मुख्य समाचार
महिला विश्वकप : जुनियरको अनुभव, सिनियरको अपेक्षा
महिला विश्वकप : जुनियरको अनुभव, सिनियरको अपेक्षा

तीन वर्षअघि जब म दिल्लीबाट पहिलो पटक क्रिकेट खेल्न नेपाल आएको थिएँ, त्यति बेलासम्म महिला क्रिकेटको खासै चर्चा पाएको थिइनँ । जब हामी आईसीसी यू–१९ विश्वकपमा पुग्न सफल भयौं, त्यसपछि यो चर्चाको विषय भएजस्तो लाग्छ । पुरुष क्रिकेट त यसअघि नै स्थापित भइसकेको थियो ।


यसको चर्चा परिचर्चा भइरहन्छ । तर, नेपाली महिला क्रिकेट नतिजा नभएर हो कि जुन चर्चा पाउनुपर्ने हो त्यो नपाइरहेको मैले महसुस गरेको थिएँ । नेपालको यू–१९ महिला टोली विश्वकपमा छनोट भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पनि यसलाई अलि बढी नै प्राथमिकतामा राखेको छ । अझै यस्तो खाले नतिजा दिने हो भने महिला क्रिकेटलाई अन्य खाले सहयोग पनि आउन सक्छ ।


नेपालको महिला क्रिकेटको विकास गर्ने हो भने क्रिकेट एकेडेमीहरू हुन निकै जरुरी छ । त्यो चाहे क्यानले खोलेको होस् वा व्यक्तिले । म दिल्लीमा क्रिकेट सिकेर हुर्किएको हुँ, त्यहाँ एकछिनकै फरकमा क्रिकेट एकेडेमीहरू भेटिन्छन् । यसले क्रिकेटको संस्कार बुझाउन धेरै सहयोग गर्छ ।

नेपालमा पनि विभिन्न स्थानमा एकेडेमीहरू हुने हो भने महिला, पुरुष दुवैको क्रिकेट विकास धेरै नै हुन्छ । थोरै मात्र एकेडेमी भएका कारण पुरुष क्रिकेटको पनि खासै विकास भइसकेको छैन । मेरो गृहजिल्ला महोत्तरीमा त एउटा पनि क्रिकेट एकेडेमी छैन । म्याचहरू जिल्लाका प्रतियोगितामा खेल्न पनि सकिन्छ । तर, बेसिक कुरा एकेडेमीमै सिक्ने हो । बेसिक प्राविधिक सिकाइ एकेडेमीले मात्र दिन सक्छ । हाम्रो क्रिकेटको आधार बनाउन पनि एकेडेमी आवश्यक छ ।

वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
मर्मत
ढलट्वाइलेट मंगाल सेफ्टीट्यांकी जामखोल्ने

सम्पर्क: 9841050858
बिहावारी
२१दे खि ४५वर्षसम्म डिभो र्सभएका व्यक्तिहरूले बरबधुमा सम्पर्कः

सम्पर्क: ९८०८४७५७१४
चाहियो
कुक चाहियो, टिचिङ अगाडी

सम्पर्क: 9803670327
भर्ना
rivate SEE, फर्मभर्ने अन्तिमदिन माघ ८, कक्षा सञ्चालन भइरहेकोछ, City School Koteshwor

सम्पर्क: 9841206019
मर्मत
सेफ्टीट्यांकी ढलट्वाइलेट मंगाल जामखोल्ने

सम्पर्क: 9841663344
मर्मत
मेसिनबाट सेफ्टीट्याङ्की ढलमंगाल जामखोल्ने

सम्पर्क: 9849442728
सबै हेर्नुहोस्
भारतमा पैसा तिरेपछि राम्रो एकेडेमीमा राम्रो सुविधाहरू पाइन्छन् । तर साना–साना एकेडेमीमा पनि बेसिक कुराहरूमा धेरै फोकस गरिन्छ । त्यही भएर होला भारतीय क्रिकेटरहरू ‘स्किलफुल’ हुन्छन् । मैले पनि क्रिकेटको ए–बी–सी–डी दिल्लीमै सिकेकी हुँ । डिफेन्स, ड्राइभ, कोनमा कसरी खेल्ने कुराहरू एकेडेमीमै सिकेको हो । जहाँ एउटा शटको अभ्यास हजार पटक गर्नुपर्छ ।

Sunrise bank
Nepal Life Insurance

मैले एकेडेमी भर्ना भएपछि स्याडो प्रशिक्षणमात्र एक महिना गरेको थिएँ । कोन लगाएर डिफेन्स शटमा दिनभर प्रशिक्षण गरिरहनुपर्थ्यो । अर्को दिन ड्राइभको स्याडो हुन्थ्यो, ब्याटिङ होल्ड गर्न । बलिङमा पनि नेटिङ मैले धेरै पछाडि गरेको थिएँ । पहिला बल कसरी फाल्ने, थ्रो कसरी फाल्ने भनेर प्रशिक्षण गरेको थिएँ । त्यही भएर सुरुमा एकेडेमिक हिसाबमै क्रिकेट अगाडि बढ्नुपर्छ । नेपालमा अहिले पनि स्ट्रेट ब्याटले खेल्ने महिला क्रिकेटर धेरै कम छन् ।

भारतका धेरै ठाउँमा म्याटिङ लगाएर खेल्छन् । वर्षाको धेरै समयमा म्याटिङमै खेल्ने गरिन्छ । हरेक स्थानमा राम्रो मैदान हुनुपर्छ भन्ने छैन । नेपालमा चाहिँ हरेक स्थानमा मैदान कम छन् । हाम्रो जिल्ला, प्रदेशको छनोट क्रिकेट खेल्दा मैले एउटै राम्रो मैदानमा खेल्न पाएकी छैन । कुनै पनि मैदानमा घाँस देखेको छैन । मैदानभित्रै ढुंगाहरू छरिएका हुन्छन् । विकेटको स्तर पनि निकै कमजोर पाइन्छ । स्कुलस्तरसम्म त यो ठीकै हुन्छ । तर जिल्ला, प्रदेशमा यो सुधारोन्मुख हुनुपर्छ । महिलाको मात्र नभएर देशको पूरै क्रिकेटलाई स्तरीय विकास गर्ने हो भने मैदानका सुविधाहरू थप्नुपर्छ ।



नेपालको महिला क्रिकेट अझै राम्रोसँग खुल्न नसक्नु कारण घरेलु म्याचहरू पनि हो । घरेलु प्रतियोगिता लामो खालको हुनुपर्छ । अन्य प्रतियोगिता पनि थपिनुपर्छ । एउटा मात्र प्रतियोगिताले महिला क्रिकेट माथि आउन गाह्रो छ । अहिलेको स्थितिमा १–२ खेलबाटै महिला टोली छानिनुपर्ने अवस्था छ । कम्तीमा ४ वटा जति लामो समयसम्म चल्ने लिग खालका प्रतियोगिताहरू आयोजना गर्नुपर्छ र त्यसमा प्रधानमन्त्री कप, मेयर कप जस्ता अन्य प्रतियोगिताहरू थपिँदा राम्रो हुन्छ ।

लिगमा एउटा टोलीले अर्को ८ टोलीसँग खेल्न पाउनुपर्छ । प्रतियोगिता अभावका कारण खेलाडीहरूले कम खेल्न पाउँछन् । कम खेल्न पाउँदा खेलाडीहरू मिहिनेतका साथ प्रशिक्षण गर्न जोस देखाउँदैनन् । अभ्यास खेलहरू पनि ४० ओभरको खेल्यो भने खेलाडीको स्किल विकास हुन्छ । अहिले त हामीलाई ट्वान्टी–२० ओभर टिक्नै गाह्रो भएजस्तो देखिन्छ । हप्तामा एक दिन भए पनि ४० ओभरसम्मको खेल खेल्ने हो भने यसले हाम्रो खेलमा धेरै सुधार ल्याउँछ । यसले धैर्यसाथ खेल्न सिकाउनुका साथै स्किलहरू सुधारिन्छ ।

यू–१९ विश्वकपमा खेलिसकेपछि नेपालको महिला क्रिकेटले पनि एउटा स्तरमा पुग्ने संकेत देखाएको छ । मलेसियामा सम्पन्न विश्वकपमा हाम्रो इनर्जी निकै राम्रो थियो । युवा टिम भएकाले होला फिटनेस र रनिङ राम्रो थियो । तर, हामी ब्याटिङमा अलिक कमजोर देखियौं । किनकि हाम्रो ब्याटिङको आधार नै थिएन । एउटा स्किलफुल खेलाडीले १–२ वटा खेलमा रन नहान्ला, तर तेस्रो खेलमा उसले रन बनाउँछ नै । त्यो खेलाडी लामो समयसम्म चल्छ । स्किल सधैंका लागि हो । यो हामीले बुझ्न जरुरी छ ।

यू–१९ विश्वकप खेलेका खेलाडीहरू निकै फुर्तिला थिए, राम्रा प्रयासहरू गर्थे तर ब्याटिङ त्यहीअनुरूप थिएन । हाम्रो बेस राम्रो बनाउनुपर्‍यो अनि तब न स्किल बढ्दै जान्छ । त्यसपछि हामी ठूला टोलीलाई हराउन पनि सक्छौं । नेपालले सन् २०२७ मा बंगलादेशसँग मिलेर यू–१९ विश्वकप आयोजना गर्दै छ । त्यसका लागि हामीले अहिलेदेखि बेस बनाउनुपर्छ र स्किल सिकाउनुपर्छ । आयोजकका हिसाबले हामीले आउने टोलीलाई सबै सुविधा दिनुपर्छ ।

मलेसियाले यू–१९ विश्वकप आयोजना गर्दा ३ वटा राम्रो मैदान बनाएको थियो । होटल, बसहरू पनि निकै राम्रो थियो । हामीले यो पक्षमा निकै ध्यान दिनुपर्छ । अस्ट्रेलिया, दक्षिण अफ्रिका राम्रो सुविधामा बसिरहेका टोली हुन् । उनीहरूले त्यहीअनुरूप यहाँ पनि सुविधा खोज्छन् । हामीले त्यो सुविधा प्रदान गर्न सकेनौं भने भोलिका दिनमा अन्य आईसीसीका प्रतियोगिताहरू आयोजना गर्न गाह्रो पर्न सक्छ । ठूला राष्ट्रहरूको आवश्यकता के के हुन्छन्, त्यसमा हामीले अहिलेदेखि गृहकार्य गर्नुपर्छ ।

महिला राष्ट्रिय क्रिकेट टोलीमा म पनि भर्खर आएको छु । धेरै कुरा बुझ्दै छु । नेपाली महिला टोलीले अझै कुनै प्रतियोगिता जित्न सकेको छैन । हाम्रो महिला टोलीको मानसिकता पनि धेरै फरक छ । ठूलो टोली भनेर हामी खेल्नुअघि नै हार मानिसकेका हुन्छौं । जबकि हामीले यू–१९ मा एक पटक पनि त्यस्तो सोचेनौं । यूएईको त्यही टोली हो जसको यू–१९ टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका ७ खेलाडी थिए । तर, हामीले कहिल्यै उनीहरू ठूलो हो भनेर सोचेनौं ।

त्यही यूएईलाई हराएर हामी विश्वकपमा पुग्यौं । दुई वर्षअगाडि मात्र यूएईले नेपाली यू–१९ टोलीलाई ८ रनमा अलआउट गरेर ७ बलमा खेल जितेको रहेछ । हामीले यो कुरा पनि खेल्दाखेरि दिमागमा राखेनौं । जब हामी यूएई, पाकिस्तानलाई हराउन सक्छौं भने विश्वकप खेल्न सक्दैनौं भनेर किन सोच्ने ? हामी विश्वकप खेल्न सक्छौं भन्न पहिला खेलाडीहरूमा जितको मानसिकता आउनुपर्‍यो ।

मलाई यो पटक हामी विश्वकपमा पुग्छौं जस्तो लाग्छ । यू–१९ मा एउटा सिनियर खेलाडीको हिसाबमा मैले जति गर्न सक्थें गरें, म्याचहरू पनि जिताएँ । राष्ट्रिय टोलीमा पनि आफ्नो तर्फबाट अझ राम्रो खेलेर महिला टोलीलाई विश्वकपमा पुर्‍याउने म हरदम प्रयास गर्नेछु ।

एसिया कप छनोटमा हामी मलेसियासँग अन्तिम ओभरमा हार्नुको कारण पनि यही थियो । हामी सकारात्मक सोचका साथ खेलेका थिएनौं । हामीले जितिसकेको खेल हारेर मलेसियालाई उपहार दिएका थियौं । अहिलेदेखि नै प्रशिक्षणमा जितको मानसिकता लिएर आउनुपर्छ ।

बूढीऔंलामा चोट लागेर मैले त्यो खेल खेल्न सकेको थिइनँ । बाहिर बसेर हेर्दा मैले धेरै कुरा गहिरिएर बुझ्ने अवसर पाएँ । दबाबको स्थितिमा खेलाडीले आफैंलाई शान्त बनाएर राख्न सक्नुपर्छ । मलेसियासँगको त्यो खेलमा हामीले पूरै धैर्य गुमाउन पुग्यौं । महिला टोलीमा फिटनेसको धेरै समस्या छ । हामीले खानपिनमै धेरै ध्यान दिनुपर्छ ।

क्याम्प नभएका बेला आ–आफ्नो क्षेत्रमा भए पनि प्रशिक्षण गरेर बस्नुपर्छ । वर्षभर फिटनेसमा केही नगरेर १४ दिनको क्याम्पले केही हुनेवाला छैन । त्यही भएर खेलाडीले आफैं फिटनेसमा ध्यान दिनुपर्छ, आफ्नो जिम्मेवारी आफैं लिनुपर्छ । वर्षभर फिटनेस गर्दै आएका छौं भने क्याम्पमा खेलमै मात्र ध्यान दिन पाउँछौं । प्रशिक्षकले पनि यस्तो बेला केही गर्न सक्दैन ।

प्रशिक्षकले जति गरे पनि मैदानमा गएर खेल्न सक्दैन । एउटा खेलाडी भएर बुझ्नुपर्छ, राम्रो प्रशिक्षक आए नि नराम्रो प्रशिक्षक आए पनि खेल्ने खेलाडीले नै हो । हामीले राम्रो गरेपछि खेलाडीको नाम नै तुरुन्तै आइहाल्छ । टिमले नराम्रो गर्‍यो भने तुरुन्तै प्रशिक्षकको नाम आउँछ । हामी भने त्यहीं गल्ती गरिरहेका हुन्छौं ।

क्यानले आफ्नोतर्फबाट महिला क्रिकेटलाई माथि उठाउन प्रयासहरू गरिरहेकै छ । विभिन्न देशका टिमलाई नेपालमा खेल्न बोलाइरहेको छ । सरकारले क्यानको कदममा साथ दिनुपर्छ जस्तो लाग्छ । हामी विश्वकप खेल्न सक्छौं । त्यो हाम्रो लक्ष्य हो । त्यसका लागि हामी दृढ पनि छौं ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनल प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्स दोस्रो पटक लगातार फाइनल प्रवेश गरेको हो। सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि फाइनल पुगेको टिम हो। जारी एनपीएलमा रनका आधारमा यो सबैभन्दा फराकिलो जित हो। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम ...
— अमेरिकी प्ले मेकर क्रिस्टियन पुलिसिचले दस मिनेटमा गरेको दुई गोलको मदतले एसी मिलानले टुरिनमाथि सोमबार ३–२ को जित रच्दै सिरी ए लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो हाफमा सब्टिच्युटका रूपमा प्रवेश गरेर उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुमै अग्रता लिएको थियो ...
— म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्समाथि ४–१ को जित निकाल्दै आफूलाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने प्रत्यासीको रूपमा पेस गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले दुई गोल गरे । यस्तै ब्रायन एमबुमो र मेसन माउन्टले पनि एक एक गोल गरे । जिन रिकनरले उल्भ्सका लागि एक गोल ...
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...