मुख्य समाचार
एडीबीका नयाँ अध्यक्ष मासातो कान्दाले कार्यभार सम्हाले
एडीबीका नयाँ अध्यक्ष मासातो कान्दाले कार्यभार सम्हाले

— एसियाली विकास बैंक (एडीबी) का ११ औं अध्यक्षका मासातो कान्दाले सोमबारबाट औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।


कान्दाले मासात्सुगु आसाकावापछि अध्यक्षका रूपमा पदभार सम्हालेका हुन् । उनले अन्तर्राष्ट्रिय वित्त र विकास नीतिमा झन्डै चार दशक लामो अनुभव बटुलेका छन् । उनले जापानको अन्तर्राष्ट्रिय मामिलासम्बन्धी वित्त उपमन्त्रीका रूपमा पनि काम गरेका थिए । त्यस क्रममा बजारलाई स्थिरता दिने गरी इन्नोभेटिभ फाइनान्सियल सोलुसन र नीतिगत कदम चाल्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको एडीबीले जनाएको छ ।


पदभार ग्रहणपछि कान्दाले एडीबी अध्यक्षको भूमिकामा आउन पाउँदा गर्व महसुस गरिरहेको बताएका छन् । 'हाम्रो क्षेत्रका लागि यो एक महत्वपूर्ण समय हो, ६९ सदस्य राष्ट्रहरूको विश्वास र समर्पित कर्मचारीहरूको समर्थनले मलाई एडीबीको दिगो, समावेशी र उत्थानशील विकासलाई प्रवर्द्धन गर्ने दायित्व पूरा गर्ने प्रेरणा मिलेको छ,' उनले भनेका छन्, 'विकासका चुनौतीलाई आपसी सहयोगमार्फत सामना गर्दै एडीबीलाई उत्कृष्ट क्षेत्रीय साझेदारका रूपमा कायम राख्नेछौं ।'

कान्दाले एडीबीको संस्थागत विशेषज्ञतालाई प्रयोग गरी साझेदारसँग मिलेर सबैभन्दा धेरै आवश्यकतामा रहेका समुदायका लागि रूपान्तरणकारी परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् ।

'हाम्रो सहयोगले एसिया तथा प्रशान्त क्षेत्रका मानिसहरूको जीवनमा स्थायी सुधार ल्याउने सुनिश्चिततासहित वास्तविक परिणाम प्राप्त गर्ने व्यवहारिक कदमहरूमा केन्द्रित हुनेछ,' उनले भने ।

सन् १९६६ मा स्थापना भएको एडीबीमा ६९ सदस्य राष्ट्र रहेका छन् । यसमा ४९ एसिया तथा प्रशान्त क्षेत्रका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...