मुख्य समाचार
च्याम्पियन्स ट्रफी क्रिकेटमा लगातार दोस्रो जित निकाल्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश
च्याम्पियन्स ट्रफी क्रिकेटमा लगातार दोस्रो जित निकाल्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश

। पाकिस्तानमा जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा लगातार दोस्रो जित निकाल्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह ए को खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ५ विकेटले हराएको हो ।

न्युजिल्याण्डको यस जितले भारत पनि एक खेल खेल्नुअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । अब भारत र न्युजिल्याण्डबीच हुने खेलको विजेता समूहविजेता हुनेछ ।




बंगलादेशले दिएको २३७ रनको लक्ष्य न्युजिल्याण्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । रचिन रविन्द्रले शतकीय पारी खेले । उनले १०५ बलमा १२ चौका र १ छक्कासहित ११३ रन बनाए ।

त्यस्तै टम लेथमले ५५ रन बनाए । न्युजिल्याण्ड ७२-३ मा भएको अवस्थाबाट यी दुईले शतकीय साझेदारी गरेका थिए । बंगलादेशका तास्किन अहमद, रिशाद होसेन, नहिद राना र मुस्तफिजुर रहमानले १-१ विकेट लिए ।




त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो । कप्तान नजमुल हसन शान्तोले ७७ रन बनाए । जाकेर अलीले ४५ रन बनाए ।

न्युजिल्याण्डका माइकल ब्रेसवेलले १० ओभरमा २६ रन दिएर ४ विकेट लिए । विलियम ओरुर्केले २ तथा म्याट हेनरी र काइल जेमिसनले १-१ विकेट लिए ।

योसँगै समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा पुग्दा पाकिस्तान र बंगलादेश एक खेलअगावै बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...