मुख्य समाचार
अस्पतालमा बिरामीको मृत्यु भएपछि पीडित परिवारले चिकित्सकलाई कारबाहीसहित घटना छानबिनको माग
अस्पतालमा बिरामीको मृत्यु भएपछि पीडित परिवारले चिकित्सकलाई कारबाहीसहित घटना छानबिनको माग

— रौतहटको गौर नगरपालिका–१ स्थित गौर सेन्टर अस्पतालमा बिरामीको मृत्यु भएपछि पीडित परिवारले चिकित्सकलाई कारबाहीसहित घटना छानबिनको माग गरेको छ ।


पेट दुखेपछि गौर-३ का १८ वर्षीय लालु अधिकारी शनिबार प्रादेशिक अस्पताल गौरमा भर्ना भएका थिए । केही परीक्षण गरेर अस्पतालका मेडिकल अधिकृत डा. घनश्याम ठाकुरले बिरामीको आन्द्रा फुटेको बताएका थिए । काका देवेन्द्रका अनुसार ठाकुरले अस्पतालमा उपचारका लागि आवश्यक सुविधा नभएको भन्दै अर्का डाक्टर पंकज साहसँग सम्पर्क गर्न भने । त्यसपछि डाक्टर साहले गौर सेन्टर हस्पिटलमा लैजान भनेको पीडितले बताएका छन् ।


सरकारीबाट निजीमा लगेर शल्यक्रिया गरेपछि बिरामीको अवस्था नाजुक भएको देवेन्द्रको भनाइ छ । 'त्यसपछि राति नै नेसनल मेडिकल कलेज वीरगन्ज लग्यौं,' उनले भने, 'गौर प्रादेशिक अस्पतालबाट किन निजीमा रेफर गरियो ? लापरबाहीमा संलग्न चिकित्सकलाई कारबाही हुनुपर्छ ।’

प्रादेशिक अस्पताल गौरका मेडिकल सुरिटेन्डेन्ट डा. मुरारी ठाकुरले अस्पतालका चिकित्सक पंकज साहसहित केहीसित स्पष्टीकरण सोधिएको बताए । ‘हामीकहाँ बिरामी लठ्याउने मेसिन भए पनि एमडी गरेको चिकित्सकको अभावले जटिल शल्यक्रियाका बिरामीलाई वीरगन्ज रेफर गर्न बाध्य हुँदै आएका छौं,' उनले भने, ‘हामीले अस्पतालका चिकित्सकसित २४ घण्टे लिखित जवाफ मागेका छौं ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ । संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरुप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए । संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने ...
कान्छा शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले भनिन्-जलवायु परिवर्तनप्रति संवेदनशील बनौं
राष्ट्रपतिसँग जेनजी प्रतिनिधिले बिताएका दुई घण्टामा के–के भयो ?
वीर अस्पतालमा फेरिएको परिदृश्य : बिरामी कुरुवालाई पनि बेडको व्यवस्था
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु