मुख्य समाचार
चन्द्रपुर नगरपालिकामा सञ्चालित १० वटा अस्पताल बन्द गर्न निर्देशन
चन्द्रपुर नगरपालिकामा सञ्चालित १० वटा अस्पताल बन्द गर्न निर्देशन

: मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। अस्पताल अनुगमनका क्रममा रौतहट आएका मुख्यमन्त्री सिंहले अवैध तथा अनधिकृत रूपमा सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिएका हुन्।


शनिबार अनुगमनका क्रममा दर्ता र मापदण्डबिना सञ्चालित १० वटालाई बन्द गर्न निर्देशन दिएका हुन। चन्द्रपुर नगरपालिकामा सञ्चालित हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर, सिभिल हयुमनहोस्पिटल एण्ड रसर्चसेन्टर,पब्लिकलाईफ केयर पोलिक्लीनिक, हिमालयन पोलिक्लीनिक चन्द्रपुर प्रालि, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एण्ड जनरल हस्पिटल प्रालि, चन्द्रपुर सामुदायिक हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रलाई मापदण्ड पूरा गरी दर्ता गरेर मात्र सञ्चालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिए।

भर्ना भएका बिरामीलाई अन्यत्र भर्ना गरेर पैसा तिराउने काम बन्द गर्न निर्देशन दिँदै मुख्यमन्त्री सिंहले लिखित पत्र समेत दिएका छन्। ११ वटा अस्पतालको अनुगमन गर्दा चन्द्रपुर हस्पिटल‍ मात्र दर्ता गरी सञ्चालनमा रहेको पाइएको थियो। सेवा सञ्चालन अनुमति लिएर मात्र अस्पताल सञ्चालन गर्न उनले निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...