मुख्य समाचार
(केआईआईटी)बाट फिर्ता आएका विद्यार्थीहरू सुरक्षाको सुनिश्चिता नगरेसम्म जान नसक्ने बताउँछन्
(केआईआईटी)बाट फिर्ता आएका विद्यार्थीहरू सुरक्षाको सुनिश्चिता नगरेसम्म जान नसक्ने बताउँछन्

: भारतको ओडिसा राज्यस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी(केआईआईटी)बाट फिर्ता आएका विद्यार्थीहरू सुरक्षाको सुनिश्चिता नगरेसम्म जान नसक्ने बताउँछन्। विश्वविद्यालय प्रशासनले फिर्ता आउनका लागि विद्यार्थी, अभिभावकलाई फोन गरेर र चिठी लेखेर बोलाए पनि उनीहरू घटना सम्झिएर तत्काल जान नसक्ने बताउँछन्।


हरेक नेपाली विद्यार्थी अहिले मानसिक त्रासमा रहेको उनीहरू बताउँछन्। उनीहरू फेब्रुअरी २८ बाट हुने परीक्षा सार्न पनि कलेज प्रशासनसँग माग गरेका छन्। कुटपिट गर्ने सेक्युरिटी गार्ड, बाउन्सर, दुर्व्यवहार गर्ने बार्डेनलगायत कारबाही नगरेसम्म कुनै पनि हालतमा फिर्ता हुन नसक्ने उनीहरूको तर्क छ।



‘फोन गरे आइज त भनेको छ, हिजो राति मलाई पनि फोन आएको थियो, आज कलेजले अभिभावकसँग मिटिङ गर्‍यो, कुटपिट गरेर जबरजस्ती बसमा हालेर रेलवे स्टेसन छोडिएका हामी, कसरी जाने ?’ फिर्ता आइपुगेका एक विद्यार्थीले भने, मारेर फालिदियो भने के गर्ने ?’ हामीले त्यहाँबाट आफ्नो डकुमेन्ट पनि ल्याउन पाइएको छैन।
उनीहरूले अत्यन्त कष्ठकासाथ नेपाल आइपुगेको बताएका छन्। कतिपय अझै उतै अलपत्र रहेको नेपाल आइपुगेका विद्यार्थीहरू बताउँछन्। ‘मसँग पैसा नै थिएन, जबरजस्ती कुट्दै स्टेसनमा छोडिदिए, मलाई त साथीले पे गर्‍यो, ती विद्यार्थीले भने,’ आउन १५ सय/दुई हजार रुपैयाँ खर्च भयो।’उनले भने,‘उनले अहिले कलेज प्रशासन, बार्डेन, सेक्युरिटी गार्ड, बाउन्सर, टोले गुण्डाले गरेको दुव्र्यवहार, कुटपिट आङ्गै सिरिङ भइरहेको बताए। एकतिर आफ्नै दिदीबहिनीको त्यसरी दुव्यर्वहार गरेर आत्माहत्या गर्न विवस बनाइएको छ, अर्कोतिर हामीलाई कुटीकुटी निकालिएको छ, यस्तो अवस्था हामी कसरी जान सक्छौं।’

नेपाल आइपुगेको जनकपुरका नाम नबताउने सर्तमा अर्का विद्यार्थीले फिर्ता आउन फोन गरे पनि जान सक्ने अवस्था आफूहरूलाई नरहेको बताए। उनले त विश्वविद्यालयका संस्थापक डा. अच्युता सामन्तले नै यो गर्न किन लगाएको भनेर माफी नमागेसम्म जान नसकिने बताए। ‘हामी त ३ मिनेटभित्र, समान निकालेर जा भन्यो, तीन मिनेट कसरी समान प्याक गर्नु, सकिएन, अनि कोठामा नै १०/१२ जना सेक्युरिटी गार्ड, बाउन्सर छिरेर कुट्दै निकालेका हुन्। ती विद्यार्थीले भने। उनले मृतक विद्यार्थी न्याय पाउनुपर्ने, नेपाली विद्यार्थीमाथि हुने भेदभाव अब नगर्ने प्रतिबद्धता गर्नुपर्ने, तब मात्रै जान सकिने बताए। त्यो मर्ने तेरा आमा हो कि दिदी हो भन्दै कुट्दै हामीलाई लखेटेका हुन्, अब गएपछि त्यसो गर्दैनन् भन्ने के ग्यारेन्टी छ र, यी विद्यार्थीले भने।

फर्किएका विद्यार्थीले घटनाको विवरण सुनाउँदै मानसिक यातना दिने, ह्यारेसमेन्टका कारण नेपाली छात्रा प्रकृति लम्सालले आत्माहत्या गर्नुपर्ने अवस्था आएको बताए। घटना भएको कलेजको फाउन्डेसन डे थियो। विद्यार्थी सबै त्यतै थिए। होस्टलमा घटना घटेको खबर फैलियो। एक विद्यार्थीले भने, ‘राति १०ः३० बजे थाहा पाइयो, नेपाली विद्यार्थीले आत्माहत्या गर्‍यो भनेपछि हामी यसको विरुद्ध यो फिस्टिभल छोडेर निस्कियौं। राति नै। झुन्डिएको अवस्था थियो। यो बेला प्रहरी बोलाएर अस्पताल लगेको भए उनको बच्ने सम्भावना थियो तर कलेज प्रशासनले बेवस्ता गर्दा उनले ज्यान गुमाउनुपर्‍यो।’
कलेजका बार्डेनले नै झुन्डिएकोबाट निकाल्नुभन्दा पहिला भिडियो बनाउन देऊ अनि मात्रै खबर गरौंला भनेको ती विद्यार्थीले बताए। ‘मान्छेको ज्यानभन्दा कलेजका लागि भिडियो भयो। बाँच्ने चान्स थियो त्यो पनि भएन। उनको रुम मेटलाई पनि भित्रबाट लक गरिएको थियो।’

‘छात्रा लम्सालले कलेजमा एक महिना पहिला नै ह्यारसमेन्टको केस दर्ता गराएकी थिइन् । कलेज प्रशासन कुनै कारबाही नै गरेनन्। आत्माहत्या गरिसकेपछि लुकाउने कोसिस प्रशासन गरियो। त्यसैले हामी उहाँका न्यायका लागि लडेका हौं,’ उनले भने।

उनले विश्वविद्यालयका भाइस चान्सलरले तत्काल समाधानको प्रयास नगरेर भोलि गरौं भनेपछि नेपाली विद्यार्थी आक्रोशित भएको बताए। ‘हामीले छात्रावास गेट फोडेर भित्र गयौं। रुम मेटको स्टेटमेन्टका लागि पनि हामीभित्र गएका हौं। भाइस चान्सलर आउनुभयो। भोलि कुरा गरौं भन्नुभयो तर हामीले अहिले नै गर्नुपर्छ भन्यौं। शान्तिपूर्ण प्रदर्शन गरिसकेका छौं।’ उनले भने, ‘विश्वविद्यालयका संस्थापनक डा. अच्युता सामन्त निर्देशनमा हामीमाथि प्रहार भएको हो।’

घटना भएको फरवरी १७ मा उडिसाको गभर्नर विश्वविद्यालयमा आउने कार्यक्रम थियो। त्यसले गर्दा पनि विश्वविद्यालय प्रशासन निर्मम भयो। फेब्रुअरी १६ को साँझ बिटेक तेस्रो वर्षकी विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको थियो।

‘विश्वविद्यालयका डिन, डाइरेक्टर सबैले हामीमाथि प्रहार गर्नुभयो। उताबाट हामीलाई लखेटियो। भारतीय साथीहरूलाई सहयोगका लागि आग्रह गरियो। उनीहरू पनि आए। हामी होस्टलतिर गयौं। ६०/७० सेक्युरिटी गार्ड र १५/२० जना बाउन्सर आए। उनले भने, ‘हातमा हतियार लिएर बसेका केही व्यक्ति पनि थिए। हाम्रो ३/४ जना साथी बाहिर आउनुभयो। उनीहरूलई कुटेर बसमा थुनी हाले। अनि हामी पनि जाइ लाग्यौं। यसपछि संस्थापकले नै सबै नेपाली विद्यार्थीलाई अर्को सूचना नआएसम्म घर जान भनेर नोटिस जारी गरे । हामीसँग न टिकट न पैसा। हरेक होस्टलमा सेक्युरिटी गार्ड, बाउन्सर, शिक्षकहरू रूममा आए। एक रुममा १०/१२ जना। कहाँबाट होस् भन्ने सोध्ने अनि नेपालबाट भनेपछि निस्किहाल भन्दै निकाल्ने काम भयो। जा नेपाल, खेती गर भन्दै दुव्र्यवहार, कुटपिट गरे सबै नेपाली विद्यार्थीलाई भगाए।

उनले देख्दै नदेखेको ठाउँमा लगेर छोडिदिएको बताए । ‘लाचार थियौं। पुलिस प्रशासन तमासा हेरिरहेका थिए,’ उनले भने, ‘आधा बाटो पुगेको छ। फिर्ता आउ भन्यो। अब कसरी फिर्ता जाने। न सुरक्षा छ, मारेर फालिदिन्छ कि भनेर हामी गएनौं। अति कष्ट साथ घर आयौं।’

नेपाली राजदूतावासको टोली पनि उडिसा पुगेर त्यहाँका मुख्यमन्त्री, शिक्षा मन्त्रीसँग भेटघाट गरेको छ। राजदूतावासको पहलमा राजदूतावासका काउन्सिलर गोकुल बस्नेतले चिठी पठाएर, फोनमार्फत विश्वविद्यालयले विद्यार्थीलाई बोलाउने काम गरिरहेको बताए। उनले विश्वविद्यालयले माफी पनि मागी सकेको बताए। दुई जना होटल बार्डेन, २ जा सेक्युरिटी गार्ड, विश्वविद्यालयका अन्तर्राष्ट्रिय प्रमुखलाई सस्पेन्स गरेको छ।

उनका अनुसार भारतको केन्द्रीय सरकार, उडिसा सरकार र विश्वविद्यालय यो समस्या समाधान गर्न सकारात्मक रहेको छ। उनले नेपाल सरकार, प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री र भारतीय राजदूतावासको तत्काल प्रयास/क्वीक रेसपन्स)ले यो समस्याको समाधान छिटो भएको पनि बताए। उनले विद्यार्थीलाई मनोसमाजिक परामर्श गरेर पढ्ने वातावरण बनाउन दूतावास लागिरहेको बताए।

मृत भेटिएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबाट पीडित नेपाली विद्यार्थीको न्यायका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पहल गरिरहेकी छन्।

प्रतिविद्यार्थी १२ लाख २० हजार शुल्क भारु
विश्वविद्यालयले नेपाली विद्यार्थीबाट १२ लाख २० हजार भारतीय शुल्क लिने गरेको छ। यसबाहेक पनि विद्यार्थी अन्य खर्च हुने गरेको छ। यति धेरै पैसा तिरेर पढिरहेको विश्वविद्यालयमा नेपाली विद्यार्थीको सम्मान भने नरहेको उनीहरूको गुनासो छ। उक्त विश्वविद्यालयमा १ हजार १ सय ५० जना नेपाली विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कोरियामा कार्यरत एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुंग गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षका गणेश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । ३ वर्षअघि कृषि क्षेत्रको कामदारका रुपमा कोरिया आएका उनी गाई फर्ममा कार्यरत थिए । फर्ममा आवश्यक ...
। कंगोमा इबोला भाइरसको प्रकोप देखिएपछि नेपाली शान्ति सैनिकले उच्च सतकर्ता अपनाएको छ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले इबोला प्रकोप देखिएको भन्दै विश्व स्वाथ्य संकट घोषण गरेसँगै उच्च सतर्कता अपनाइएको नेपाली सेनाले बताएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले उच्च सतकर्ता अपनाउँदै डब्लूएचओ तोकेअनुसारको स्वास्थ मापदण्ड लागु गरी काम गरिएको बताएका छन् ...
। वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका ७० नेपाली ड्राइभरहरू काम नपाएर झन्डै चार महिनादेखि अलपत्र परेका छन् । काठमाडौं महानगरपालिका–४ चण्डोलमा रहेको अल शाहिद ओभरसिजबाट साउदी पुगेका उनीहरू अलपत्र परेका हुन् । उक्त ओभरसिजले साउदीमा अनुभव भएका ५० जना र नेपाली लाइसेन्स भएका १५० जना चालकको माग ल्याएको थियो । कामदारसँग ‘करारनामा’ पत्र साउदीको मेहन ह्युमन ...
— कतारमा ३६ जना नेपाली श्रमिकले ८ महिनादेखि तलब बापत कम्तीमा २ करोड ५ लाख रुपैयाँ पाएका छैनन् । उनीहरु तलबका लागि नेपाली दूतावासदेखि स्थानीय श्रम कार्यालयमा धाइरहेका छन् । एकल स्वामित्वमा रहेको कतारी कम्पनी इन्टरटेक्ट्रा कतार डब्लु एलएलले ८ महिनाको तलब, भत्ता, ओभरटाइम, उपदान र खाना बापतको रकम नदिएको उनीहरुले बताएका छन् । त्यस कम्पनीमा ...
: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित ‘अनलाइन स्क्यामिङ सेन्टर’ मा ठगीमा परेका थप ७१ जना नेपालीको उद्दार गरिएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि ६१६ जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्दार गरिएको र अन्यको पनि उद्दार कार्य जारी रहेको जानकारी ...