मुख्य समाचार
केपी ओली कप २०२५ को फाइनल खेल डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने
केपी ओली कप २०२५ को फाइनल खेल डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने

: केपी ओली कप २०२५ को फाइनल खेल डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच सोमबार हुनेछ।


खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।
पछिल्लो २ संस्करणको उपाधि मछिन्द्र फुटबल क्लबले हासिल गरेको थियो। तेस्रो संस्करणको उपाधिका लागि जाने सोमबार प्रतिस्पर्धा गर्ने मछिन्द्र फुटबल क्लबका कप्तान विशाल श्रेष्ठले प्रि म्याचमा बताए। ‘लगातार तेस्रो पटक फाइनल खेल्न पाउँदा हामी निकै उत्साहित रहेका छौं। हामी भोलि उपाधिकै लागि खेल्नेछौं।’ null


प्रशिक्षक सन्तोष न्यौपाने पनि उपाधिका लागि आफ्नो टिम तयार रहेको बताए। ‘आर्मीको टीम राम्रो छ। हामी २ महिनादेखि राम्रो लयमा छौं। हामी भोलि राम्रो खेल खेल्नेछौं।’

त्यस्तै, आर्मी पनि नयाँ र पुरानो खेलाडीको समिश्रणसहित उपाधिकै लागि भिड्न चाहन्छ। ‘मछिन्द्र राम्रो टिम हो। हामी भोलि उपाधिकै लागि खेल्नेछौं’ त्रिभुवन आर्मी क्लबका कप्तान जिलेस्पी जंग कार्कीले भने।

आर्मीका प्रशिक्षक मेघराज केसीले १ वर्षदेखि टिम बनाउनमा काम गरिरहेको बताए। उनले भने,‘हामी पछिल्लो १ वर्षदेखि टिम बनाउनमा काम गरिरहेका थियौं। अब हामीले नतिजा दिने बेला भयो।’ null

प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।
फाइनल खेलमा इटालीबाट विश्वकप विजेता गोलकिपर जियानलुजी वुफन मुख्य आकर्षणको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...
: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ...
: आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो। युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता ...
: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), ...
: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदको यही असार ९ गते बसेको बैठकले उक्त नीति स्वीकृत गरिएको थियो। खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान ...