ड हो। 'एमिलिया पेरेज' मा उत्कृष्ट अभिनय गरेबापत उनले यो पुरस्कार प्राप्त गरेकी हुन्।

ओस्कर अवार्ड प्राप्त गरेपछि जोई सलदानाको आँखा आँसुले भरिएको थियो। उनी खुसीले रोएकी थिइन्।

उनले भनिन्, 'म यो पुरस्कार प्राप्त गर्ने डोमिनिकन मूलको पहिलो अमेरिकी हुँ, मलाई थाहा छ म यो पुरस्कार प्राप्त गर्ने अन्तिम व्यक्ति हुनेछैन।'

यसैबीच ब्राजिलियन फिल्म 'आई एम स्टिल हियर' ले सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर अवार्ड जितेको छ।

यो फिल्म ब्राजिलका राजनीतिज्ञ रुबेन्स पाइभाको बेपत्ता भएको वास्तविक घटनामा आधारित छ।

यस समारोहमा ड्युन: पार्ट टु ले दुई ओस्कर पुरस्कार प्राप्त गरेको छ। यसले सर्वश्रेष्ठ ध्वनि र सर्वश्रेष्ठ दृश्य प्रभावमा ओस्कर जितेको छ। ड्युन: पार्ट टु फ्र्याङ्क हर्बर्टको उपन्यास ड्युनमा आधारित चलचित्र हो। यो फिल्मले पहिले नै धेरै प्रशंसा बटुलिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...
। बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् । उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। ...
। फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री ...
। अभिनेत्री तथा भाजपा सांसद कंगना रनावतले योगगुरु बाबा रामदेवको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै आफ्नो जवानी वा बेडरुमबारे सपना नदेख्न भनेकी छन् । कंगनाले ‘जेनेरेसन गटर’ सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर बाबा रामदेवले त्यसलाई ‘बिग्रिएको दिमागको संकेत’ भनेपछि उनले प्रतिक्रिया जनाएकी हुन् । कंगनाले इन्स्टाग्राम स्टोरीमार्फत बाबा रामदेवलाई जवाफ दिँदै लेखेकी छन्, ‘बाबाजी, मेरो जवानी वा बेडरुमबारे ‘डे-ड्रिम’ ...
हलिउडमा शक्तिशाली जोडी धेरै छन्, तर यस गर्मी याममा जेन्डाया र टम हल्यान्डले एकैसाथ विश्वव्यापी बक्स अफिसमा कायम गरेको दबदबा फरक देखिएको छ । हलिउडमा दुई कलाकारले एकै समयमा विश्वव्यापी बक्स अफिसमा यसरी प्रभुत्व जमाएको विरलै देखिन्छ । टम हल्यान्ड र जेन्डाया अभिनीत ‘स्पाइडर-म्यानः ब्रान्ड न्यूडे’ले उत्तर अमेरिकामा ३५५ मिलियन डलर र विश्वभर ९२७ मिलियन डलरको ...