मुख्य समाचार
‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबलाई हराउँदै भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश
‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबलाई हराउँदै भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

: ‘बी’ डिभिजन लिगको तयारी गरिरहेका झापा ११ फुटबल क्लबले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबलाई हराउँदै भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मेची रंगशाला भद्रपुरमा शनिबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइलनमा स्थान सुरक्षित गरेको हो । झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो।

झापा अब सेमिफाइनलमा सशस्त्रको एपीएफ र ट्रान्सापोर्ट युनाइटेड भुटानबीच हुने विजेता टिमसँग खेल्नेछ। आज खचाखच दर्शक भएको रंगशालामा पहिलो हाफ १-१ गोलको बराबरीमा टुङ्गिएको थियो। खेलको १४औँ मिनेटमा झापाका एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए। चर्च ब्वाइजका किपर कृसल मोक्तान अगाडि बढेको अवस्थामा थापाले मैदानको मध्य भागबाट लगेको बललाई जाली चुमाए।


खेलको ४१औँ मिनेटमा चर्च ब्वाइजका विक्रम धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए। झापाका प्रदीप बुढाथोकीले चर्चका सुजन डङ्गोललाई फाउल गरे। त्यसपछि एरिक विष्टको फ्रिकिक प्रहारलाई सदुपयोग गरी धिमालले गोल गरेका थिए। खेलको ७९औँ मिनेटमा झापाका कप्तान पेमा तामाङले टिमका लागि थप एक गोल गरे। चर्चका गोलकिपर मोक्तानले पञ्च गरेको बल क्लियर नहुँदा तामाङले टिमलाई २-१ को अवस्थामा ल्याए।

घरेलु दर्शकको समर्थन रहेको झापाले गोल गर्ने केही अवसरहरू गुमाएको थियो। खेलको २४औं मिनेटमा प्रदीप बुढाथोकीको पेनाल्टी एरियाको हेडर चर्चका किपर मोक्तानले नियन्त्रणमा लिए। खेलको ३२औँ मिनेटमा एरोन थापाले पेनाल्टी एरिया नजिकैबाट गरेको प्रहार किपर मोक्तान रोके। पहिलो हाफको अतिरिक्त समयमा एरोनको कर्नर किकमा सुमन मगरको हेडेर क्रस बार माथिबाट बाहिरियो।

खेलको ३७औँ मिनेटमा चर्चका प्रशान्त लक्समले पेनाल्टी एरियाबाट गरेको प्रहार झापाका गोलकिपर सन्दीप लिम्बूले रोके। खेलको ३१औँ मिनेटमा उमेश राईको प्रहार गोलकिपर लिम्बूले बचाउ गरे। खेलको प्लेयर अफ द म्याच झापा ११ का पेमा तामाङ भए। उनले नगद २१ हजार र ट्रफी पाए।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा झापाका प्रशिक्षक अङ्गुर कुमार खड्गीले पछिल्लो समय एउटै टिमवर्कका कारण ए डिभिजन टिमहरूसँग प्रतिस्पर्धा गर्न सहज भएको बताए। खेलाडीको उत्कृष्ट प्रदर्शनले लगातार दुई खेलमा जित हात पारेको बताउँदै उनले भने, ‘खेलमा तलमाथि हुन्छ, रेफ्रीले पनि सोहीबमोजिम सही डिसिजन दिनुपर्छ।’

त्यस्तै चर्च ब्वाइजका व्यवस्थापक सविन डाँगीले मोफसलमा प्रतियोगिता जुधेर समस्या आएको बताए। उनले क्लबको मुख्य टिम अहिले हेटौँडामा रहेकाले सबै खेलाडी यहाँ ल्याउन नसक्दा हार व्यहोर्नु परेको बताए। आइतबार हुने तेस्रो क्वार्टर फाइनल खेल न्यु रोड टिम (एनआरटी) र बंगलादेशको काउरन बाजार प्रगति संघबीच हुने गोल्डकपका अध्यक्ष दीपेश ढकालले जानकारी दिए। गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एसीसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ । आज सम्पन्न खेलमा नेपालले भुटानलाई दुई सय ९८ रनको फराकिलो अन्तरले हराएको हो । मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच ...
: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ...
: आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो। युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता ...
: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), ...
: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदको यही असार ९ गते बसेको बैठकले उक्त नीति स्वीकृत गरिएको थियो। खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान ...