मुख्य समाचार
डा.सिंहलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्ष नियुक्त
डा.सिंहलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्ष नियुक्त

। एकसाता अघि मात्रै सेवाबाट अवकास पाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंहले नयाँ जिम्मेवारी पाएका छन् । डा.सिंहलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्ष नियुक्त गरिएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या प्रदिप पौडेलको मन्त्री स्तरीय निर्णयले डा.सिंहलाई टेकु अस्पतालको अध्यक्षको जिम्मेवारी दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

१२औँ तहमा बढुवा भएको ५ वर्षे कार्यकाल पूरा गरी डा.सिंह यही फागुन १२ गते मात्रै मन्त्रालयबाट विदा भएका थिए ।

टेकु अस्पतालमा यसअघि डा. चीनबहादुर पुन अध्यक्ष थिए । उनको दुई वर्षे कार्यकाल गत ८ असोजमै सकिए पनि नयाँ नियुक्ति भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ । संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरुप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए । संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने ...
कान्छा शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले भनिन्-जलवायु परिवर्तनप्रति संवेदनशील बनौं
राष्ट्रपतिसँग जेनजी प्रतिनिधिले बिताएका दुई घण्टामा के–के भयो ?
वीर अस्पतालमा फेरिएको परिदृश्य : बिरामी कुरुवालाई पनि बेडको व्यवस्था
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु