मुख्य समाचार
दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका दुई नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ
दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका दुई नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ

: दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका दुई नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ। कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई थाइ एयरलायन्सको विमानबाट नेपाल फर्काएको हो।

निष्कासनमा पर्नेमा श्रेष्ठ र थापा मगर थरी रहेको स्रोतले जानकारी दिएको छ। उनीहरू गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका थिए। उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको थियो।

यसअघि दक्षिण कोरियाले चार जनालाई निष्कासन गरेको थियो। निष्कासनमा पर्नेमा विक, मगर, इसार र घिसिङ थरका रहेका थिए। उनीहरू अघिल्लो साता निष्कासनमा परेका थिए।


पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निशानामा पर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कतारबाट घर फर्किन चाहने नेपाली नागरिकलाई सम्पर्कमा आउन त्यहाँस्थित नेपाली दूताबासले आग्रह गरेको छ । मध्य पूर्वको वर्तमान विषय परिस्थितिलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई यस्तो आग्रह गरेको । दूतावासले शनिबार एक सूचना जारी गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकहरुलाई दोहास्थित ताशिर साउदी ...
। मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै यूएईमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ । गल्फन्युजमा सार्वजनिक समाचारअनुसार १० जनामध्ये एक जना नेपाली पनि छन् । जसमा आँखा छोपिएको अवस्थामा तस्वीर पनि सार्वजनिक छन् । तर, अन्य परिचय भने खुलाइएको छैन । युएईका महान्यायाधिवक्ता हमाद ...
। मध्यपूर्वमा जारी तनावबीच कतारको दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन आग्रह गरेको छ । दोहास्थित नेपाल दूतावासले शनिबार एक विशेष अनुरोध जारी गर्दै ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदन दिन भनेको हो । दूतावासको सूचना अनुसार, साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहने कतार आइडी भएका नेपालीले आवेदन दिन सक्नेछन् । थन ...
: साउथर्न लेबनानस्थित नेपाली शान्ति सेनाको हेड क्वार्टरमा आक्रमण भएको छ । शुक्रबार बेलुका इजरायल सीमा नजिकको नेपाली शान्ति सेनाको बटालियन हेड क्वार्टरको भवन (घर) मा आक्रमण भए पनि कुनै मानवीय क्षति नभएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । इरान–इजरायल–अमेरिका युद्धको वर्तमान अवस्थामा नेपाली सेनाको टोली बंकरभित्र बसिरहेको समयमा आक्रमण भएका ...
। पोर्चुगलस्थित नेपाली राजदूतावासले नेपाली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई यहाँ पनि मान्यता दिन औपचारिक प्रस्ताव गरेको छ । बिहीबार नेपाली राजदूतावासका प्रतिनिधि र पोर्चुगलको यातायात संस्थानका विभाग प्रमुखबीच यस विषयमा छलफल भएको हो । पोर्चुगलको राजधानी लिस्वनस्थित पोर्चुगल सरकारको यातायात संस्थान (आइएमटी) को कार्यालयमा भएको दुईपक्षीय भेटवार्तामा नेपाली दूतावासका तर्फबाट नियोग उपप्रमुख शत्रुध्वन पोखरेल ...