मुख्य समाचार
हमासले इजरायललाई हस्तान्तरण गरेको शव शिरीकै भएको पुष्टि
हमासले इजरायललाई हस्तान्तरण गरेको शव शिरीकै भएको पुष्टि

इजरायली बन्धक शिरी बिबासको परिवारले शुक्रबार हमासले इजरायललाई हस्तान्तरण गरेको शव शिरीकै भएको पुष्टि गरेको छ।

परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हाम्री शिरीलाई बन्दी बनाएको बेला हत्या गरिएको थियो। उनी अहिले घर फर्किएकी छिन्।'

यद्यपि शवको जाँच गर्ने इजरायली फोरेन्सिक अधिकारीहरूले अझैसम्म उक्त शव शिरी बिबासको हो भनेर पुष्टि गरेका छैनन्।


बिबासको परिवारले भन्यो, 'हामी १६ महिनादेखि यो निश्चितताको खोजीमा थियौं र अब हामीले यो पाएका छौं। यसमा कुनै खुशी छैन।'

हमासले शुक्रबार साँझ रेडक्रसलाई एउटा शव हस्तान्तरण गरेको थियो।

यसअघि बिहीबार हमासले चारवटा शव पठाएको थियो। यी मध्ये एउटा शव शिरी बिबासको भएको दाबी गरिएको थियो। तर इजरायलले गरेको अनुसन्धानपछि त्यो शव एक अज्ञात महिलाको भएको पत्ता लाग्यो।

यस सम्बन्धमा इजरायलले हमासमाथि युद्धविराम सम्झौताका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको थियो।

७ अक्टोबर २०२३ मा हमासले ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराछोरी, ५ वर्षीया एरियल र २ वर्षीय काफिरसँगै बन्धक बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...