मुख्य समाचार
अमेरिकाका सरकारी कर्मचारीलाई एक साताभित्र आफुले गरेका उपलब्धि सूचीवद्ध गर्न वा राजीनामा दिन आग्रह
अमेरिकाका सरकारी कर्मचारीलाई एक साताभित्र आफुले गरेका उपलब्धि सूचीवद्ध गर्न वा राजीनामा दिन आग्रह

— अमेरिकी अर्बपति इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग 'डज'ले अमेरिकाका सरकारी कर्मचारीलाई एक साताभित्र आफुले गरेका उपलब्धि सूचीवद्ध गर्न वा राजीनामा दिन आग्रह गरेका छन् ।


सरकारी कर्मचारीहरूलाई शनिबार पठाइएको एक इमेलमा उनीहरूलाई गत साताका उपलब्धिबारे विस्तृत जानकारी गराउन वा राजीनामा दिन आग्रह गरिएको हो । यो डोनाल्ड ट्रम्प प्रशासनले संघीय कर्मचारीलाई लक्ष्य गरी चालेको पछिल्लो कदम हो ।


यसअघि मस्कले एक सातासम्म कर्मचारीहरूले के-के काम गरे भन्ने बुझ्नका लागि उनीहरूलाई इमेल पठाउने भन्दै ट्वीट गरेका थिए । त्यसलगत्तै कर्मचारीले त्यस्तो इमेल पाप्त गरेका थिए । 'इमेलको उत्तर दिन असफल भएमा त्यसलाई राजीनामाका रूपमा लिइनेछ,' उनले लेखेका थिए ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरू गरेसँगै कार्यकारी आदेशमार्फत डज स्थापना गरेका हुन् । त्यसलगत्तै ट्रम्पले अर्बपति मस्कलाई डजको नेतृत्वका लागि चयन गरेका हुन् । सरकारी खर्च कटौती गर्ने उद्देश्यले डजको स्थापना गरिएको हो ।

डज प्रमुख मस्कले सरकारी खर्च कटौतीका लागि आक्रामक रूपमा कर्मचारीहरूलाई बर्खास्त गर्ने र कोषहरूलाई निलम्बन गर्ने कार्यको नेतृत्व गर्दै आएका छन् ।


अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्पले कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीप्याक) मा बोलेको केही समयमै संघीय कर्मचारीहरूलाई इमेल प्राप्त भएको हो । कर्मचारीलाई प्राप्त इमेलको विषयमा 'गत साता तपाईंले के गर्नुभयो ?' भनेर लेखिएको छ । बीबीसीका अनुसार उक्त इमेल पठाउनेमा एचआर अर्थात् जनशक्ति व्यवस्थापन गर्ने निकाय उल्लेख गरिएको छ ।

इमेलमा कर्मचारीलाई सोमबार मध्यरातअघि गोप्य जानकारीको खुलासा नगरी पाँच वटा बुँदामा एक साताभित्र गरेका काम तथा उपलब्धिबारे उल्लेख गर्न भनिएको बीबीसीले जनाएको छ । तर इमेलमा भने जबाफ दिन असफल भएमा त्यसलाई राजीनामा मानिने विषयमा भने केही उल्लेख गरिएको छैन ।



अमेरिकी संघीय सरकारको जनशक्ति व्यवस्थापन गर्ने निकाय अफिस अफ पर्सोनेल म्यानेजमेन्ट (ओपिएम) ले कर्मचारीहरूलाई इमेल पठाइएको पुष्टि गरेको छ । ओपिएमले संघीय जनशक्ति दक्ष र जवाफदेही बनाउने ट्रम्प प्रशासनको प्रतिबद्धतालाई अघि बढाउने हिस्साका रूपमा कर्मचारीहरूलाई इमेलमार्फत एक साता उनीहरूले गरेका कामको विवरण मागिएको जनाएको छ ।

संघीय कर्मचारीहरूको प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो कर्मचारी संघ 'अमेरिकन फेडेरेसन अफ गभर्नमेन्ट इम्प्लोइज' ले कर्मचारीलाई इमेल पठाउने कद 'क्रूर र अनादरपूर्ण' भएको र संघीय सेवाका कर्मचारीलाई कुनै पनि तरिकाले 'गैरकानुनी रूपमा हटाउने' कार्यलाई कानुनी चुनौती दिने वताएको छ ।

'एकपटक फेरि इलन मस्क र ट्रम्प प्रशासनले संघीय कर्मचारी र उनीहरूले अमेरिकीहरूलाई प्रदान गर्ने महत्वपूर्ण सेवाको घोर अपमान गरेका छन्,' युनियनका अध्यक्ष एभरेट केलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...