मुख्य समाचार
चीनले दक्षिण कोरियाली फिल्म, के-पप र टिभी श्रृंखलामाथि लगाएको अघोषित प्रतिबन्ध हटाउने
चीनले दक्षिण कोरियाली फिल्म, के-पप र टिभी श्रृंखलामाथि लगाएको अघोषित प्रतिबन्ध हटाउने

। चीनले दक्षिण कोरियाली फिल्म, के-पप र टिभी श्रृंखलामाथि लगाएको अघोषित प्रतिबन्ध हटाउने तयारी गरेको छ । डेडलाइन म्यागेजिनका अनुसार सम्भवतः मे महिनादेखि यसको थालनी हुनेछ ।

‘ प्रतिबन्धहरू खुकुलो पार्नुले चीन ‘वुल्फ वारिअर’ कूटनीतिक नीतिबाट विश्वभर आफूविरोधी भावनालाई कम गर्ने उद्देश्यले ‘स्माइल पोलिसी’तर्फ सरेको संकेत देखिन्छ’ समाचारमा भनिएको छ ।


यस कदमलाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अस्थिरताको प्रतिक्रियाको रूपमा पनि व्याख्या गर्न सकिन्छ, जसले धेरै राष्ट्रहरूमा ट्यारिफ लगाउने धम्की दिइरहेको छ, यद्यपि अमेरिकी राष्ट्रपतिको चीनप्रतिको दृष्टिकोण अझै स्पष्ट छैन ।

अमेरिकी थाड मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गरेपछि चीनले सन् २०१६ मा कोरियाली संगीत, चलचित्र, नाटक, खेल र अन्य सबै प्रकारका पप संस्कृतिको वितरणमा प्रतिबन्ध लगाउन थालेको थियो ।


बेइजिङले आधिकारिक रूपमा प्रतिबन्धलाई कहिल्यै स्वीकार गरेको छैन । थोरै कोरियाली फिल्म र नाटक चिनियाँ हल वा स्ट्रिमिङ प्लेटफर्ममा रिलिज भएका छन् । चीनले के-पप कलाकारलाई देशमा प्रदर्शन गर्न अनुमति समेत दिएको छैन ।

कोरिया इकोनोमिक डेली (केईडी)का अनुसार सन् २०२६ मा चीनमा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनका लागि चीनको तयारीलाई सम्हाल्ने एक वरिष्ठ अधिकारीले भने, ‘चीन सरकारले दक्षिण कोरियासँगको सहकार्यलाई बलियो बनाउन आवश्यक देखेको छ ।’

‘अर्को महिनादेखि, हामी सांस्कृतिक आदानप्रदान विस्तार गर्ने पहिलो चरणको रूपमा दक्षिण कोरियामा निजी स्तरको सांस्कृतिक प्रतिनिधिमण्डल पठाउनेछौं । मे महिनामा सांस्कृतिक सहयोगलाई पूर्ण रूपमा पुनः सुरु गर्ने लक्ष्य राखेका छौं’ ती अधिकारीले केईडीलाई भने ।

कोरियाको मनोरञ्जन बजार पनि प्रतिबन्धले पूर्णरुपमा प्रभावित भएको छ । केडीबी फ्युचर स्ट्राटेजी रिसर्च इन्स्टिच्युटको अध्ययनअनुसार चिनियाँ प्रतिबन्धले सन् २०१७ मा कोरियाली उद्योगलाई १५.३ बिलियन अमेरिकी डलरको क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...