मुख्य समाचार
युक्रेनको सुरक्षाको ग्यारेन्टी हाम्रो हातमा छैन
युक्रेनको सुरक्षाको ग्यारेन्टी हाम्रो हातमा छैन

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्ने कुरा युरोपको हातमा रहेको बताएका छन्। यसमा अमेरिका पनि सामेल हुने कुनै ग्यारेन्टी नभएको उनले बताए।


ट्रम्पले आफ्नो मन्त्रिपरिषद् बैठक र ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको भेटअघि उक्त बयान दिएका हुन्। स्टारमरले केहीअघि रूसलाई फेरि युक्रेनमा आक्रमण गर्नबाट रोक्न अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिनुपर्ने बताएका थिए।

ट्रम्पले यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार 'ठूलो सम्झौता' मा हस्ताक्षर गर्न अमेरिका आउने उल्लेख गरेका थिए।


युक्रेनी राष्ट्रपति जेलेन्स्की संयुक्त राज्य अमेरिकासँग खनिज सम्झौता गर्न तयार भएको जनाएका छन्।

मिडिया रिपोर्टहरूमा अमेरिकाले युक्रेनको ५०० अर्ब डलर बराबरको खनिज पदार्थको प्रयोग गर्ने भनिएको प्रारम्भिक सर्त त्यागेको बताइएको छ।

खनिज सम्झौताको बदलामा अमेरिकाले युक्रेनलाई कुनै सुरक्षा ग्यारेन्टी भने दिएको छैन। जेलेन्स्कीको भने युद्ध अन्त्य गर्नुअघि युक्रेनको सम्पूर्ण सुरक्षाको ग्यारेन्टी सुनिश्चित हुनुपर्ने मुख्य सर्त रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाको कोलोराडो राज्यबाट आइतबार १ सय १४ जना गैरआप्रवासी एकै पटक पक्राउ परेका छन् । स्थानीय समयअनुसार आइतबार बिहान कोलोराडोको मुख्य सहर डेनभरबाट करिब ७० माइल दक्षिणमा पर्ने कोलोरोडो स्प्रिङ्सको एक भूमिगत नाइट क्लबमा छापा मार्ने क्रममा ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए)को टोलीले एकै पटक १ सय १४ जना कागजातविहिनलाई पक्राउ गरेको हो । अमेरिकी संचारमाध्यम युएसए ...
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...