मुख्य समाचार
इटालियन स्टार गोलरक्षक जियानलुइजी वुफनले नेपाल आउन पाउँदा आफ्नो लागि सपना पूरा भएको बताए
इटालियन स्टार गोलरक्षक जियानलुइजी वुफनले नेपाल आउन पाउँदा आफ्नो लागि सपना पूरा भएको बताए

: इटालियन स्टार गोलरक्षक जियानलुइजी वुफनले नेपाल आउन पाउँदा आफ्नो लागि सपना पूरा भएको बताएका छन्। तेस्रो संस्करणको केपी ओली कप २०२५ को फाइनलमा सहभागी हुन उनी नेपाल आएका हुन्।


आइतबार पत्रकार सम्मेलनमा बोल्दै वुफनले नेपालको झन्डा निकै फरक भएका कारण नेपाल आउनु आफ्नो लागि ‘ड्रीम कम्स ट्रु मोमेन्ट’ भएको बताए। २८ वर्ष लामो करिअरमा निकै चर्चा कमाएका वुफन भन्छन्, ‘मैले लामो समय खेल्न निकै मेहनत गरेको छु।’ आफ्नो कामलाई माया गर्दै यहाँसम्म आइपुगेको उनले सुनाए। null

उनी पहिलो पटक नेपाल आएका हुन्। उनी अर्को पटक पनि नेपाल आउन चाहेको उनले बताए। ‘मलाई आशा छ। पहिलो प्राथमिकता भनेको केपी ओली कपको फाइनलमा सहभागी हुनु हो। त्यसपछि म नेपाल अर्को पटक पनि आउन चाहन्छु। त्यो बेला म शहर घुम्न पनि चाहन्छु। मन्दिरहरू हेर्न चाहन्छु। म अर्को पटक आउने मौका चाहन्छु।’


उनलाई पत्रकार सम्मेलनको क्रममा विश्वका दुई चर्चित स्टार मेस्सी र रोनाल्डोको बारेमा समेत प्रश्न राखिएको थियो। जसको उत्तरमा उनी भन्छन्, ‘मलाई थाहा छैन। मेस्सी, रोनाल्डो, म्यारडोना या पेले भनेर भन्न सक्दिनँ। उहाँहरु सबैले फुटबलमा एउटा फरक इतिहास बनाउनु भएको छ।’

उनले नेपाली फुटबलले लामो दूरी तय गर्न अझ धेरै भौतिक पूर्वाधार र फुटबल खेल्ने वातावरण हुनु पर्ने बताए। ‘नेपाली फुटबललाई अगाडि बढाउन धेरै पूर्वाधारहरू हुनुपर्छ। धेरै युवा खेलाडीलाई फुटबल खेल्ने माहोल सिर्जना हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...