मुख्य समाचार
भारतले च्याम्पियन्स ट्रफी क्रिकेटमा आइतबार पाकिस्तानलाई ६ विकेटले पराजित
भारतले च्याम्पियन्स ट्रफी क्रिकेटमा आइतबार पाकिस्तानलाई ६ विकेटले पराजित

— विराट कोहलीको अविजित १ सय रनमा भारतले च्याम्पियन्स ट्रफी क्रिकेटमा आइतबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो ५१ औं शतक बनाएपछि भारतले २ सय ४२ रनको लक्ष्य ४३ औं ओभरमा २ सय ४४ रन बनाउँदै पूरा गरेको थियो ।


लगातार दोस्रो हारपछि डिफेन्डिङ च्याम्पियन पाकिस्तान प्रतियोगिताबाट बाहिरिने खतरा प्रबल बनेको छ । पाकिस्तान पहिलो खेलमा न्युजिल्यान्डसँग पनि पराजित रहेको थियो ।


लगातार दोस्रो विजयसँगै भारतले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ र समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ ।

भारतबाट कप्तान रोहित शर्माले २० रन मात्र बनाउन सके । अर्का ओपनर शुबमन गिलले ५२ बल खेली ७ चौकासहित ४६ रन बनाए । श्रेयश ऐरले पनि अर्धशतक बनाए । कोहलीसँग तेस्रो विकेटमा १ सय १४ रन जोडेका ऐरले ६७ बल खेली ५ चौका र १ छक्कासहित ५६ रन बनाए । हार्दिक पाण्ड्या ८ रनमा आउट भए । पाकिस्तानबाट साहिन अफ्रिदीले २ विकेट लिए ।

आफ्नो इनिङ्सका क्रममा कोहली एकदिवसीय अन्तर्राष्ट्रियमा १४ हजार रन पूरा गर्ने तेस्रो खेलाडी बनेका थिए । पाकिस्तानसँगको खेल अगाडि कोहलीले २ सय ९८ एकदिवसीय अन्तर्राष्ट्रियमा १३ हजार ९ सय ८५ रन बनाएका थिए । भारतकै सचिन तेन्दुलकर (१८,४२६ रन) र श्रीलंकाका कुमार सांगाकारा (१४,२३४) ले एकदिवसीय अन्तर्राष्ट्रियमा कोहलीले भन्दा बढी रन बनाएका छन् ।

जुनमा अमेरिका र वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकपमा भारतलाई उपाधि दिलाएपछि कोहली र रोहित दुवैले ट्वान्टी–२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका थिए । यी दुवै खेलाडी टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उत्कृष्ट फर्म निकाल्न संघर्ष गरिरहेका थिए । रन बनाउन नसक्दा यी दुवैले चाँडै संन्यास लिने हल्ला चलेका थिए ।

यसअघि साउद सकिल र मोहम्मद रिजवानले डटेर खेले पनि पाकिस्तान ४९.४ ओभरमा २ सय ४१ रनमै अलआउट भएको थियो । सकिलले ६२ र कप्तान रिजवानले ४६ रन बनाउँदै ढिला गरे पनि तेस्रो विकेटमा १ सय ४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । सकिलले ७६ बल खेली ५ चौका र रिजवानले ७७ बल खेली ३ चौका प्रहार गरे ।



ओपनरद्वय इमाम उल हक २६ बलमा १० र बाबर आजम २६ बल खेली ५ चौका प्रहार गरी २३ रनमा आउट भएका थिए । सलमान अघा १९ र तैयब ताहिर ४ रनमा आउट भए पनि देब्रेहाते खुसदिल साहले ३९ बलमा २ छक्का प्रहार गर्दै ३८ रन बनाएपछि स्लो पिचमा पाकिस्तानको स्कोर चुनौतीपूर्ण देखिएको थियो ।

देब्रेहाते स्पिनर कुलदीप यादवले ९ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । पाण्ड्याले ८ ओभरमा ३१ रन खर्चेर २ तथा हर्षित राना, अक्षर पटेल र रवीन्द्र जडेजाले १–१ विकेट लिए । च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेको भारतले प्रतियोगिताको सबै खेल यूएईमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...