मुख्य समाचार
ट्रम्प्लाई युक्रेनी सांसदको जवाफ- यो जुवा होइन, युक्रेनी जनताले सम्मान खोजेका हुन्
ट्रम्प्लाई युक्रेनी सांसदको जवाफ- यो जुवा होइन, युक्रेनी जनताले सम्मान खोजेका हुन्

: युक्रेनी सांसद लिसा यास्कोले ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीचको विवादले युक्रेनी जनताहरूलाई ठूलो झट्का लागेको बताएकी छन्। ट्रम्पले लगाएका विभिन्न आरोपले उनले खण्डसमेत गरेकी छन्।


उनले आफ्ना राष्ट्रपति जेलेन्स्कीले कुनै जुवा नखेलेको प्रस्ट पारेकी हुन्। उनले युद्धविरामसँगै युक्रेनी जनताले सम्मान पनि चाहेको बताएकी छन्।

'जेलेन्स्कीले युद्धका नाममा कुनै जुवा खेलेका छैनन्। युक्रेनी लाखौं जनताका सबाल छन्। र, राष्ट्रपति जेलेन्स्की आफ्ना जनताप्रति संवेदनशील छन्,' बीबीबी लाइभलाई उनले भनेकी छन्, 'हामी युद्ध अन्त्य गर्न चाहन्छौं। तर, हामी सम्मान पनि चाहन्छौं।' रुससँग जारी युद्धमा अमेरिकालगायत पश्चिमा मुलुकहरूले अझै साथ र सहयोग गर्नेछन् भन्ने कुरामा युक्रेनी जनताहरू आशावादी रहेको उनको भनाइ छ।


शुक्रबार साँझ ह्वाइट हाउसमा भएको वार्तामा ट्रम्प र जेलेन्स्कीबीच वादविवाद भएको थियो। वार्तामा अेमरिकी उपराष्ट्रपति जेडी भान्स पनि सहभागी थिए। वार्ताको क्रममा भान्सले जेलेन्स्कीमाथि संयुक्त राज्य अमेरिकाको अपमान गरेको आरोप लगाएका थिए। ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई धेरै पटक हप्काएका थिए।

ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध सुरु गर्ने प्रयास गरेको आरोप पनि लगाए। ट्रम्पले औंला उठाउँदैभने, 'तपाईंले कुनै चाल चल्न सक्नु हुँदैन। तपाईँले लाखौं मानिसहरूको जीवनसँग खेलिरहनुभएको छ। तेस्रो विश्वयुद्धको सम्भावनामाथि जुवा खेल्दै हुनुहुन्छ। तपाईं यो देशको नै अपमान गर्दै हुनुहुन्छ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, ...
। वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ । यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ । बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ ...
। अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको ...
: कम्बोडियासँग सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक ...
। अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् । सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । ...