मुख्य समाचार
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार ह्वाइट हाउसमा भएको तिक्ततापूर्ण बहसपछि अमेरिकाभर युक्रेनको समर्थनमा प्रदर्शन
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार ह्वाइट हाउसमा भएको तिक्ततापूर्ण बहसपछि अमेरिकाभर युक्रेनको समर्थनमा प्रदर्शन

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार ह्वाइट हाउसमा भएको तिक्ततापूर्ण बहसपछि अमेरिकाभर युक्रेनको समर्थनमा प्रदर्शन भएका छन् । ओभल अफिसमा यी तीन नेताबीच भएको उग्र विवादपछि युक्रेनका लागि आफ्नो समर्थन जनाउँदै सयौं मानिसले न्युयोर्क, लस एन्जलस र बोस्टनमा प्रदर्शन गरेका हुन् ।


युक्रेन समर्थक चिन्हसहितका झन्डा र प्लेकार्ड बोकेका प्रदर्शनकारीहरू वेट्सफिल्ड, भर्मन्टको सडकमा पनि लाइनबद्ध भएर प्रदर्शनमा उत्रिए । उक्त सडकमार्गबाट उपराष्ट्रपति भान्स र उनको परिवार बिदा मनाउने सिलसिलामा स्की रिसोर्टको भ्रमणमा जाने तालिका थियो । प्रदर्शनका कारण भान्स परिवार आफ्नो पूर्वनिर्धारित तालिकाभन्दा फरक हिसाबले स्की रिसोर्टबाट अज्ञात स्थानमा सरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

शुक्रबारको वार्ता अगाडि नै ट्रम्प–भान्स प्रशासनविरुद्ध वेट्सफिल्डमा गत साताको सुरुमै विरोध प्रदर्शन गरिएको थियो । ‘मलाई लाग्छ शुक्रबार ह्वाइट हाउसमा भएको प्रदर्शनले आज अझै धेरै मानिसलाई बाहिर निस्कन प्रेरित गरेको छ’, विरोध प्रदर्शन गर्ने समूह इन्डिभिजिबल म्याड रिभर भ्यालीकी जुडी डेलीले भनिन् ।


‘भ्यान्सले सीमा पार गरे’, अर्की प्रदर्शनकारी कोरी गिरोक्सले थपिन् । भ्यान्स परिवारको यात्रा अघि भर्मोन्टका गभर्नर फिल स्कटले मानिसलाई उनको परिवारप्रति आदर सम्मान व्यक्त गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...