मुख्य समाचार
अमेरिकाका सरकारी कर्मचारीलाई एक साताभित्र आफुले गरेका उपलब्धि सूचीवद्ध गर्न वा राजीनामा दिन आग्रह
अमेरिकाका सरकारी कर्मचारीलाई एक साताभित्र आफुले गरेका उपलब्धि सूचीवद्ध गर्न वा राजीनामा दिन आग्रह

— अमेरिकी अर्बपति इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग 'डज'ले अमेरिकाका सरकारी कर्मचारीलाई एक साताभित्र आफुले गरेका उपलब्धि सूचीवद्ध गर्न वा राजीनामा दिन आग्रह गरेका छन् ।


सरकारी कर्मचारीहरूलाई शनिबार पठाइएको एक इमेलमा उनीहरूलाई गत साताका उपलब्धिबारे विस्तृत जानकारी गराउन वा राजीनामा दिन आग्रह गरिएको हो । यो डोनाल्ड ट्रम्प प्रशासनले संघीय कर्मचारीलाई लक्ष्य गरी चालेको पछिल्लो कदम हो ।


यसअघि मस्कले एक सातासम्म कर्मचारीहरूले के-के काम गरे भन्ने बुझ्नका लागि उनीहरूलाई इमेल पठाउने भन्दै ट्वीट गरेका थिए । त्यसलगत्तै कर्मचारीले त्यस्तो इमेल पाप्त गरेका थिए । 'इमेलको उत्तर दिन असफल भएमा त्यसलाई राजीनामाका रूपमा लिइनेछ,' उनले लेखेका थिए ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरू गरेसँगै कार्यकारी आदेशमार्फत डज स्थापना गरेका हुन् । त्यसलगत्तै ट्रम्पले अर्बपति मस्कलाई डजको नेतृत्वका लागि चयन गरेका हुन् । सरकारी खर्च कटौती गर्ने उद्देश्यले डजको स्थापना गरिएको हो ।

डज प्रमुख मस्कले सरकारी खर्च कटौतीका लागि आक्रामक रूपमा कर्मचारीहरूलाई बर्खास्त गर्ने र कोषहरूलाई निलम्बन गर्ने कार्यको नेतृत्व गर्दै आएका छन् ।


अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्पले कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीप्याक) मा बोलेको केही समयमै संघीय कर्मचारीहरूलाई इमेल प्राप्त भएको हो । कर्मचारीलाई प्राप्त इमेलको विषयमा 'गत साता तपाईंले के गर्नुभयो ?' भनेर लेखिएको छ । बीबीसीका अनुसार उक्त इमेल पठाउनेमा एचआर अर्थात् जनशक्ति व्यवस्थापन गर्ने निकाय उल्लेख गरिएको छ ।

इमेलमा कर्मचारीलाई सोमबार मध्यरातअघि गोप्य जानकारीको खुलासा नगरी पाँच वटा बुँदामा एक साताभित्र गरेका काम तथा उपलब्धिबारे उल्लेख गर्न भनिएको बीबीसीले जनाएको छ । तर इमेलमा भने जबाफ दिन असफल भएमा त्यसलाई राजीनामा मानिने विषयमा भने केही उल्लेख गरिएको छैन ।



अमेरिकी संघीय सरकारको जनशक्ति व्यवस्थापन गर्ने निकाय अफिस अफ पर्सोनेल म्यानेजमेन्ट (ओपिएम) ले कर्मचारीहरूलाई इमेल पठाइएको पुष्टि गरेको छ । ओपिएमले संघीय जनशक्ति दक्ष र जवाफदेही बनाउने ट्रम्प प्रशासनको प्रतिबद्धतालाई अघि बढाउने हिस्साका रूपमा कर्मचारीहरूलाई इमेलमार्फत एक साता उनीहरूले गरेका कामको विवरण मागिएको जनाएको छ ।

संघीय कर्मचारीहरूको प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो कर्मचारी संघ 'अमेरिकन फेडेरेसन अफ गभर्नमेन्ट इम्प्लोइज' ले कर्मचारीलाई इमेल पठाउने कद 'क्रूर र अनादरपूर्ण' भएको र संघीय सेवाका कर्मचारीलाई कुनै पनि तरिकाले 'गैरकानुनी रूपमा हटाउने' कार्यलाई कानुनी चुनौती दिने वताएको छ ।

'एकपटक फेरि इलन मस्क र ट्रम्प प्रशासनले संघीय कर्मचारी र उनीहरूले अमेरिकीहरूलाई प्रदान गर्ने महत्वपूर्ण सेवाको घोर अपमान गरेका छन्,' युनियनका अध्यक्ष एभरेट केलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...