मुख्य समाचार
रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ सँगैयुरोपेली च्याम्पियन्स लिगमा अन्तिम १६ मा प्रवेश
रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ सँगैयुरोपेली च्याम्पियन्स लिगमा अन्तिम १६ मा प्रवेश

— रियल म्याड्रिडले केयलियन एमबापको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर सिटीलाई ३–१ ले हराएको छ र यससँगै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । हारले सिटी प्रतियोगिताबाट बाहिरिएको छ ।



डिफेन्डिङ च्याम्पियनका लागि एमबापेले ४, ३३ र ६१ औं मिनेटमा तीन गोल गरे । निको गोन्जालेजले दोस्रो हाफको इन्युरी समयमा सिटीका लागि सान्त्वना गो फर्काए । यो जितसँगै दुई लेगको नकआउट प्ले–अफमा रियलले ६–३ को अग्रता लिएको छ ।

बोरुसिया डर्टमुन्ड, पीएसभी आयनहोभन र पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि अन्तिम १६ मा पुग्न सफल रहे । डर्टमुन्डले स्पोर्टिङ लिस्वनसँग गोलरहित बराबरी खेल्यो र समग्रमा ३–० को अग्रता लियो ।

आयनहोभनले भने युभेन्ट्सलाई ३–१ ले पराजित गर्दै समग्रमा ४–३ ले अगाडि रह्यो । पीएसजीले भने ब्रेस्टलाई सजिलै ७–० ले हरायो र समग्रमा १०–० ले अगाडि रहन सफल रह्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...