मुख्य समाचार
जापानमा पीएचडी रिसर्चको अन्तिम चरणमा रहेका सडक विभागका उपसचिव विनोदप्रसाद सापकोटाको निधन
जापानमा पीएचडी रिसर्चको अन्तिम चरणमा रहेका सडक विभागका उपसचिव विनोदप्रसाद सापकोटाको निधन

। जापानमा एक जना नेपाली कर्मचारीको निधन भएको छ ।

जापान सरकारअन्तर्गत जाइका परियोजनामार्फत जापानमा पीएचडी रिसर्चको अन्तिम चरणमा रहेका सडक विभागका उपसचिव विनोदप्रसाद सापकोटाको निधन भएको हो ।

सापकोटा डेढ वर्षअघि जापान सरकारको जाइकाको स्कलरसिपमा अध्ययनका लागि जापान आएका थिए ।

४२ वर्षीय सापकोटा मंगलबार बिहान आफ्नै कोठामा मृत फेला परेका हुन् । स्थानीय प्रहरीले सापकोटाले आत्महत्या गरेको हुनसक्ने बताएको छ ।

घटनाबारे थप केही खुलेको छैन । सापकोटाको शव बुधबार नेपाल पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पछिल्ला केही महिनादेखि नै काठमाडौंमा चोरीका घटना अत्यधिक बढिरहेका थिए। अन्य समयभन्दा जेन–जी आन्दोलनपछि काठमाडौंमा लुटपाट र चोरी बढ्यो। त्यसमा थपिएको एउटा कारण हो, सुन चाँदीको अचाक्ली मूल्यवृद्धि। जेन–जी आन्दोलनताका कारागारबाट निस्केका कैदीले काठमाडौं पेप्सीकोला, गोठाटार क्षेत्रलाई केन्द्रविन्दु बनाई कहिले ललितपुर कहिले भक्तपुर पुगी लुटपाट गरेका हुन्। राति ९ बजेपछि सक्रिय हुने लुटेराको एक समूहलाई प्रहरीले ...
: चन्द्र नहर सिँचाइ प्रणाली पुनःस्थापना कार्य सम्पन्न भएको छ। जापान सरकारको अनुदान सहयोगमा सञ्चालन गरिएको उक्त परियोजनाको पुनःस्थापना कार्य सम्पन्न भएको हो। मंगलबार एक कार्यक्रम आयोजना गरी परियोजना हस्तान्तरण गरिएको थियो। सन् १९२७ मा निर्माण गरिएको चन्द्र नहर सिँचाइ प्रणाली नेपालकै पुराना सिँचाइ प्रणालीमध्ये एक हो। लामो समयदेखि मर्मतसम्भार अभावका कारण मुख्य नहरका संरचनाहरू ...
। जापानका पाण्डा प्रेमीहरूका लागि यो साता निकै नमज्जा बनेको छ। टोक्योको उएनो चिडियाखानामा रहेका अन्तिम दुई जुम्ल्याहा पाण्डा ‘शाओ शाओ’ र ‘लेई लेई’ जनवरी २७ मा चीन फर्किँदै छन्। यी पाण्डाहरूमाथि चीनको स्वामित्व रहेको छ। आइतबार चिडियाखानामा यी पाण्डाहरूलाई अन्तिम पटक सार्वजनिक रूपमा प्रदर्शन गरियो। हजारौँ मानिसहरू अन्तिम बिदाइका लागि पुगेका थिए। भीड धेरै भएकाले ...
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम