मुख्य समाचार
इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड
इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड

— इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन्।


नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनल्टी (ईसीपीएम)’ का अनुसार सन् २००८ पछि इरानमा सन् २०२४ मा मृत्युदण्डको सजाय सुनाइएको यो सबैभन्दा बढी संख्या हो ।


इरानले मृत्युदण्डलाई ‘राजनीतिक उत्पीडनको मुख्य हतियार’का रूपमा प्रयोग गरेको आरोप लगाउँदै संयुक्त प्रतिवेदनमा भनिएको छ, ‘यो आँकडाले सन् २०२४ मा इरानमा मृत्युदण्डको प्रयोगमा डरलाग्दो वृद्धि भएको देखाउँछ।’

आईएचआरका निर्देशक महमुद अमिरी मोगद्दामले भने, ‘यी मृत्युदण्डहरू इस्लामिक गणतन्त्रले सत्तामा आफ्नो पकड कायम राख्न आफ्नै जनताविरुद्ध गरेको युद्धको एक हिस्सा हो।’

इरान र इजरायलबीच युद्धको खतरा बढ्दै जाँदा वर्षको अन्तिम तीन महिनामा हरेक दिन औसतमा पाँच जनालाई मृत्युदण्ड दिइएको उनले बताए ।


इरानमा सन् २०२३ मा ८३४ जनालाई मृत्युदण्ड दिइएको थियो । गत वर्षको तुलनामा यो वर्ष मृत्युदण्डको सजाय पाएकाको संख्या १७ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

मृत्युदण्ड दिइएका ९७५ जनामध्ये चार जनालाई सार्वजनिक स्थानमा फाँसी दिइएको थियो भने ३१ जना महिला थिए।

विरोध प्रदर्शन गर्नेलाई समेत मृत्युदण्ड
मानव अधिकारवादी समूहका अनुसार चीनपछि इरान विश्वकै सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुक बनेको छ । सन् २०२२ मा देशव्यापी विरोध प्रदर्शन सुरु भएपछि जनतामा डर छर्न अधिकारीहरूले मृत्युदण्डको प्रयोगलाई वृद्धि गरेको आरोप उनीहरूले लगाएका छन् ।

सन् १९७९ को क्रान्तिले पश्चिमा समर्थित मोहम्मद रेजा पहलबी (शाह) लाई सत्ताच्युत गरेपछि स्थापित शरियामा आधारित न्यायिक प्रणालीको प्रमुख खम्बा मृत्युदण्ड हो ।

मृत्युदण्डको सजाय हुने अपराधहरूमा हत्या, बलात्कार र लागूपदार्थका अपराधहरू समावेश छन् तर ‘सामाजिक मूल्यमान्यता र मानवीय मर्यादा विपरीत’ आचरण र ‘राज्यविरोधी गतिविधि’ जस्ता अस्पष्ट शब्दहरूको प्रयोग गरी पनि मृत्युदण्डको सजाय दिइने गरेको अधिकारकर्मीहरूले बताएका छन् ।

उनीहरूका अनुसार यि शब्दजाल सरकारसँग भिन्न धारणा राख्ने असन्तुष्टहरूविरुद्ध प्रयोग गरिने गरेको पाइन्छ । हालैका वर्षहरूमा, मृत्युदण्डको सजाय सुनाइएकाहरूलाई प्रायजसो जेल परिसर र कहिलेकाहिँ सार्वजनिक रूपमा फाँसी दिएर मृत्युदण्ड दिइने गरेको छ । यद्यपि, अन्य विधिहरू विधान पुस्तकहरूमा उल्लेख गरिएअनुसार रहन्छन् ।

सन् २०२२ को सेप्टेम्बरमा इरानको अनिवार्य ड्रेस कोड उल्लंघन गरेको आरोपमा पक्राउ परेकी इरानी–कुर्दिश महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा गत वर्ष दुई जनालाई मृत्युदण्ड दिइएको थियो ।

सन् २०२२ को अक्टोबरमा भएको प्रदर्शनका क्रममा एक प्रहरी अधिकारीको कारले हानेर हत्या गरेको आरोपमा २३ वर्षीय मोहम्मद घोबादलुलाई जनवरी २०२४ मा मृत्युदण्ड दिइएको थियो । मानव अधिकारवादी समूहहरूले उनको मुद्दा निकै त्रुटिपूर्ण भएको आरोप लगाएका छन् र न्यायाधीशहरूले उनी द्वीध्रुबी विकार (बाइपोलर डिसअर्डर अर्थात् म्यानिक डिप्रेसन)बाट पीडित भएको प्रतिरक्षामा प्रस्तुत प्रमाणलाई बेवास्ता गरेका छन्।

सन् २०२२ को प्रदर्शनका क्रममा रिभोल्युसनरी गार्डको हत्या गरेको आरोपमा ३४ वर्षीय घोलामरेजा रसाइलाई गत अगस्टमा गोप्य रूपमा मृत्युदण्ड दिइएको थियो । अधिकारकर्मीहरूले उहाँको स्वीकारोक्ति यातनाबाट प्राप्त भएको बताएका छन्।

अधिकारवादी समूहहरूले इरानले गत वर्ष थप मृत्युदण्ड दिएको हुन सक्ने प्रमाण रहेको र उनीहरूले आफ्नो प्रतिवेदनको पुष्टि गर्न नसकेको बताएका छन् ।

उनीहरूले सन् २०२४ मा थप ३९ जनालाई मृत्युदण्ड दिइएको खबर आएको र दोस्रो स्रोतबाट पुष्टि गर्न नसकिएको बताएका छन् । आईएचआरको तथ्याङ्कअनुसार यस वर्ष इरानले कम्तीमा १२१ जनालाई मृत्युदण्ड दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...
। बेलायती राजनीतिका ‘राजनीतिक फिक्सर’ मानिने लर्ड पिटर मन्डेल्सनले अन्ततः लेबर पार्टीको सदस्यताबाट राजीनामा दिएका छन्। अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको जेफ्री एपस्टाइनसँग सम्बन्धित ३५ लाखभन्दा बढी कागजातहरूमा मन्डेल्सनको नाम र केही शंकास्पद भुक्तानीहरू फेला परेपछि उनले यो निर्णय लिएका हुन् । सन् २००३ र २००४ मा एपस्टाइनको बैंक खाताबाट मन्डेल्सन र उहाँका पार्टनरको खातामा तीन ...