मुख्य समाचार
च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका सेफिफाइनल प्रवेश
च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका सेफिफाइनल प्रवेश

च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका सेफिफाइनल प्रवेश गरेको छ। इङ्ल्यान्डमाथि ७ विकेटको जितसहित दक्षिण अफ्रिका समूह बीको विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो।


टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्ड ३८.२ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो। इङ्ल्यान्डले दिएको १८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो। दक्षिण अफ्रिकाको लागि रस्सी भान डेर डुसेनले सर्वाधिक ७२ रन बनाए। उनले ८७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

हेनरिच कालासिनले ५६ बलमा ११ चौकासहित ६४ रनको अर्धशतकीय पारी खेले। ओपनर रेयान रिकेल्टन २५ बलमा २७ रन बनाउँदै बोल्ड हुँदा अर्का ओपनर त्रिस्टन स्टब्सडकआउट भए। त्यसअघि ब्याटिङ गरेको इङ्ल्यान्डका लागि जोय रुटले सर्वाधिक ३७ रन बनाए। फिल साल्ट ८ रनमा, जेमी स्मिथ विना कुनै रन र बेन डकेट २४ रनमा आउट भए। त्यसपछि पनि कुनै खेलाडीले ठूलो पारी खेल्न सकेनन्। जो रुटले सर्वाधिक ३७ रन जोड्दा जोफ्रा आर्चरले २५ तथा जोस बटलरले २१ रन बनाए।


बलिङमा मार्को जानसेनले ९ ओभर बलिङ गर्दै ३९ रन खर्चेर ३ विकेट लिए। वियान मल्डरले ७ ओभर २ बल बलिङ गर्दै २५ रन दिएर ३ विकेट झारे। केशव महाराजले भने २ विकेट आफ्नो नाममा लेखाए। जितले दक्षिण अफ्रिका ५ अंक सहित समूह ‘बी’ को विजेता बन्यो। यसअघि अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल वास आउट भएको थियो। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १ सय ७ रनले हराएको थियो।

४ अंक जोड्दै सेमिफाइनल पुगिसकेको अस्ट्रेलिया समूह उप विजेता बन्यो। ३ अंक बनाएको अफगानिस्तान र अंकको खाता नखोली इङ्ग्ल्यान्ड समूह चरणबाटै बाहिरिए। यससँगै सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ए बाट भारत र न्यूजिल्याण्ड सेमिफाइनल पुगेका छन्। सेमिफाइनल अघि आज यी दुई टिमले एक अर्काको सामना गर्दै छन्। यो खेलले समूह एको समूह विजेता चुन्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...