मुख्य समाचार
रुसका दुर्लभ खनिजहरूको उत्खननका लागि अमेरिकासँग सहयोगको प्रस्ताव गरेका छन्
रुसका दुर्लभ खनिजहरूको उत्खननका लागि अमेरिकासँग सहयोगको प्रस्ताव गरेका छन्

— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कब्जामा लिएका युक्रेनी भू-भागसहित रुसका दुर्लभ खनिजहरूको उत्खननका लागि अमेरिकासँग सहयोगको प्रस्ताव गरेका छन् ।


सोमबार राति एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति पुटिनले युक्रेन युद्धबारे ट्रम्पको दृष्टिकोणको प्रशंसा गर्दै अमेरिकालाई रुसको खनिज स्रोत उत्खननको प्रस्ताव राखेका बीबीसीले जनाएको छ । रुस-युक्रेन युद्ध अन्त्यबारे दुई देशबीच पहल भइरहेका बेला पुटिनले अमेरिकाका लागि नयाँ प्रस्ताव राखेका हुन् ।


युक्रेनको सुरक्षा ग्यारेन्टीको बदलामा अमेरिका र युक्रेनले पृथ्वीका दुर्लभ धातुहरूमा पहुँच प्रदान गर्ने सम्झौतानजिक पुगेको अनुमानबारे पुटिनले अमेरिकासँग मिलेर त्यस्ता धातुको प्रयोग गर्न आमन्त्रित गरेका छन् ।

पुटिनले भने, 'यो प्रस्ताव युक्रेनको रुसी कब्जामा रहेका क्षेत्रहरूमा खनिज स्रोतहरू उत्खननमा पनि लागू हुन्छ ।' त्यसका साथै उनले अमेरिकी कम्पनीहरूले रूसमा ऊर्जा र आल्मुनियम उत्पादनजस्ता परियोजनामा भाग लिनुपर्ने पनि बताए ।

सरकारी टिभी संवाददाताले ट्रम्पले 'रूसका हातमा खेलेका हुन् ?' भनेर सोधेको प्रश्नको जवाफमा पुटिनले आफ्नो दृष्टिकोण फरक रहेको बताएका हुन् । ट्रम्पले 'युक्रेनको हितमा, युक्रेनी राज्यको हितमा, युक्रेनी राज्यको रक्षा गर्न' काम गरिरहेको पुटिनको भनाइ छ ।


युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पद छाड्नुपर्ने ट्रम्पको भनाइमा रुसी राष्ट्रपति पुटिन पनि सहमत देखिएका छन् । युक्रेनी राष्ट्रपति युक्रेनमा 'सेना, समाज र राज्यलाई भ्रष्ट बनाउने कारक' भएको पुटिनको दाबी छ ।

'अमेरिकी राष्ट्रपतिलाई पक्कै पनि यो थाहा छ,' पुटिनले भने, 'वास्तवमा रुसले जेलेन्स्की त्यहाँ रहिरहेको र शासनलाई भ्रष्ट बनाइरहेको हेर्न चाहन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो। टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो। उनको विरोधमा हजारौं मानिसहरू ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक अनुदान रोकेसँगै पाँच वर्षमा झन्डै १ करोड ४० लाखको मृत्यु हुने अनुमान गरिएको छ। ‘द लान्सेट’ मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार सन् २०३० सम्म विश्वभरि समयभन्दा अघि नै १ करोड ४० लाख जना मृत्युको जोखिममा पर्नेछन्। अध्ययन अनुसार समयभन्दा अघि मृत्यु हुनेमध्ये एक तिहाइ बालबालिकाहरू हुनेछन्। न्यून र मध्यम आय ...
: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। 'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई ...
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...