मुख्य समाचार
बायर्न म्युनिखले सेल्टिकलाई हराउँदै युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा
बायर्न म्युनिखले सेल्टिकलाई हराउँदै युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा

— बायर्न म्युनिखले अन्तिम क्षणको गोल मदतमा सेल्टिकलाई हराउँदै मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । फेयनुर्डसँग पराजित भएपछि सातपल्टको च्याम्पियन एसी मिलान भने प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम १६ मा पुग्न सफल अन्य टिममा क्लब ब्रुग र बेन्फिका रहेको छ ।


एलिनाज एरिनामा भएको खेलमा अल्फान्सो डाभिसले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरेपछि दोस्रो लेगको खेल १–१ को बराबरीमा टुंगिएको थियो । यससँगै बायर्न समग्रमा ३–२ ले अगाडि रहन सफल रह्यो । यसअघि सेल्टिकले निकोलस केहनको गोलमा अगाडि रहेको थियो । पहिलो लेगमा बायर्न २–१ ले अगाडि रहेको थियो ।


आफ्नो घरेलु मैदानमा बायर्नले सजिलो जित निकाल्ने विश्वास थियो । तर त्यस्तो भएन र टिमले संघर्ष गर्नुपर्‍यो । ‘हामी नै यो जितका लागि हकदार हौं, किनभने हामी नै बलियो टिम रह्यौं,’ बायर्न प्रशिक्षक भिन्सेन्ट कोम्पनीले फरक मत प्रस्तुत गर्दै भनेका छन्, ‘खेलमा नियन्त्रण राम्रो रह्यो । त्यो भन्दा पनि महत्त्वपूर्ण फुटबलमा जित नै हुने गर्छ ।’

हारका बावजुत स्कटिस च्याम्पियन सेल्टिकका लागि यो प्रदर्शन गर्विलो रहनेछ । टोली उच्च शिर बनाएर घर फर्किन सफल रहनेछ । ‘खेलको गोल खानु जत्तिको नमज्जा अरू हुन्न । हामीलाई लागेको थियो, गोल नै हुन्न । त्यसैले यो निराशाजनक नै रह्यो । तर, हाम्रा खेलाडीको प्रदर्शनमा मलाई गर्व छ र तिनीहरूले सक्दो राम्रो खेले ।’

सान सिएरोमा भएको खेलमा डच क्लबसँग १–१ को बराबरीमा रोकिएपछि मिलानको चुनौती समाप्त भएको हो । फेयनुर्ड समग्रमा २–१ ले अगाडि रह्यो । १० खेलाडीमा सीमित रहेर पनि यो सफलता आत्मसात् गर्न सफल रह्यो । मिलानले सान्टियागो जिमिनेजको गोलमा पहिलो मिनेटमै अग्रता लिएको थियो । यो अग्रता खेलको ७३ औं मिनेटमा जुलियन कारानाजाले गोल गर्दै निस्तेज पारे । खेलपछि कारानाजाले भने, ‘सुरुमा मेरो प्रदर्शन राम्रो भएन, मलाई शारीरिक रूपमा गाह्रो भइरहेको थियो । मलाई दौडिन पनि गाह्रो भइरहेको थियो । तर मैले आफ्नो खेलजीवनकै सबैभन्दा महत्त्वको गोल यही खेलमा गर्न सकें, त्यसैले हामी खुसी छौं ।’


लिस्वनमा बेन्फिकाले मोनाकासँग ३–३ को बराबरी खेल्यो र समग्रमा ४–३ को अग्रता लिन सफल रह्यो । क्लब ब्रुगले भने एटलान्टालाई उसकै घरमा ३–१ ले हरायो र ५–२ को सजिलो अग्रता लियो । त्यसमा किशोर खेलाडी चेम्सडिन ताइबीले दुई गोल गरे । ‘हाम्रो प्रदर्शन उच्चस्तरको रह्यो । हाम्रा खेलाडीको आत्मविश्वासले यो सफलता मिलेको हो,’ ब्रुगका प्रशिक्षक निकी हायेनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...