मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम ल्याउने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम ल्याउने घोषणा

— धनाढ्य विदेशीहरूका लागि अमेरिकाले अब भिसा बेच्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम ल्याउने घोषणा गरेका हुन् ।


राष्ट्रपति ट्रम्पका अनुसार ‘गोल्ड कार्ड’ ५० लाख अमेरिकी डलर (६९ करोड ५० लाख रुपैयाँ) मा खरिद गर्न सकिनेछ ।राष्ट्रपति ट्रम्पले धनाढ्य विदेशीहरूलाई लक्ष्य गरी यो कार्यक्रम घोषणा गरेका हुन् ।


अमेरिकी सञ्चार माध्यमहरूका अनुसार ‘गोल्ड कार्ड’ किनेपछि कुनै पनि व्यक्तिले अमेरिकामा बस्न र काम गर्न पाउनेछन् भने अमेरिकी नागरिकता लिने प्रक्रिया पनि सहज हुनेछ ।

‘हामीले गोल्ड कार्ड बिक्री गर्दैछौं,’ ट्रम्पले ओभल अफिसबाट भनेका छन्, ‘तपाईंहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ । हामी यसको मूल्य करिक ५ मिलियन डलर राख्नेछौं र यसले ग्रिन कार्ड भएकाहरूले पाउने अधिकारका साथै नागरिकता प्राप्तिको बाटो खोल्नेछ । धनाढ्य मानिसहरू यो कार्ड किनेर हाम्रो देशमा आउनेछन् ।’

ट्रम्पले 'गोल्ड कार्ड' बिक्री दुई साताभित्रै सुरू गर्ने बताएका छन् । दशौं लाख विदेशीले यो कार्ड खरिद गर्ने उनको अपेक्षा छ ।


‘के तपाईंले रूसी अर्बपतिलाई पनि यो कार्ड बिक्री गर्दै हुनुहुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले भने, ‘हो, सम्भवत: । म केही रूसी अर्बपतिहरूलाई चिन्छु, जो निकै असल छन् ।’

ट्रम्पले 'गोल्ड कार्ड' बेच्ने घोषणा गरिरहेका बेला छेउमा उभिएका वाणिज्यमन्त्री होवार्ड लुटनिकले उक्त कार्डले अमेरिकी सरकारको 'ईबी-५' भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्नेछ । 'ईबी-५' ले विदेशी लगानीकर्तालाई रोजगारी सिर्जनाका लागि अमेरिकी परियोजनामा लगानी गर्न अनुमति दिन्छ । त्यसपछि मात्र उनीहरूले आप्रवासनका लागि भिसा आवेदन दिन सक्छन् ।



सन् १९९२ मा सुरू भएको 'ईबी-५' भिसा कार्यक्रमको मुख्य उद्देश्य विदेशी लगानी आकर्षित गर्नु हो । यस कार्यक्रमअन्तर्गत एक व्यक्तिले कम्तीमा १० लाख ५० हजार अमेरिकी डलर लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्छ ।

ट्रम्प र उनको परिवारसँग जोडिएका व्यवसायहरूले पनि सम्पत्ति जोड्न यो कार्यक्रमको प्रयोग गरेका छन् । ट्रम्पको पहिलो कार्यकालमा पनि सांसद्‍हरूले यो कार्यक्रम आफ्नो लक्ष्यबाट विचलित भएको र सुधारको आवश्यकता रहेको बताएका थिए ।

२०१९ मा ट्रम्प प्रशासनले लक्षित आर्थिक क्षेत्रका लागि न्यूनतम लगानी ९ लाख डलर र अन्य क्षेत्रका लागि १८ लाख डलर तोकेका थिए । तर उक्त कदम सन् २०२१ मा प्रयास एक संघीय न्यायाधीशले खारेज गरिदिएका थिए ।

पछिल्लोपटक भने यो कार्यक्रम सन् २०२२ मा जो बाइडेन प्रशासनको समयमा नवीकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...