मुख्य समाचार
बायर्न म्युनिखले सेल्टिकलाई हराउँदै युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा
बायर्न म्युनिखले सेल्टिकलाई हराउँदै युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा

— बायर्न म्युनिखले अन्तिम क्षणको गोल मदतमा सेल्टिकलाई हराउँदै मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । फेयनुर्डसँग पराजित भएपछि सातपल्टको च्याम्पियन एसी मिलान भने प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम १६ मा पुग्न सफल अन्य टिममा क्लब ब्रुग र बेन्फिका रहेको छ ।


एलिनाज एरिनामा भएको खेलमा अल्फान्सो डाभिसले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरेपछि दोस्रो लेगको खेल १–१ को बराबरीमा टुंगिएको थियो । यससँगै बायर्न समग्रमा ३–२ ले अगाडि रहन सफल रह्यो । यसअघि सेल्टिकले निकोलस केहनको गोलमा अगाडि रहेको थियो । पहिलो लेगमा बायर्न २–१ ले अगाडि रहेको थियो ।


आफ्नो घरेलु मैदानमा बायर्नले सजिलो जित निकाल्ने विश्वास थियो । तर त्यस्तो भएन र टिमले संघर्ष गर्नुपर्‍यो । ‘हामी नै यो जितका लागि हकदार हौं, किनभने हामी नै बलियो टिम रह्यौं,’ बायर्न प्रशिक्षक भिन्सेन्ट कोम्पनीले फरक मत प्रस्तुत गर्दै भनेका छन्, ‘खेलमा नियन्त्रण राम्रो रह्यो । त्यो भन्दा पनि महत्त्वपूर्ण फुटबलमा जित नै हुने गर्छ ।’

हारका बावजुत स्कटिस च्याम्पियन सेल्टिकका लागि यो प्रदर्शन गर्विलो रहनेछ । टोली उच्च शिर बनाएर घर फर्किन सफल रहनेछ । ‘खेलको गोल खानु जत्तिको नमज्जा अरू हुन्न । हामीलाई लागेको थियो, गोल नै हुन्न । त्यसैले यो निराशाजनक नै रह्यो । तर, हाम्रा खेलाडीको प्रदर्शनमा मलाई गर्व छ र तिनीहरूले सक्दो राम्रो खेले ।’

सान सिएरोमा भएको खेलमा डच क्लबसँग १–१ को बराबरीमा रोकिएपछि मिलानको चुनौती समाप्त भएको हो । फेयनुर्ड समग्रमा २–१ ले अगाडि रह्यो । १० खेलाडीमा सीमित रहेर पनि यो सफलता आत्मसात् गर्न सफल रह्यो । मिलानले सान्टियागो जिमिनेजको गोलमा पहिलो मिनेटमै अग्रता लिएको थियो । यो अग्रता खेलको ७३ औं मिनेटमा जुलियन कारानाजाले गोल गर्दै निस्तेज पारे । खेलपछि कारानाजाले भने, ‘सुरुमा मेरो प्रदर्शन राम्रो भएन, मलाई शारीरिक रूपमा गाह्रो भइरहेको थियो । मलाई दौडिन पनि गाह्रो भइरहेको थियो । तर मैले आफ्नो खेलजीवनकै सबैभन्दा महत्त्वको गोल यही खेलमा गर्न सकें, त्यसैले हामी खुसी छौं ।’


लिस्वनमा बेन्फिकाले मोनाकासँग ३–३ को बराबरी खेल्यो र समग्रमा ४–३ को अग्रता लिन सफल रह्यो । क्लब ब्रुगले भने एटलान्टालाई उसकै घरमा ३–१ ले हरायो र ५–२ को सजिलो अग्रता लियो । त्यसमा किशोर खेलाडी चेम्सडिन ताइबीले दुई गोल गरे । ‘हाम्रो प्रदर्शन उच्चस्तरको रह्यो । हाम्रा खेलाडीको आत्मविश्वासले यो सफलता मिलेको हो,’ ब्रुगका प्रशिक्षक निकी हायेनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...