मुख्य समाचार
आइसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत समूह बीबाट अष्ट्रेलिया सेमिफाइनल प्रवेश
आइसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत समूह बीबाट अष्ट्रेलिया सेमिफाइनल प्रवेश

: आइसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत समूह बीबाट अष्ट्रेलिया सेमिफाइनल प्रवेश गरेको छ। अफगानस्तानसँग भएको खेलमा वर्षाका कारण अंक बाँडिएपछि अष्ट्रेलिया ४ अंकसहित सेमिफाइनल प्रवेश गरेको हो।


पाकिस्तानको लाहोरमा भएको खेलमा २७४ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १२.५ ओभरमा १ विकेटको क्षतिमा १०९ रन बनाउँदा खेल वर्षाका कारण रोकिएको हो । अष्ट्रेलियाका लागि म्याथ्यू सर्टले १५ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएर क्याच भए । ट्राभिस हेडले ४० बलमा ९ चौका र १ छक्कासहित ५९ रनमा अविजित थिए। कप्तान स्टेभन स्मिथले २२ बलमा १९ रनमा अविजित हुँदा खेल वर्षाले रोकिएको हो ।

त्यसअघि, ब्याटिङ गरेको अफगानस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २७३ रन बनाएको थियो । अफगानस्तानका लागि सदिकुल्ला अतलले सर्वाधिक ८५ रनको पारी खेले । उनले ९५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। अजमतुल्ला ओमराजाइले ६३ बलमा १ चौका र ५ छक्कासहित ६७ रन बनाए ।


कप्तान हस्मतुल्ला शाहिदीले २०, ओपनर इब्राहिम जाद्रनले २२, रासिद खानले १९ र रहमत शाहले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

यो खेलमा अंक बाँडेसँगै अफगानस्तानको सेमिफाइनल सम्भावना निकै झिनो अंकगणितमा मात्रै सिमित भएको छ । दक्षिण अफ्रिका र इङ्ल्यान्डको खेलपछि भने सेमिफाइनल खेल्ने टिमको निर्धारण हुनेछ । शनिबार हुने दक्षिण अफ्रिका र इङ्ल्यान्डसँगको खेलमा इङ्ल्यान्डले सामान्य जित मात्रै दर्ता गरेमा पनि दक्षिण अफ्रिका सेमिफाइनल पुग्नेछ । यदि इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले हराएमा मात्रै अफगानस्तानको सेमिफाइनल सम्भावना रहनेछ ।

समूह ए बाट भने भारत र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । पाकिस्तान र बंगलादेश प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...