मुख्य समाचार
ट्रम्पले जेलेन्स्कीलाई सम्झौता गर्ने मनसाय नभएको आरोप
ट्रम्पले जेलेन्स्कीलाई सम्झौता गर्ने मनसाय नभएको आरोप

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच वाशिंगटन डीसीमा भएको भेटघाट चर्को बहसमा परिणत भएको जनाइएको छ।


ट्रम्पले जेलेन्स्कीलाई सम्झौता गर्ने मनसाय नभएको आरोप लगाएका छन्। जेलेन्स्कीलाई प्रश्न गर्दै ट्रम्पले भने, 'तपाईंको मनसाय सम्झौता गर्ने देखिंदैन। युक्रेनले रूससँग युद्ध जित्न सक्दैन।'

वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि जेलेन्स्कीलाई 'अपमानजनक' व्यक्ति भएको बताएका छन्।


यसअघि जेलेन्स्कीले ट्रम्पलाई रुसी राष्ट्रपति पुटिनसँगको शान्ति वार्तामा 'कुनै सम्झौता' हुनु हुँदैन भनेका थिए। उक्त कुराको जवाफ दिंदै ट्रम्ले अमेरिका बीचमा नबसे युक्रेनले कहिल्यै शान्ति सम्झौता नगर्ने पनि आरोप लगाए। उनले भने, 'यदि मैले आफूलाई रूस र युक्रेनको बीचमा राखिनँ भने तपाईंहरु कहिल्यै सम्झौता गर्नुहुनेछैन‍।'

युक्रेनको यो रवैयाले शान्ति सम्झौता नहुने बताउँदै उनले भने, 'तपाईं पुटिनलाई घृणा गर्नुहुन्छ। अर्को पक्षले पनि मन पराउनुपर्ने कुनै कारण छैन। मलाई कडा बनोस् भन्ने चाहानुहुन्छ। म संसारको अरू कोही भन्दा कडा हुन सक्छु तर यस्तो रवैयाले सम्झौता गर्न भने सकिंदै।'

उक्त भेटमा तनावको स्थिति नै सिर्जना भएको थियो। जेलेन्स्कीले भान्सलाई कस्तो प्रकारको कूटनीतिको बारेमा कुरा गर्दैहुनुहुन्छ भनेर प्रश्न गरेपछि दुबै पक्षबीच तनावपूर्ण अवस्था आएको बीबीसी समाचारमा उल्लेख छ। जवाफमा भान्सले आफूले युक्रेनमा भएको विनाश रोक्ने कूटनीतिको बारेमा कुरा गरेको बताए। भान्सले उक्त कार्यको लागि जेलेन्स्कीले धन्यवाद दिनुपर्ने तर त्यसो नगरेको बताए।

जेलेन्स्कीले पनि उक्त कुराको जवाफ दिंदै आफूले धेरै पटक धन्यवाद भनेको जनाए।

त्यस्तै ट्रम्पले अरु थप गर्दै भने, 'युक्रेन ठूलो समस्यामा छ। तपाईं समस्यालाई जित्न सक्नुहुन्न। यदि तपाईंहरु युक्रेनको साथमा भए युक्रेनलाई बाहिर निस्कने मौका छ।'

ट्रम्पले भने, 'हामीले तपाईंलाई ३५० अर्ब डलर दिएका छौं। हामीले तपाईंलाई सैन्य उपकरणहरू दिएका छौं। यदि हामीले सैन्य सहयोग नदिएको भए, यो युद्ध दुई हप्तामा समाप्त हुने थियो।'

ट्रम्पले जेलेन्स्कीको मनसाय युद्धविराम गर्ने नभएको पनि आरोप लगाए। जसको जवाफमा जेलेन्स्कीले भने, 'हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौं।'

रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसका प्रतिनिधिहरूले केही समयअघि वार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...