मुख्य समाचार
आइसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत समूह बीबाट अष्ट्रेलिया सेमिफाइनल प्रवेश
आइसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत समूह बीबाट अष्ट्रेलिया सेमिफाइनल प्रवेश

: आइसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत समूह बीबाट अष्ट्रेलिया सेमिफाइनल प्रवेश गरेको छ। अफगानस्तानसँग भएको खेलमा वर्षाका कारण अंक बाँडिएपछि अष्ट्रेलिया ४ अंकसहित सेमिफाइनल प्रवेश गरेको हो।


पाकिस्तानको लाहोरमा भएको खेलमा २७४ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १२.५ ओभरमा १ विकेटको क्षतिमा १०९ रन बनाउँदा खेल वर्षाका कारण रोकिएको हो । अष्ट्रेलियाका लागि म्याथ्यू सर्टले १५ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएर क्याच भए । ट्राभिस हेडले ४० बलमा ९ चौका र १ छक्कासहित ५९ रनमा अविजित थिए। कप्तान स्टेभन स्मिथले २२ बलमा १९ रनमा अविजित हुँदा खेल वर्षाले रोकिएको हो ।

त्यसअघि, ब्याटिङ गरेको अफगानस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २७३ रन बनाएको थियो । अफगानस्तानका लागि सदिकुल्ला अतलले सर्वाधिक ८५ रनको पारी खेले । उनले ९५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। अजमतुल्ला ओमराजाइले ६३ बलमा १ चौका र ५ छक्कासहित ६७ रन बनाए ।


कप्तान हस्मतुल्ला शाहिदीले २०, ओपनर इब्राहिम जाद्रनले २२, रासिद खानले १९ र रहमत शाहले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

यो खेलमा अंक बाँडेसँगै अफगानस्तानको सेमिफाइनल सम्भावना निकै झिनो अंकगणितमा मात्रै सिमित भएको छ । दक्षिण अफ्रिका र इङ्ल्यान्डको खेलपछि भने सेमिफाइनल खेल्ने टिमको निर्धारण हुनेछ । शनिबार हुने दक्षिण अफ्रिका र इङ्ल्यान्डसँगको खेलमा इङ्ल्यान्डले सामान्य जित मात्रै दर्ता गरेमा पनि दक्षिण अफ्रिका सेमिफाइनल पुग्नेछ । यदि इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले हराएमा मात्रै अफगानस्तानको सेमिफाइनल सम्भावना रहनेछ ।

समूह ए बाट भने भारत र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । पाकिस्तान र बंगलादेश प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...
: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ...
: आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो। युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता ...
: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), ...
: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदको यही असार ९ गते बसेको बैठकले उक्त नीति स्वीकृत गरिएको थियो। खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान ...