मुख्य समाचार
केपी ओली कप २०२५ को फाइनल खेल डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने
केपी ओली कप २०२५ को फाइनल खेल डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने

: केपी ओली कप २०२५ को फाइनल खेल डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच सोमबार हुनेछ।


खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।
पछिल्लो २ संस्करणको उपाधि मछिन्द्र फुटबल क्लबले हासिल गरेको थियो। तेस्रो संस्करणको उपाधिका लागि जाने सोमबार प्रतिस्पर्धा गर्ने मछिन्द्र फुटबल क्लबका कप्तान विशाल श्रेष्ठले प्रि म्याचमा बताए। ‘लगातार तेस्रो पटक फाइनल खेल्न पाउँदा हामी निकै उत्साहित रहेका छौं। हामी भोलि उपाधिकै लागि खेल्नेछौं।’ null


प्रशिक्षक सन्तोष न्यौपाने पनि उपाधिका लागि आफ्नो टिम तयार रहेको बताए। ‘आर्मीको टीम राम्रो छ। हामी २ महिनादेखि राम्रो लयमा छौं। हामी भोलि राम्रो खेल खेल्नेछौं।’

त्यस्तै, आर्मी पनि नयाँ र पुरानो खेलाडीको समिश्रणसहित उपाधिकै लागि भिड्न चाहन्छ। ‘मछिन्द्र राम्रो टिम हो। हामी भोलि उपाधिकै लागि खेल्नेछौं’ त्रिभुवन आर्मी क्लबका कप्तान जिलेस्पी जंग कार्कीले भने।

आर्मीका प्रशिक्षक मेघराज केसीले १ वर्षदेखि टिम बनाउनमा काम गरिरहेको बताए। उनले भने,‘हामी पछिल्लो १ वर्षदेखि टिम बनाउनमा काम गरिरहेका थियौं। अब हामीले नतिजा दिने बेला भयो।’ null

प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।
फाइनल खेलमा इटालीबाट विश्वकप विजेता गोलकिपर जियानलुजी वुफन मुख्य आकर्षणको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...