मुख्य समाचार
लिभरपुल इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला बाट २–२ को बराबरीमा रोकिए
लिभरपुल इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला बाट २–२ को बराबरीमा रोकिए

— लिभरपुल इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाको हातबाट २–२ को बराबरीमा रोकिएको छ । यो नतिजापछि लिभरपुलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिएको छ ।


सेप्टेम्बरमा नटिङघमविरुद्ध एनफिल्डमा भएको खेल गुमाएयता लिभरपुल लिगमा पराजित भएको छैन् । तर भिल्लाविरुद्ध उसको प्रदर्शन उत्कृष्ट रहेन् र अब आर्सनलले शीर्षमा लिभरपुलको अग्रता छोट्याउन सक्नेछ ।


शीर्षमा लिभरपुलको २६ खेलबाट ६१ अंक छ भने एक खेल कम खेलेको आर्सनलको ५३ अंक भएको छ । भिल्ला पार्कमा भएको खेलमा आर्सनलले मोहमद सलाहको गोलले २९ औं मिनेटमा अग्रता लिएको थियो ।

त्यसपछि भिल्लाले दुई गोल फर्कायो र यो योरी टिलेमन्स र ओली आटकिन्सको नाममा रह्यो । खेलले ६१ औं मिनेटमा ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले लिभरपुलका तर्फबाट बराबरी गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...