मुख्य समाचार
युक्रेन युद्धलाई लिएर अमेरिका र युक्रेनबीच तनाव थप बढे
युक्रेन युद्धलाई लिएर अमेरिका र युक्रेनबीच तनाव थप बढे

: युक्रेन युद्धलाई लिएर अमेरिका र युक्रेनबीच तनाव थप बढेको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र अमेरिकाबीचको वार्तामा युक्रेनलाई समावेश नगरेकोमा अमेरिकाको आलोचना गरेका थिए। अहिले डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई निशाना बनाएका छन्।


सामाजिक सञ्जाल वेबसाइट ट्रुथमा उनले लामो पोस्टमा लेखेका छन्, 'यस बारेमा सोच्नुहोस्, एक सामान्य हास्य कलाकार भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिकालाई आफूले जित्न नसक्ने युद्धमा हाम फाल्न ३५० अर्ब डलर दिन आग्रह गरे। एउटा युद्ध जुन कहिल्यै सुरु हुनुहुँदैनथ्यो। एउटा युद्ध जुन अमेरिका र ट्रम्प बिना अन्त्य हुन सक्दैन। अमेरिकाले यस युद्धमा युरोप भन्दा २०० अर्ब डलर बढी खर्च गरेको छ। युरोपले खर्च गरेको पैसा फिर्ता पाउनेछ, तर अमेरिकाले केही पाउने छैन।'

उक्त विषयमा बाइडेनप्रति पनि उकले तिक्तता पोख्दै भने,'यो लडाई हामी भन्दा युरोपको लागि महत्त्वपूर्ण छ भन्ने थाहा भएर पनि स्लीपी जो बाइडेनले यस विषयमा समानताको माग किन गरेनन्? रोचक कुरा त के हो भने जेलेन्स्कीले पनि स्वीकार गरेका छन् कि हामीले उनलाई दिएको आधा पैसा हराएको छ। उनले देशमा चुनाव गराउन अस्वीकार गरे।'


उनले थप भने, 'युक्रेनमा जेलेन्स्कीको लोकप्रियतामा निकै कमी आएको छ। उनी केवल एउटा कुरामा पोख्त सावित भएका छन्। त्यो के हो भने उनले बाइडेनलाई आफ्नो धुनमा नाच्न लगाए। यसैबीच हामी रूससँग कुरा गरेर यो लडाईं अन्त्य गर्ने प्रयास गरिरहेका छौं। सबैजनाको विश्वास छ कि ट्रम्प प्रशासनले मात्र यो गर्न सक्छ।'

बाइडेनले पनि युद्ध अन्त्यको प्रयास नगरेको उनले बताए। साथै युरोप पनि शान्ति स्थापना गर्न असफल भएको उनको भनाइ छ। यसको सबैभन्दा ठूलो कारण भनेकै जेलेन्स्की हुन्। उनी युद्ध यसरी नै जारी रहोस् भन्ने चाहान्छन्।

उनले भने, 'म युक्रेनलाई माया गर्छु तर जेलेन्स्कीले धेरै नराम्रा काम गरेका छन्। उनको देश टुक्रिएको छ र लाखौं मानिसहरू अनावश्यक रूपमा मरेका छन्।'

यसअघि जेलेन्स्कीले रुसले युक्रेनको बारेमा धेरै गलत सूचना फैलाइरहेको आरोप लगाएका थिए। ट्रम्प पनि गलत सूचनाको दुनियाँमा भएको उनले उल्लेख गरेका थिए। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप