मुख्य समाचार
ब्रिटिश सेनामा भर्ती हुनेको संख्या निरन्तर घट्दै
ब्रिटिश सेनामा भर्ती हुनेको संख्या निरन्तर घट्दै

— ब्रिटिश सेनामा भर्ती हुनेको संख्या निरन्तर घट्दै गएको छ । अहिले दुई शताब्दी यताकै थोरै सेना बेलायतसंग रहेको तथ्यांकहरुले देखाएका छन् । बजेट कटौती र युवाहरुको सेनाप्रति विकर्षणका कारण अहिले सक्रिय ब्रिटिश सिपाहीको संख्या ७३ हजार हाराहारी मात्र छ । यो संख्या चिनियाँ सेनाको २० लाख, रुसको १३ लाख वा अमेरिकी सेनाको ४ लाख ६० हजारभन्दा निकै कम हो ।

बेलायतको सेना अहिले रोमानिया र बंगलादेशको भन्दा पनि सानो छ भने क्यानाडा र आर्मेनियाको भन्दा थोरै ठूलो छ । रक्षामन्त्री जोन हेलीले अर्को वर्ष सेनाको संख्या ७० हजार भन्दा कम हुने बताएका छन् । जुन सन् १७९३ यताकै न्यून हुनेछ । 'हामी हाम्रा सेनाहरूलाई लड्न थप योग्य बनाउन र बेलायतलाई स्वदेशमा अझ सुरक्षित र विदेशमा बलियो बनाउन रातदिन काम गर्नेछौं,' उनको दाबी छ ।

दुई शताब्दी अघि सन् १८२३ मा जम्मा ७२ हजार ब्रिटिश सैनिक थिए । सन् १८२३ मा बेलायतको जनसंख्या २० मिलियन बढी थियो, आज लगभग ६७ मिलियन छ । जनसंख्याका लागि समायोजन गर्दा अहिले लगभग २ लाख २५ हजार सैनिक हुनुपर्ने हो । सन् १९८९ मा ब्रिटिश सेनासँग एकलाख ५६ हजार सैनिकहरू थिए जुन अहिलेको आकारभन्दा दोब्बर बढी हो ।

शीतयुद्ध अन्त्यपछि सिपाही भर्ती गर्न कठिनाइ, बजेट अभाव र अत्याधुनिक सटिक–निर्देशित हतियार उपलब्ध भएका कारण संख्या निरन्तर ओरालो लागेको विश्वास गरिन्छ । तलब वृद्धिका बावजुद धेरै ब्रिटिश सैनिकले जागिर छोडेका पाइएको छ । केही समययता सरकारले पारिश्रमिक वृद्धि गरेपनि धेरै सैनिकले सेवा छोडिरहेका छन् ।


टेलिग्राफको एक रिपोर्टअनुसार अक्टोबर २०२४ सम्म लगभग १५ हजार ब्रिटिश सेनाले जागिर छाडेका छन् । यीमध्ये आधा भन्दा बढी 'स्वैच्छिक त्याग' को रूपमा वर्गीकृत गरिएको छ । गत जुलाईमा बेलायत सरकारले सैन्य कर्मचारीहरूका लागि ६ प्रतिशत तलब वृद्धिको घोषणा गरेको थियो जुन दुई दशकमा सबैभन्दा धेरै हो ।

उक्त वृद्धिको उद्देश्य भर्ती र बढ्दो सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नु थियो । 'हाम्रो नयाँ सरकारको पहिलो कर्तव्य बेलायती जनतालाई सुरक्षित राख्नु हो। र हाम्रो रक्षा बल सेनामा सेवारत पुरुष महिलाहरूमा निहित छ,' रक्षामन्त्री हेलीको भनाइ छ ।



गत वर्षको सुरुमा बेलायतको रक्षा मन्त्रालय (एमओडी) को तथ्यांकले सन् २०२३ मा भर्ना भएका भन्दा धेरै मानिसले सेना छोडेको खुलासा गरेको थियो, जसको मुख्य कारण दयनीय जीवनशैली र खस्किएको सैनिक मनोवल मानिन्छ । बिजनेश इन्साइडरमा रक्षा सम्बन्धि जानकार माइकल पेक लेख्छन्, 'यसको आकारले नेटोलाई समर्थन गर्ने, रुसको सामना गर्ने वा युद्ध लड्ने बेलायतको क्षमतामाथि प्रश्न खडा गर्छ ।'

सन् २०१० मा कन्जरभेटिभ पार्टीका तर्फबाट डेभिड क्यामरुन नेतृत्वको गठबन्धन सरकारले सेनाको आकार घटाएर ८० हजार बनाउने र ऐतिहासिक रेजिमेन्टहरू खारेज गर्ने रणनीति र सुरक्षा समीक्षापछि सेनाको संख्यामा लगातार गिरावट आएको हो । दशकौंको सेना कटौतीले बेलायतलाई रूसी आक्रोशका लागि 'व्यापक रूपमा कमजोर' बनाएको बेलायती सशस्त्र सेनाका एक पूर्वप्रमुखले दाबी गरेका छन् ।

प्रधानमन्त्री केयर स्टार्मरलाई यूकेको रक्षा बजेट बढाउन बढ्दो दबाब भइरहेका बेला जनरल सर निक कार्टरले सेनाले विगत ३० वर्षमा निकै उपेक्षा भोगेको टिप्पणी गरेका छन् । निक सन् २०१८ देखि २०२१ सम्म डिफेन्स स्टाफको प्रमुख थिए ।

प्रधानमन्त्री यही बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भेट्न वासिङटन यात्रा गर्दै छन् । बेलायतलाई सन् २०३० सम्म बेलायतको जिडीपीको २.५ प्रतिशत रक्षा बजेट पुरयाउन दवाव छ । अमेरिकी राष्ट्रपति ट्रम्पको दबाबपछि युरोपले रक्षा खर्च बढाउनुपर्ने प्रधानमन्त्री केयर स्टारमरले बताएका थिए ।

बेलायती अर्थमन्त्री रचेल रिभ्सले आफ्नो योजनामा ​​पुनर्विचार गर्नुपर्ने संकेत गरेकी छन्। 'संसार स्पष्ट रूपमा परिवर्तन हुँदैछ', 
रिभ्सको भनाइ उधृत गर्दै उनका सहयोगीले भनेका छन् 'सरकारहरुले बदलिंदो संसारको अनुशरण गर्नुपर्छ। रिभ्स राष्ट्रिय सुरक्षालाई गम्भीर रूपमा लिनुहुन्छ । एक सुरक्षित अर्थतन्त्रलाई सुरक्षित रक्षा आवश्यक छ भन्ने उहांको मान्यता छ ।'

बेलायतले अहिले आफ्नो जिडीपीको २.३ प्रतिशत रक्षामा खर्च गर्छ । प्रधानमन्त्री स्टारमरले त्यसलाई २.५ प्रतिशतमा बढाउने 'मार्ग' तय गर्ने वाचा गरेका छन् जुन प्रतिवर्ष ५ देखि ६ बिलियन पाउण्ड हुनेछ ।

ब्रिग्रेड अफ गोर्खाजमा करिब ४ हजार

नेपालबाट वर्षेनी युवाहरु भर्ती भएर ब्रिटिश आर्मीमा आउने गरेका छन् । विगत २०९ वर्षदेखि यो क्रम चलेको हो । हाल ब्रिगेड अफ गोर्खाजमा करिब ४ हजार नेपाली आवद्ध रहेको बताइन्छ ।

यस वर्षमात्र बेलायती सेनामा २७४ नेपाली युवा भर्ती भएका छन् । केही दिनअघिमात्र बेलायती राजा चाल्र्स तृतीयका कान्छा भाइ राजकुमार एडवार्ड र पत्नी अधिराजकुमारी सोफी ति युवाको प्रमाणीकरण परेडमा पोखरामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अमेरिका र इसराइलका साथ युद्धविराम नचाहेको बताएको छ । विदेशमन्त्री अब्बास अरागचीले जापानी मिडिया संस्था ‘क्योडो न्युज’ सँगको कुराकानीमा इरानले युद्धविराम नभएर युद्धको स्थायी अन्त्य चाहेको बताएका छन् । अरागचीले भनेका छन्, ‘इरान युद्धविराम चाहँदैन । बरू युद्धको पूर्ण, व्यापक र स्थायी अन्थ्य चाहन्छ ।’ युद्धलाई पूर्ण रुपमा समाप्त गर्न सक्ने कुनै पनि पहलको स्वागत गर्ने ...
। संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ । अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार, योजनाबद्ध १७ करोड २० लाख ब्यारेल कच्चा तेलमध्ये पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको हो । विज्ञप्ति अनुसार, अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट ४ करोड ...
। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई ‘नौरोज’ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिबार उनले एक सन्देश पठाउँदै मस्को र दुशान्बे बीचको रणनीतिक साझेदारी मध्य एसियाको सुरक्षा र स्थिरताका लागि मेरुदण्ड भएको बताएका छन् । ताजिकिस्तानी राष्ट्रपतिको प्रेस सेवाद्वारा आज शनिबार सार्वजनिक गरिएको सन्देशमा पुटिनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धले दुवै राष्ट्रको मौलिक हितलाई ...
: इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को सहर रस अल-खैमाहमा ‘निर्णायक शक्ति’ का साथ हमला गर्ने चेतावनी दिएको छ। फारसको खाडीका दुईवटा टापुहरूको विषयमा यूएईसँग लामो समयदेखि चलिरहेको विवादलाई लिएर इरानले यस्तो धम्की दिएको हो। सरकारी सञ्चारमाध्यमका अनुसार इरानी सशस्त्र बलका प्रवक्ताले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै चेतावनी दिएका छन्- 'अबू मुसा र ग्रेटर टुनब टापुहरूमा ...
। भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो । यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त ...