मुख्य समाचार
अमेरिकामा घरबारविहीन हुनेको संख्या बढ्दो, गत वर्ष मात्र ७ लाख ७१ हजार घरबारविहीन
अमेरिकामा घरबारविहीन हुनेको संख्या बढ्दो, गत वर्ष मात्र ७ लाख ७१ हजार घरबारविहीन

— विकसित र शक्तिशाली मुलुकको अग्रस्थानमा रहेको अमेरिकामा बर्सेनि घरबारविहीनको संख्या बढ्दो छ । सामाजिक, आर्थिक, विकासका पूर्वाधार र राजनीतिक रूपमा विकसित अमेरिकामा अतिगरिबीको अवस्था नाघेपछि हुने घरबारविहीनको संख्या बर्सेनि बढ्दै गएको हो ।



यूएस डिपार्टमेन्ट एन्ड हाउसिङ अर्बन डेभलपमेन्ट (एचडीयू) ले सन् २०२४ मा गरेको गणनाअनुसार अमेरिकामा हाल ७ लाख ७१ हजार ४ सय ८० जना पूर्ण रूपमा घरबारविहीन छन् । यो संख्या कुल जनसंख्याको शून्य दशमलव २४ प्रतिशत हो ।

करिब ३२ करोड जनसंख्या रहेको अमेरिकामा १२ वर्षको अन्तरालमा घरबारविहीनको संख्यामा उतारचढाव देखिए पनि तुलनात्मक रूपमा बढेको एचडीयूको दाबी छ । ब्यागप्याक बेड नामक संस्थामार्फत एचडीयूले सार्वजनिक गरेको उक्त तथ्यांकमा २०१२ देखि २०१६ सम्म अमेरिकामा घरबारविहीन हुनेको संख्या घटिरहँदा २०१७ देखि २०२४ सम्ममा भने यो संख्या बर्सेनि बढेको देखिन्छ ।

एचडीयूको उक्त तथ्यांकअनुसार २०१२ मा ६ लाख २१ हजार ५ सय ५३ घरबारविहीन भएका थिए । २०१३ मा भने यो संख्या घटेर ५ लाख ९० हजार ३ सय ६४ पुगेको थियो भने २०१४ मा ५ लाख ७६ हजार ४ सय ५० जना घरबारविहीनको सूचीमा परेका थिए । २०१५ मा अझ घटेर ५ लाख ६४ हजार ७ सय ८ जना घरबारविहीन भएका थिए ।


त्यसैगरी २०१६ मा ५ लाख ४९ हजार ९ सय २८ जना घरबारविहीन हुँदा २०१७ मा उक्त संख्यामा वृद्धि हुँदै ५ लाख ५० हजार ९ सय ९६ पुगेको थियो । २०१७ देखि २०२४ सम्म घरबारविहीनको संख्या निरन्तर वृद्धि भएको एचडीयूको तथ्यांकले पुष्टि गरेको छ । अमेरिकामा घरबारविहीन हुनेको संख्या २०१८ मा ५ लाख ५२ हजार ८ सय ३०, २०१९ मा ५ लाख ६७ हजार ७ सय ६५ तथा २०२० मा ५ लाख ८० हजार ४ सय ६६ पुगेको थियो ।

कोराना प्रभावका कारण एचडीयूले २०२१ मा घरबारविहीनको गणना गरेको थिएन । कोरोनाकालपछि पुनः २०२२ मा सुरु गरिएको गणनाअनुसार त्यस वर्ष ५ लाख ८२ हजार ४ सय ६२, २०२३ मा ६ लाख ५३ हजार १ सय ४ जना र २०२४ मा अझ बढेर ७ लाख ७१ हजार ४ सय ८० जना घरबारविहीनको सूचीमा परेका छन् । कोरोनाकालपछि घरबारविहीन हुनेहरूको संख्या निरन्तर बढिरहेको छ । २०२३ मा ७० हजार ६ सय ४२ र २०२४ मा १ लाख १८ हजार ३ सय ७६ जना घरबारविहीन बढेका हुन्, जुन १८ प्रतिशतले वृद्धि हो ।



हाल घरबारविहीन हुनेमध्ये ६९ प्रतिशत पुरुष, २९ प्रतिशत महिला र २ प्रतिशत अन्य छन् । ५५ वर्षमाथिका १ लाख ४६ हजार १ सय ५४ र ७० वर्षमाथिका वयोवृद्धहरू ३२ हजार ७ सय ८० रहेका छन् भने बाँकी ५ लाख ९२ हजार ५ सय ४६ जना युवावस्थाका छन् । तीमध्ये ३४ प्रतिशत परिवार सहित बालबालिका छन् । हाल अमेरिकामा रहेका घरबारविहीनमध्ये २ लाख ७४ हजार २ सय २४ सडकपेटीमा बस्छन् । तीमध्ये १३ हजार ८ सय ५१ जना ७० वर्षमाथिका वृद्धवृद्धा छन् ।

सडकपेटीबाहेक उनीहरू स्थानीय निकाय, राज्य सरकार र संघीय सरकारले तोकेको खुला आकाशमुनि पाल टाँगेर र उनीहरूका लागि बनाइएको भवनमा बसोबास गर्ने एचडीयूले जनाएको छ । घरबारविहीन क्यालिफोर्निया, टेक्सस, भर्जिनिया, मेरिल्यान्ड, टेनिसी, फ्लोरिडा, वासिङ्टन, न्युजर्सी, नवरार्सका, नाभादा, जर्जिया, मिनिसोटा, मिसिगन, मिसिसिपी, वस्कन्सिन, ओरिगोन, इन्डियाना, इलिनोइस, कोलोराडो, केन्टुके, ओहायो, हवई र माइनमा सबैभन्दा बढी छन् ।

प्रत्येक दिन औसतमा २० जना घरबारविहीनको मृत्यु हुने गरेको तथ्यांक छ । होमलेस डेथ काउन्ट (एचडीसी) को तथ्यांकअनुसार घरबारविहीनमध्ये २०१८ मा ६ हजार ३ सय ४५, २०१९ मा ६ हजार ३ सय ६२ र २०२० मा ७ हजार ८ सय ७७ जनाको मृत्यु भएको थियो । एचडीसीले २०२० पछि भने घरबारविहीन मृतक संख्याको तथ्यांक सार्वजनिक गरेको छैन । पछिल्लो २०२० को तथ्यांकअनुसार प्रतिदिन औसतमा २१ जना घरबारविहीनको ज्यान गएको देखिन्छ ।

नेसनल एलायन्स टु एन्ड होमलेसनेसकी प्रमुख कार्यकारी अधिकृत एन ओलिभाले केही वर्षयता घरबारविहीनको संख्यामा वृद्धि हुनुले यसलाई नियन्त्रण गर्न अमेरिकाले केही नयाँ योजना अघि बढाउन आवश्यक रहेको बताएकी छन् । उनले २०२४ मा ७ लाख बढी घरबारविहीन हुनेबारे आफूले अनुमान नै नगरेको र यो संख्याले चकित भएको अमेरिकी सञ्चारमाध्यमहरूसँग प्रतिक्रिया दिएकी छन् । उनले पारिवारिक हिंसा, मानसिक स्वास्थ्य समस्या, शारीरिक स्वास्थ्य समस्या, बेरोजगार, रोजगार गुमाउनु, कम रोजगार हुनु वा नयाँ काम पाउन नसक्नु, लागूऔषध दुर्व्यसनी जस्ता मुख्य कारणले घरबारविहीन हुने दाबी गरेकी छन् ।

नेसनल हाउजिङ ल प्रोजेक्टका कार्यकारी निर्देशक समस रोलरले घरबारविहीन हुनबाट बच्न आधारभूत अवस्था सही दिशामा नजाँदा यो अवस्था सिर्जना भएको बताएका छन् । उनले अमेरिकाको ‘सिस्टम’ र आर्थिक हैसियत नै धेरै कडा हुँदा पनि यस्तो अवस्था सिर्जना भएको दाबी गरेका छन् । ‘घरबारविहीन बढ्नाले देशभरको ठूलो जनसंख्यालाई असर गरेको छ ।’ उनले तथ्यांकबारे टिप्पणी गर्दै भनेका छन्, ‘मानिसहरू जब आर्थिक हैसियतको अन्तिम अवस्थामा पुग्छन्, त्यसपछि उनीहरू घरबारविहीन भएका छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
'अपरेसन ब्लूबर्ड'ले 'ट्विटर' ब्रान्ड दाबी गरेपछि एकाधिकार जोगाउन 'एक्स'को कानुनी दौडधुप