मुख्य समाचार
क्यालिफोर्निया नर्दन क्षेत्र (बेएरिया) मा नेपालीपन झल्किने नेपाली सामुदायिक केन्द्र भवन स्थापना
क्यालिफोर्निया नर्दन क्षेत्र (बेएरिया) मा नेपालीपन झल्किने नेपाली सामुदायिक केन्द्र भवन स्थापना

: नेपालीमुलका बासिन्दाहरूको बहुसंख्यक रुपमा बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र (बेएरिया) मा नेपालीपन झल्किने नेपाली सामुदायिक केन्द्र भवन स्थापना भएको छ । नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) को अगुवाइमा सामुदायिक भवन स्थापना भएको हो ।


‘यहाँ बसोबास गर्ने नेपालीहरूले नेपालीले नेपाली सामुदायिक भवन निर्माणका लागि लामो समयदेखि पहल गर्दै आएका थिए,'नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) का अध्यक्ष प्रितेश कार्कीले भने ‘जुन पहलले आज मूर्त रुप लियो ।’

उनका अनुसार अमेरिकामा बसोबास गर्ने नेपालीहरूको सबैभन्दा पुरानो मध्येको एक संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) ले सन् १९९४ मा स्थापनादेखि नै आफ्नै सामुदायिक भवन स्थापनाको उद्देश्य राखेको थियो । ‘बेएरियावासी तपाई सम्पूर्ण सहयोगी हात र मन जोडिएर चन्दा संकलनबाट भवन खरिद गर्न सफल भएका छौं,'उनले थपे, ‘यो हामी सबैको साझा प्रयत्नको प्रतिफल हो। यो ऐतिहासिक अवसरमा सामुदायिक केन्द्र खरिदका लागि सहयोग सबैप्रति कृतज्ञ छौं ।’


बेएरियाको रिचमण्ड सिटी ३६९ चेल्सी एभिन्युमा रहेको रिलिजिएस प्रोपर्टी सुरूमा २४ लाख ७० हजार अमेरिकी डलरमा बिक्रीमा राखिएकोमा हामीले हालको १८ लाख ६० हजारमा अफर परेको उनले बताए । अहिले नेपाली समुदायका झण्डैं पाँचसय व्यक्ति एवं संस्थाबाट संकलित करिब ७ लाख डलर,न्यायले अघिल्ला अभियानमा संकलन गरेको र खातामा रहेको ९५ हजार डलर, समुदायकै सदस्यबाट सापटी लिएको १ लाख ८० हजार डलरसमेत गरेर ४५ प्रतिशत डाउनपेमेन्ट र बाँकी रकम बैंक ऋणबाट भवन खरिद गरिएको हो।

‘हामीले खरिद गरेको भवन करिब १० हजार ८ सय स्क्वायरफिटको भवन संरचना क्षेत्र र ५४ हजार स्क्वायरफिटको पार्किङ छ । भवनमा ५ सय २८ सिट क्षमताको सभाकक्ष,२ सय सिटको क्याफ्टेरिया,६ वटा अफिस कोठा,११० भन्दा बढी गाडी पार्किङ र शौचालय रहेको उनले सुनाए ।

अमेरिकाको क्यालिफोर्नियाका बासिन्दा नेपालीमुलका पत्रकार दीपक दाहालले करिब ७० हजार नेपाली बसोबास रहेको नर्दन क्षेत्रमा आफ्नै सामुदायिक भवन भएपछि विभिन्न चाडपर्व एवं धर्म,संस्कृति अनुसारका सामाजिक सांस्कृतिक कार्यक्रम गर्न सहज हुने विश्वास लिएको बताए । उनले यस क्षेत्रमा बसोबास गर्ने नेपालीमध्ये करिब ७ सय व्यक्ति र परिवार प्रत्यक्ष सहयोगबाट जोडिए पनि यो सामुदायिक केन्द्र सबैको साझा सम्पत्ति रहेको बताए ।

संस्थाका अध्यक्ष कार्कीले संस्थाले लिएको सापटी फिर्तासहित बैंक ऋणसमेत तिरेर छिट्टै भवन पेडअफ गर्ने योजना रहेको बताए । उनले सिंगो समुदाय एकजुट हुँदा यो कठिन विषय भने होइन,मासिक किस्ताको भार नपर्ने गरी भवन पेडअफ गर्न सकियो भने हामीले समुदायका सेवाका अझै थुप्रै कार्यक्रम गर्न अझै सहज हुने विश्वास व्यक्त गरे। उनले सम्पूर्ण बेएरियाबासी नेपाली समुदायसँग आफूले सकेको चन्दा सहयोगमार्फत् यो साझा संकल्पमा जोडिन अपील गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...
: दक्षिण कोरियाको जेजुमा सहकर्मीलाई उद्धार गर्ने क्रममा फोहोर तथा मलमूत्र प्रशोधन गर्ने ट्यांकीभित्र प्रवेश गरेका नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ घर भएका र हाल कोरियाको जेजुस्थित एक फार्ममा कार्यरत ३२ वर्षीय विकास शेर्पा रहेको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । हिजो शनिबार बिहान करिब ७ः५६ बजे जेजु सहरको हान्ग्यङ–म्योन, जोसुरी क्षेत्रमा ...