मुख्य समाचार
अमेरिकी सरकारी कर्मचारीलाई मस्कले भने : पूरा गरेको कामको सूची पठाउनुहोस् नत्र राजीनामा दिनुहोस्
अमेरिकी सरकारी कर्मचारीलाई मस्कले भने : पूरा गरेको कामको सूची पठाउनुहोस् नत्र राजीनामा दिनुहोस्

: अमेरिकी संघीय सरकारी कर्मचारीहरूलाई शनिबार दिउँसो एउटा इमेल आयो। इमेलको विषयमा 'तपाईंले गत हप्ता के गर्नुभयो?' लेखिएको थियो।

उक्त इमेलमा 'गत हप्तामा तपाईंले पूरा गर्नुभएका कामहरूको सूची बनाउनुहोस् वा राजीनामा दिनुहोस्' लेखिएको थियो।

अर्बपति उद्यमी एलोन मस्कले यसअघि नै समाजिक सञ्जाल एक्समा एउटा पोस्ट गरेका थिए। यसमा उनले, 'कर्मचारीहरूले चाँडै नै एउटा इमेल प्राप्त गर्नेछन्। जसको उद्देश्य गत हप्तामा उनीहरूले कुन-कुन काम पूरा गरे भनेर जान्नु रहेको हुनेछ' भनेका थिए।


यदि कर्मचारी उक्त इमेलको जवाफ दिन असफल भए त्यसलाई राजीनामा मानिने जनाइएका थिए।

एलोन मस्क अमेरिकामा सरकारी दक्षता विभागको नेतृत्व गरिरहेका छन्। यस विभागको उद्देश्य अमेरिकी सरकारको खर्च घटाउनु हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्सलाई सम्बोधन गरेपछि कर्मचारीहरूले यो इमेल प्राप्त गरेका हुन्।

बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...
। बेलायती राजनीतिका ‘राजनीतिक फिक्सर’ मानिने लर्ड पिटर मन्डेल्सनले अन्ततः लेबर पार्टीको सदस्यताबाट राजीनामा दिएका छन्। अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको जेफ्री एपस्टाइनसँग सम्बन्धित ३५ लाखभन्दा बढी कागजातहरूमा मन्डेल्सनको नाम र केही शंकास्पद भुक्तानीहरू फेला परेपछि उनले यो निर्णय लिएका हुन् । सन् २००३ र २००४ मा एपस्टाइनको बैंक खाताबाट मन्डेल्सन र उहाँका पार्टनरको खातामा तीन ...