मुख्य समाचार
ट्रम्पले आफूसँग रुस-युक्रेन युद्ध अन्त्य गर्ने शक्ति रहेको बताएका छन्
ट्रम्पले आफूसँग रुस-युक्रेन युद्ध अन्त्य गर्ने शक्ति रहेको बताएका छन्

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग रुस-युक्रेन युद्ध अन्त्य गर्ने शक्ति रहेको बताएका छन् । मंगलबार साउदी अरबमा अमेरिका र रुसबीचको बैठकपछि बोल्दै ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने शक्ति आफूसँग रहेको बताएका छन् ।



'मलाई लाग्छ, मसँग यो युद्ध अन्त्य गर्ने शक्ति छ,' ट्रम्पले भनेका छ्न् । युक्रेनमा शान्ति सम्झौता हासिल गर्न सकिनेमा आफू बढी विश्वस्त रहेको ट्रम्पको भनाइ छ । तर मंगलबारको वार्तामा भने युक्रेनी पक्षलाई संलग्न गराइएको थिएन ।

दुवै देशका विदेशमन्त्रीको नेतृत्वमा भएको वार्तामा रुस र अमेरिकाबीच युक्रेन युद्ध अन्त्यका गर्ने सहमति भएको थियो । त्यसका लागि दुवै देशले उच्चस्तरीय वार्ता गर्ने निर्णय भएको रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले जनाएका छन् ।

वार्तामा रुसी पक्षबाट लाभरोभसँगै रुसी राष्ट्रपति भ्लादिमर पुटिनका विदेश नीति सल्लाहकार युरी उसाकोभ सहभागी थिए । विदेशमन्त्री मार्को रुबियोले नेतृत्व गरेको अमेरिकी टोलीमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ सहभागी थिए ।

त्यस्तै वार्तामा आयोजक साउदी अरबका तर्फबाट राजकुमार तथा विदेशमन्त्री फैसल बिन फर्हान अल-साउद र राष्ट्रिय सुरक्षा सल्लाहकार मुसइद बिन मोहम्मद अल-ऐवान सहभागी थिए ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने आफ्नो देशलाई वार्तामा निमन्त्रणा नगरिनु आश्चर्यजनक भएको बताएका छन् । त्यसको प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्न युक्रेनले पहिले नै 'सम्झौता गर्न सक्थ्यो' भनेका छन् ।



अमेरिका र रुसबीचको वार्तापछि राष्ट्रपति जेलेन्स्कीले यसै साताका तय भएको साउदी अरबको भ्रमण १० मार्चसम्मका लागि स्थगित गरेका छन् । उनले बारम्बार युक्रेनको संलग्नताबिनाको वार्तालाई मान्यता नदिने बताउँदै आएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामा कसैलाई पनि किनारा नलगाइएको बताएका छन् । रुस युद्ध अन्त्य गर्ने गम्भीर प्रक्रिया सफल हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । रुबियोले मंगलबार भएको वार्ता 'लामो र कठिन यात्राको पहिलो चरण' भएको जनाएका छन् ।

युरोपेली देशहरूले पनि युक्रेनको सहभागिताबिनाको वार्तालाई मान्यता नदिने बताएका छन् । अमेरिका र वार्ता सुरू भएसँगै फ्रान्स, बेलायत, जर्मनी, पोल्याण्ड, इटाली, स्पेन र डेनमार्क लगायतका युरोपेली देशहरू युक्रेनको प्रतिरक्षामा एकजुट भएका छन् । युक्रेनबिना वा युरोपको संलग्नताबिना कुनै पनि सम्झौता हुन नसक्ने उनीहरूको भनाइ छ ।
रियाद वार्ताका क्रममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनमा नेटो सेनालाई कुनै पनि शान्ति सम्झौताको हिस्साको रूपमा स्वीकार नगर्ने चेतावनी दिएका छन् । रुसले युरोपेली संघमा आवद्ध हुने विषय रुस युक्रेनको निर्णय भएको र त्यसमा आफ्नो कुनै लेदनेद नभएको प्रष्ट पारेको छ । तर युक्रेन सुरक्षा, रक्षा वा सैन्य गठबन्धनको विषयमा भने रुसले कुनै सम्झौता नगर्ने जनाएको छ ।

रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेन आक्रमण सुरु गरेसँगै युक्रेनसँग युद्ध सुरु भएको हो । तीन वर्ष लामो युद्धका क्रममा दुवै देशले ठूलो क्षति व्यहोरेका छन् । यस अवधिमा रुसले कम्तीमा २० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेको छ । युक्रेनले पनि रुसी जहाज, सेनाका गाडी तथा कतिपय सहरमा ड्रोन आक्रमण गर्दै आएको छ ।

रुसी आक्रमणका कारण कम्तीमा ४० हजार युक्रेनीहरूको ज्यान गइसकेको छ । ६८ लाख युक्रेनी देश छाड्न बाध्य भएका छन् भने ४० लाख युक्रेनी आन्तरिक रूपमा विस्थापित भइसकेका छन् । १ करोड ४६ लाख मानिसहरूलाई मानवीय सहायता आवश्यक भएको बताइएको छ ।

रुसी आक्रमणयता युक्रेनले ४ खर्ब ७ अर्ब अमेरिकी डलर बराबरको अनुदान प्राप्त गरिसकेको छ । योमध्ये १ खर्ब १८ अर्ब डलर बराबरको अनुदान अमेरिकाले प्रदान गरेको हो । तर ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद सम्हालेसँगै भने युक्रेनले प्राप्त गरिरहेको सैन्यलगायतको सहयोग रोकिने देखिएको छ ।

ट्रम्प प्रशासनले रुसविरुद्ध लड्न गरेको सहयोगको बदलामा युक्रेनले आधा खनिज स्रोतको स्वामित्व दिनुपर्ने बताएको छ । अर्थमन्त्री स्कट बेसेन्टले गत बुधबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भएको भेटमा हालसम्मको सहयोग र त्यसको निरन्तरताका लागि आधा खनिज दिनुपर्ने सर्त राखेका हुन् ।

तर ट्रम्प प्रशासनले राखेका सर्त युक्रेनले अस्वीकार गरिसकेको छ । युक्रेनी अधिकारीहरूले भने खनिज पदार्थका साथै अन्य प्राकृतिक स्रोत, तेल र ग्यासमा पनि स्वामित्व खोजिएको बताएका छन् । जेलेन्स्कीले प्रस्ताव अस्वीकार गरेकाले ट्रम्पले सैन्य र आर्थिक सहायता रोक्ने र युद्ध अन्त्यको पहल सुरु गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...