मुख्य समाचार
अस्पतालमा बिरामीको मृत्यु भएपछि पीडित परिवारले चिकित्सकलाई कारबाहीसहित घटना छानबिनको माग
अस्पतालमा बिरामीको मृत्यु भएपछि पीडित परिवारले चिकित्सकलाई कारबाहीसहित घटना छानबिनको माग

— रौतहटको गौर नगरपालिका–१ स्थित गौर सेन्टर अस्पतालमा बिरामीको मृत्यु भएपछि पीडित परिवारले चिकित्सकलाई कारबाहीसहित घटना छानबिनको माग गरेको छ ।


पेट दुखेपछि गौर-३ का १८ वर्षीय लालु अधिकारी शनिबार प्रादेशिक अस्पताल गौरमा भर्ना भएका थिए । केही परीक्षण गरेर अस्पतालका मेडिकल अधिकृत डा. घनश्याम ठाकुरले बिरामीको आन्द्रा फुटेको बताएका थिए । काका देवेन्द्रका अनुसार ठाकुरले अस्पतालमा उपचारका लागि आवश्यक सुविधा नभएको भन्दै अर्का डाक्टर पंकज साहसँग सम्पर्क गर्न भने । त्यसपछि डाक्टर साहले गौर सेन्टर हस्पिटलमा लैजान भनेको पीडितले बताएका छन् ।


सरकारीबाट निजीमा लगेर शल्यक्रिया गरेपछि बिरामीको अवस्था नाजुक भएको देवेन्द्रको भनाइ छ । 'त्यसपछि राति नै नेसनल मेडिकल कलेज वीरगन्ज लग्यौं,' उनले भने, 'गौर प्रादेशिक अस्पतालबाट किन निजीमा रेफर गरियो ? लापरबाहीमा संलग्न चिकित्सकलाई कारबाही हुनुपर्छ ।’

प्रादेशिक अस्पताल गौरका मेडिकल सुरिटेन्डेन्ट डा. मुरारी ठाकुरले अस्पतालका चिकित्सक पंकज साहसहित केहीसित स्पष्टीकरण सोधिएको बताए । ‘हामीकहाँ बिरामी लठ्याउने मेसिन भए पनि एमडी गरेको चिकित्सकको अभावले जटिल शल्यक्रियाका बिरामीलाई वीरगन्ज रेफर गर्न बाध्य हुँदै आएका छौं,' उनले भने, ‘हामीले अस्पतालका चिकित्सकसित २४ घण्टे लिखित जवाफ मागेका छौं ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...