मुख्य समाचार
युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्
युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन्

— युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।


सोमबारको युरोपेली बैठकलाई उद्धृत गर्दै उनले भने, ‘यदि युरोपेली देशहरूबीच मतभेद भयो भने त्यो दुःखी परिवारजस्तो हुनेछ ।’


सोमबारदेखि युक्रेनमा हुने युरोपेली नेताहरूको बैठकका सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा उनले त्यहाँ केही कठिन निर्णय गर्न बाँकी रहेको बताए ।

युक्रेनी अधिकारीका अनुसार नेताहरूले बैठकमा आफ्नो आगामी रणनीतिबारे छलफल गर्नेछन् भने जेलेन्स्कीले युक्रेनको सुरक्षा प्रत्याभूतिको बारेमा पनि कुरा गर्नेछन् ।

जेलेन्स्कीले भने, ‘यो युद्ध हो, बच्चाको खेल होइन। हामीलाई साझेदारी चाहिएको छ, हामीलाई सहयोग चाहिएको छ, तर हामी हाम्रो स्वतन्त्रता गुमाउन सक्दैनौं र हामी हाम्रो सम्मान गुमाउन सक्दैनौं ।’

नयाँ अमेरिकी प्रशासनको चर्को आलोचना खेपिरहेका जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्नुअघि डोनाल्ड ट्रम्पलाई भेट्न चाहेको पनि बताएका छन् ।

जेलेन्स्कीले युद्ध अन्त्यका लागि कुनै पनि सम्झौताअन्तर्गत युक्रेनलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को सदस्यता दिन माग गर्दै आएका छन् । तर वासिङ्टन नेतृत्वको गठबन्धनले प्रतिबद्धता जनाउन आनाकानी गर्दै आएको छ ।



‘यदि युक्रेनमा शान्ति स्थापना हुन्छ र यसका लागि वास्तवमै मेरो पद छोड्न आवश्यक छ भने, म पद छोड्न तयार छु’, जेलेन्स्कीले किएभमा पत्रकार सम्मेलनमा भने, ‘म यसलाई नाटोको सदस्यताका लागि त्याग गर्न सक्छु।’

उनले युक्रेनको स्रोतसाधनमा सम्झौताका लागि अमेरिकासँग छलफल गर्न पनि आफू तयार रहेको बताएका छन् । उनले भने, ‘युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक छ ।’

ट्रम्प–पुटिन वार्ताप्रति जेलेन्स्कीले कडा प्रतिक्रिया दिँदै युक्रेनको सहभागिताबिना कुनै पनि शान्ति सम्झौता बेकार हुने बताए । हालै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न साउदी अरबमा रुससँग छलफल गर्ने बताएका थिए ।

वार्ताका लागि मिति घोषणा गरिएको छैन र अमेरिकाले यसका लागि युक्रेनलाई पनि निमन्त्रणा गरेको छैन । जेलेन्स्कीले युद्ध रोक्ने विषयमा हुने कुनै पनि छलफलमा युक्रेनलाई समावेश गर्न आवश्यक रहेको बताउँदै आएका छन् ।

युक्रेनबाहेक धेरै युरोपेली देशले पनि यस्ता वार्तामा युक्रेनसँगै युरोपलाई पनि सहभागी गराउनुपर्ने बताएका छन् । जेलेन्स्कीले पनि आफ्नो चिन्ता सुरक्षा ग्यारेन्टीको बारेमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...