मुख्य समाचार
चन्द्रपुर नगरपालिकामा सञ्चालित १० वटा अस्पताल बन्द गर्न निर्देशन
चन्द्रपुर नगरपालिकामा सञ्चालित १० वटा अस्पताल बन्द गर्न निर्देशन

: मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। अस्पताल अनुगमनका क्रममा रौतहट आएका मुख्यमन्त्री सिंहले अवैध तथा अनधिकृत रूपमा सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिएका हुन्।


शनिबार अनुगमनका क्रममा दर्ता र मापदण्डबिना सञ्चालित १० वटालाई बन्द गर्न निर्देशन दिएका हुन। चन्द्रपुर नगरपालिकामा सञ्चालित हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर, सिभिल हयुमनहोस्पिटल एण्ड रसर्चसेन्टर,पब्लिकलाईफ केयर पोलिक्लीनिक, हिमालयन पोलिक्लीनिक चन्द्रपुर प्रालि, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एण्ड जनरल हस्पिटल प्रालि, चन्द्रपुर सामुदायिक हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रलाई मापदण्ड पूरा गरी दर्ता गरेर मात्र सञ्चालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिए।

भर्ना भएका बिरामीलाई अन्यत्र भर्ना गरेर पैसा तिराउने काम बन्द गर्न निर्देशन दिँदै मुख्यमन्त्री सिंहले लिखित पत्र समेत दिएका छन्। ११ वटा अस्पतालको अनुगमन गर्दा चन्द्रपुर हस्पिटल‍ मात्र दर्ता गरी सञ्चालनमा रहेको पाइएको थियो। सेवा सञ्चालन अनुमति लिएर मात्र अस्पताल सञ्चालन गर्न उनले निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ । संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरुप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए । संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने ...
कान्छा शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले भनिन्-जलवायु परिवर्तनप्रति संवेदनशील बनौं
राष्ट्रपतिसँग जेनजी प्रतिनिधिले बिताएका दुई घण्टामा के–के भयो ?
वीर अस्पतालमा फेरिएको परिदृश्य : बिरामी कुरुवालाई पनि बेडको व्यवस्था
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु