मुख्य समाचार
हमासले इजरायललाई हस्तान्तरण गरेको शव शिरीकै भएको पुष्टि
हमासले इजरायललाई हस्तान्तरण गरेको शव शिरीकै भएको पुष्टि

इजरायली बन्धक शिरी बिबासको परिवारले शुक्रबार हमासले इजरायललाई हस्तान्तरण गरेको शव शिरीकै भएको पुष्टि गरेको छ।

परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हाम्री शिरीलाई बन्दी बनाएको बेला हत्या गरिएको थियो। उनी अहिले घर फर्किएकी छिन्।'

यद्यपि शवको जाँच गर्ने इजरायली फोरेन्सिक अधिकारीहरूले अझैसम्म उक्त शव शिरी बिबासको हो भनेर पुष्टि गरेका छैनन्।


बिबासको परिवारले भन्यो, 'हामी १६ महिनादेखि यो निश्चितताको खोजीमा थियौं र अब हामीले यो पाएका छौं। यसमा कुनै खुशी छैन।'

हमासले शुक्रबार साँझ रेडक्रसलाई एउटा शव हस्तान्तरण गरेको थियो।

यसअघि बिहीबार हमासले चारवटा शव पठाएको थियो। यी मध्ये एउटा शव शिरी बिबासको भएको दाबी गरिएको थियो। तर इजरायलले गरेको अनुसन्धानपछि त्यो शव एक अज्ञात महिलाको भएको पत्ता लाग्यो।

यस सम्बन्धमा इजरायलले हमासमाथि युद्धविराम सम्झौताका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको थियो।

७ अक्टोबर २०२३ मा हमासले ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराछोरी, ५ वर्षीया एरियल र २ वर्षीय काफिरसँगै बन्धक बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...