मुख्य समाचार
च्याम्पियन्स ट्रफी क्रिकेटमा लगातार दोस्रो जित निकाल्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश
च्याम्पियन्स ट्रफी क्रिकेटमा लगातार दोस्रो जित निकाल्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश

। पाकिस्तानमा जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा लगातार दोस्रो जित निकाल्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह ए को खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ५ विकेटले हराएको हो ।

न्युजिल्याण्डको यस जितले भारत पनि एक खेल खेल्नुअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । अब भारत र न्युजिल्याण्डबीच हुने खेलको विजेता समूहविजेता हुनेछ ।




बंगलादेशले दिएको २३७ रनको लक्ष्य न्युजिल्याण्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । रचिन रविन्द्रले शतकीय पारी खेले । उनले १०५ बलमा १२ चौका र १ छक्कासहित ११३ रन बनाए ।

त्यस्तै टम लेथमले ५५ रन बनाए । न्युजिल्याण्ड ७२-३ मा भएको अवस्थाबाट यी दुईले शतकीय साझेदारी गरेका थिए । बंगलादेशका तास्किन अहमद, रिशाद होसेन, नहिद राना र मुस्तफिजुर रहमानले १-१ विकेट लिए ।




त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो । कप्तान नजमुल हसन शान्तोले ७७ रन बनाए । जाकेर अलीले ४५ रन बनाए ।

न्युजिल्याण्डका माइकल ब्रेसवेलले १० ओभरमा २६ रन दिएर ४ विकेट लिए । विलियम ओरुर्केले २ तथा म्याट हेनरी र काइल जेमिसनले १-१ विकेट लिए ।

योसँगै समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा पुग्दा पाकिस्तान र बंगलादेश एक खेलअगावै बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...